rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
सप्तरीबाट दुई मन्त्री र एक उपसभामुख 2072/07/02 दैनिक संवाददाता राजविराज, १ कात्तिक । जारि थरुहट मधेश आन्दोलनकै क्रममा नवगठित सरकारमा सप्तरीबाट दुई जना मन्त्री तथा एकजना उपसभामुख बनेका छन् । एनेकपा माओवादीका तर्फबाट सिंचाई मन्त्रीमा सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् उमेश यादव, नेकपा एमालेका तर्फबाट सप्तरीबाट समानुपातिक सभासद् बन्नु भएका सत्यनारायण मण्डल बिना विभागीय मन्त्री र राप्रपा नेपालका केन्द्रिय सदस्य तथा सप्तरीबाट सभानुपाति सभासद् गंगाप्रसाद यादव उपसभामुख बन्नु भएको छ । ..... विस्तृत
आन्दोलन जारि राख्दै बिरोध प्रदर्शनलाई निरन्तरता 2072/07/02 दैनिक संवाददाता राजविराज, १ कात्तिक । मधेशमा जारी आन्दोलनको आईतबार ६५ औं दिन सप्तरीको राजविराजमा बिशाल बिरोध जुलुस प्रदर्शन गरेको छ । मधेशी मोर्चाको अगुवाईमा मोर्चासँग आवद्ध विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुद्धारा आईतबार राजविराजमा बिशाल बिरोध जुलुस प्रदर्शन गरेको हो । ..... विस्तृत
फोरम लोकतान्त्रिकका महासचिव, सप्तरी अध्यक्षसहित ८७ जनाद्वारा पार्टी परित्याग 2072/07/02 दैनिक संवाददाता राजविराज, १ कात्तिक । पार्टी अध्यक्ष बिजय कुमार गच्छदारले एकलौटी निर्णय गरेको भन्दै मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका महासचिव, सप्तरी अध्यक्षसहित ८७ जनाले आइतबार पार्टीको साधारण सदस्य नरहने गरि पार्टी परित्यागको घोषणा गरेका छन् । ...... विस्तृत
ओनसरी धर्ती सभामुख र गंगा यादव उपसभामुखमा निर्विरोध निर्वाचित 2072/06/30 दैनिक संवाददाता राजविराज, २९ असोज । ओनसरी घर्ती नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख बनेकी छिन् । व्यवस्थापिका संसदको शुक्रबारको बैठकले सत्तारुढ दलको तर्फबाट सभामुखमा उम्मेदवार बनेकी घर्ती निर्विरोध निर्वाचित भएकी हुन् ।..... विस्तृत
जिल्लास्तरीय भारत्तोलन खेलाडीको छनौट सम्पन्न 2072/07/01 राजविराज÷जिल्ला स्तरीय भारत्तोलन छनौट प्रतियोगिता शनिबार राजविराजमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजानमा आयोजित सो जिल्ला स्तरीय भारतोलन प्रतियोगितामा सहभागि भएका भारत्तोलनका खेलाडीहरुलाई छनौट गरी क्षेत्रिय प्रतियोगितामा सहभागिता गराउनका लागि जिल्ला स्तरीय छनौट प्रतियोगिताको आयोजना गरेको हो ।...... विस्तृत
सखडेश्वरी मन्दिरमा श्रद्धालु भक्तजनहरुको संख्यामा कमि 2072/07/01 राजविराज÷लगातार ६४ दिनदेखिको मधेशमा जारी बन्द र छिमेकी भारतमा जारी बिधान सभाको निर्वाचनका कारण यस वर्ष सप्तरीको ऐतिहासिक छिन्नमस्ता सखडेश्वरी मन्दिरमा श्रद्धालु भक्तजनहरुको संख्यामा निकै कमि आएको छ ।...... विस्तृत
फोरम लोकतान्त्रिकका महासचिव यादवद्वारा पदबाट राजिनामा 2072/06/29 दैनिक संवाददाता राजविराज, २८ असोज । पूर्व कृषि मन्त्री तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव मृगेन्द्र कुमार सिंह यादवले पार्टीबाट राजिनामा दिने घोषणा गर्नुभएको छ । मधेशी मोर्चा सप्तरी र थारु कल्याणकारीणी सभाको संयुक्त आयोजनामा बिहिबार सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा आयोजित बिरोध सभामा सिंहले सो घोषणा गर्नुभएको हो ।....... विस्तृत
कंकालिनी मन्दिरमा पुजाका लागि सम्पूर्ण व्यवस्था मिलाइयो ः मन्दिर समिति राँगा बलि कात्तिक ४ गते 2072/06/29 दैनिक संवाददाता राजविराज, २८ असोज । कंकालिनी भगवती मन्दिरमा विगतका वर्षहरु जस्तै यस वर्ष पनि विजयादशमी अवधी भर कंकालिनी भगवती मन्दिर विकास समितिले धुमधामका साथ पूजाआजा गर्ने जनाएको छ । कंकालिनी भगवती मन्दिर विकास समितिले बिहीबार राजविराजमा गरेको पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराउँदै विजयादशमी अवधिभर विकास समितिका पदाधिकारी, स्वयंसेवक, सुरक्षाकर्मी तथा स्थानीयहरुको विशेष उपस्थितीमा मन्दिर परिसरमा कुनै असुरक्षा नरहने जनाएको छ । ....... विस्तृत
अस्पताल परिसरबाटै कुरुवाको मोटरसाइकल चोरी 2072/06/28 दैनिक संवाददाता राजविराज, २७ असोज । श्रीमतिलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएका एक युवकको अस्पतालबाटै मोटरसाईकल चोरी भएको छ । सप्तरीको बथनाहा गाविस ८ ढिकली टोल निवासी दशरथ कुमार मण्डलले मंगलबार आप्mनो श्रीमतिलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचारको लागि भर्ना गरेका थिए । मण्डलको बा.३० प ९०६५ नम्बरको सुपर स्पेलेन्डर रातो क्लरको मोटरसाईकल मंगलबारराति चोरी भएको पीडितले बताएका छन ।...... विस्तृत
संविधानको शल्यक्रिया पुस्तक विमोचन जसरी पनि अखण्ड मधेस हुनुपर्छ ः तिवारी 2072/06/28 दैनिक संवाददाता राजविराज, २७ असोज । नेपाल सद्भावना पार्टी(गजेन्द्रवादी)का राष्ट्रिय अध्यक्ष विकासकुमार तिवारीले जसरी भएपनि अखण्ड मधेस प्रदेश हुनुपर्ने बताउनु भएको छ । मधेस पत्रकार समाजले बुधवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष तिवारीले यस्तो बताउनु भएको हो । ...... विस्तृत
“नवगठित सरकार अपवित्र गठबन्धन” 2072/06/27 दैनिक संवाददाता राजविराज, २६ असोज । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले नवगठित सरकारलाई अपवित्र गठबन्धनको संज्ञा दिनु भएको छ । उहाँले भन्नुभयो, “यो अपवित्र गठबन्धन धेरै दिनसम्म टिक्न सक्दैन ।” मण्डलले मंगलबार राजविराजस्थित आप्mनै निवासमा पत्रकार सम्मेलनको आयोजना गरि उहाँले सत्ता लिप्साका कारण मुलुक लामो द्वन्द्वमा फसेको आरोप समेत लगाउनुभयो । ..... विस्तृत
आन्दोलन जारि रहन्छ ः मधेशी मोर्चा 2072/06/27 दैनिक संवाददाता काठमाडौं, २६ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन जारी नै रहने जनाएको छ । मोर्चाले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आफूहरुले संविधान कुनै पनि हालतमा नमान्ने र आन्दोलन जारि रहने दृढता व्यक्त गरेको छ । ..... विस्तृत
सप्तरीका बैंकहरु खुले 2072/06/26 दैनिक संवाददाता राजविराज, २५ असोज । जारि मधेश आन्दोलनको सोमबार ६० औं दिन सप्तरीका निजि तथा सरकारी बैंकहरु खुलेका छन् । मधेशी मोर्चा सप्तरीले चाडपर्वलाई मध्यनजर गरी सर्वसाधारणको हितका लागि सोमबारबाट पाँच दिन सम्मका लागि जिल्लास्थित बैंकहरु खोलाउने निर्णय गरेको हो । ...... विस्तृत
फोरम लोकतान्त्रिकद्वारा आफ्नै पार्टीले गरेको सम्झौताप्रति आपत्ति 2072/06/26 दैनिक संवाददाता राजविराज, २५ असोज । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक जिल्ला कार्य समिति सप्तरीले नेकपा एमाले, एनेकपा माओवादी र फोरम लोकतान्त्रिक बीच भएको ८ बुँदे सम्झौताप्रति आपत्ति जनाएको छ । ...... विस्तृत
विषादी खाना खाँदा दुई दर्जन बालबालिका सिकिस्त 2072/06/25 दैनिक संवाददाता राजविराज, २४ असोज । राजविराज ४ स्थित रहेको मदरसामा शनिबार साँझ पकाइएको खानामा छेपारो पर्दा दुई दर्जन बालबालिकाहरु सिकिस्त बिरामी परेका छन् । होस्टलमा बसेका विद्यार्थीहरुका लागि तयार पारिएको खानामा छेपारो परेपछि पूरै खाना विषादी भएको र खाना खाएका करिब दुई दर्जन बालबालिकाहरु सिकिस्त बिरामी परेको बताइएको छ । ...... विस्तृत
दुई दिन अघि मात्र हटाइएको दंगाग्रस्त क्षेत्र पुनः घोषणा 2072/06/25 दैनिक संवाददाता राजविराज, २४ असोज । दुई दिन अघि मात्र स्थानीय प्रशासनले राजमार्ग क्षेत्रबाट हटाइएको दंगाग्रस्त क्षेत्र आईतबारदेखि पुनः साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अनिश्चितकालिन घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले पूर्वमा कोशी ब्यारेजदेखी पश्चिममा बलान नदीसम्म आईतबारदेखी स्थानिय प्रशासनले सो दंगाग्रस्त क्षेत्र घोषणा गरिएको सप्तरीका निमित प्रमुख जिल्ला अधिकारी चिरन्जिवी प्रसाद भटराईले जानकारी दिनुभयो । ....... विस्तृत

 

  • 1
  • ...
  • 497
  • 498
  • 499
  • 500
  • 501
  • 502
  • 503
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.