मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र 2080/01/29 राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले भुटानी शरणार्थी बनाएर तेश्रो मुलुक पठाउने कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेश्रो देश पठाई पैसा असुल्ने गिरोह र त्यसमा संलग्नताको आरोप लागेका राज्यधिकारी एवं राजनीतिकर्मी माथी छानवीन गरी दोषि पाइएकालाई कडा कारवाही गर्नु पर्ने माग गर्दै शुक्रवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको हो । ..... विस्तृत
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर 2080/01/24 सप्तरी जिल्लामा आत्महत्याका घटना भयावह बन्दै गएको छ । आईतवार एकै दिन दुई महिलासहित तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने आत्महत्याको प्रयास गरेकी अर्की एक महिलाको अवस्था गम्भिर छ । प्रहरीका अनुसार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ की २१ वर्षिया सोनी कुमारी साह, राजविराज नगरपालिका १ की १८ वर्षिया बेबी भन्ने देवी कुमारी यादव र राजगढ गाउँपालिका ५ का २५ वर्षिय विवेक साहले छुट्टछुट्टै स्थानमा झुण्डिएर आत्महत्या गरेका छन् ।..... विस्तृत

 

ताजा अपडेट