rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • छठ पर्वको तयारी तिब्र
  • चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • दुईलाख मुल्य बराबरको पटका नष्ट
  • बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 
  
संविधान दिवसका लागी विभिन्न कार्यक्रम तय 2081/05/28 संविधान दिवस मुल समारोह समितीको शुक्रबार बसेको बैठकले संविधान दिवस भब्यताका साथ मनाउने निर्णय गरेको छ । जिल्ला समन्वय समिती सप्तरीको सभाकक्षमा प्रमुख शिवनारायण साहको अध्यक्षतामा बसेको बैठकले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो । ..... विस्तृत
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव 2081/05/27  जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको बताएका छन् ।  मधेश प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै प्रदेशसभा सदस्य समेत रहेको पूर्वमन्त्री यादवले राजविराजस्थित कृषि विश्वविद्यालयको बारे आम जनतामा भ्रम फैलाउने. काम भएको बताए ।.... विस्तृत
आत्महत्या घट्ना न्यूनिकरणका लागी  १८ वटै पालिकामा “ग्रासरुट अभियान” 2081/05/27  आत्महत्या घट्ना न्युनिकरणका लागि सप्तरीको १८ वटै पालिकामा ग्रासरुट अभियान संचालन हुने भएको छ । विहीवार प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रातीको कार्यकक्षमा वसेको जिल्ला आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समितिको बैठकले आत्महत्या घटना न्यूनिकरणका लागी “ग्रासरुट कार्यक्रम” गाउँ गाउँ सम्म लैजाने निर्णय गरेको हो । .... विस्तृत
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन  2081/05/26  जनता समाजवादी पार्टी नेपाल सप्तरीले राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे प्रधानमन्त्री तथा मधेश प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।  बुधवार जिल्ला प्रशासन कार्यालय पुगी पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती मार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । .... विस्तृत
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने  2081/05/26  जिल्ला समन्वय समिती सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने भएको छ । यसका लागी बुधवारदेखी वातावरीण प्रभाव मुल्याङ्कन, भुमिको अवस्था र माटो परिक्षण लगायतका काम सूरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ मा सभागृह भवन निर्माणका लागी २ करोड रुपैया बजेट विनियोजन गरेको जानकारी दिएका छन् । सोही बजेटबाट अत्याधुनिक र सुविधा सम्पन्न सभागृह भवन निर्माण गर्न लागिएको उनले बताए । .... विस्तृत
वार्षिक शैक्षिक कार्यक्रम सफल कार्यान्वयनका लागि १८ वटै पालिका अग्रसर 2081/05/25 जिल्लामा शैक्षिकस्तर उकास्न तथा तय गरिएको वार्षिक शैक्षिक कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयनका लागि १८ वटै पालिका एकै थलोमा भेला भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको दुई दिने “वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यशाला” मा उनीहरुले यस्तो सहभागिता जनाएक हुन् । .... विस्तृत
तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण 2081/05/25 सनातन हिन्दु धर्मको संरक्षण तथा सशक्तिकरण लगायतका विषयमा तीन जिल्लाका महिलालाई समेटेर आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।  विश्व हिन्दु परिषद् सप्तरीद्वारा शम्भुनाथ नगरपालिका ८ पोखरीयामा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सिरहा, उदयपुर र आयोजक सप्तरीका गरि १ सय २५ महिलाहरुको सहभागिता रहेको थियो । .... विस्तृत
रक्तदान गरि जनज्योतीले मनायो स्थापना दिवस  2081/05/25  जनज्योती कृषि सहकारी संस्था लि. राजविराज ९ मलेठले आफ्नो १३औं स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।  रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका चार जना पुरुष र तीन जना महिला शेयर सदस्य तथा कर्मचारीहरु गरि सात जनाले रक्तदान गरेका हुन् । .... विस्तृत
समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड 2081/05/25  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो त्याग र तपस्यापछि प्राप्त समावेशी समानुपातिक प्रतिनिधित्वसहितको जनताको अधिकार धरापमा पर्ने हो कि भन्ने चिन्ता लाग्न थालेको बताउँदै यसका बिरुद्ध निरन्तर सचेतनापूर्वक खबरदारी गर्नु आवश्यक रहेको बताएका छन् ।.... विस्तृत
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै 2081/05/25  सप्तरी जिल्लाको १८ वटै पालिकामा कक्षा ३ सम्मका विद्यार्थीलाई लक्षित गर्दै पाँच वर्षे जाइका आइबिएसई परियोजना संचालनमा आउने भएको छ ।  जापानी सहयोगि संस्था जाइकाको सहयोग तथा शिक्षा विज्ञान प्रविधि मन्त्रालयको समन्वयमा सो परियोजना संचालनमा आउने भएको हो । .... विस्तृत
भारतमा ८ नेपाली सम्मानित  2081/05/25 भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङमा “ग्लोबल ह्युमन राइट्स इण्डो–नेपाल” मित्रता पुरस्कारबाट ८ जना नेपालीलाई सम्मान गरिएको छ ।  ग्लोबल ह्युमन राइट्स प्रोटेक्सन फाउण्डेशन रिसर्च इन्स्टिच्युटद्वारा सोमबार आयोजित एक कार्यक्रमबीच ८ जना नेपालीलाई सो पुरस्कारबाट सम्मान गरिएको हो । .... विस्तृत
दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर 2081/05/23 सप्तरीको तिरहुत गाउँपालिका ५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन तथा व्यवस्थापन सम्बन्धी योजना तथा सोलार बत्ति जडान लगायतका कार्यमा सम्झौता बमोजिमको कामै नगरि रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार १९ जना बिरुद्ध विशेष आदालतमा मुद्दा दायर गरेको छ । .... विस्तृत
यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले  सकेसम्म पहल गर्ने ः मुख्यमन्त्री सिंह 2081/05/23  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिहले खेलकुदमा लागेर प्रदेशका साथै देशको समेत नाउँ उच्च पार्ने यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले सकेसम्म पहल गर्ने बताएका छन् ।  आईतवार गृह जिल्लाको राजविराजमा सप्तरी क्रिकेट संघको ५ औं वार्षिक साधारण सभालाई प्रमुुख अतिथीको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । .... विस्तृत
यूवकको मृत्युले अस्पताल तनावग्रस्त 2081/05/20 राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेको एक युवकको केही मिनेटमै मृत्यु भएपछि बिहीबार अस्पताल तनावग्रस्त भएको थियो । चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले प्रदर्शनसहित अस्पताल बिरुद्ध चर्को नाराबाजी गरेपछि अस्पतालमा तनावग्रस्त बन्न पुगेको हो ।... विस्तृत
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार 2081/05/20  सप्तरीको तिरहुत गाउँपालिका ३ गोईठीमा आगलागी घटना नियन्त्रणमा सघाएका एक परिवार माथी नै आगो लगाएको आरोप लगाउँदै कुटपीट गरिएको घटना सार्वजनिक भएको छ ।  प्रहरीबाट तथा गाउँमा कतै कुनै सुनवाई नभएपछी पीडित परिवार न्याय खोज्दै अधिकारकर्मी र सञ्चारकर्मी माझ पुगेपछी घटना सार्वजनिक भएको हो । .... विस्तृत
विद्यालयमा डेढ लाखको चोरी, एक लाख बराबरको तोडफोड 2081/05/19  सप्तरीको एक विद्यालयमा मंगलबार मध्यराती चोरले डेढ लाख मुल्य बराबरको सम्पत्ति चोरी गरेका छन् भने झण्डै एक लाख मुल्य बराबरको सम्पत्ति तोडफोड गरी नष्ट गरिदिएका छन् ।  जिल्लाको विष्णुपुर गाउँपालिका ५ स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालय कट्टीमा यस्तो खाले चोरी घटना भएको हो । .... विस्तृत

 

  • 1
  • ...
  • 48
  • 49
  • 50
  • 51
  • 52
  • 53
  • 54
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • 2082/07/07 छठ पर्वको तयारी तिब्र
  • 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  • 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
  • 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
  • 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
  • 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.