नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ 2080/11/08 राजविराज नगरपालिकाले अदालतको आदेश कार्यान्वयन नगर्दा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ आफ्नो कार्यकक्ष बाहिर बसेर काम गर्न बाध्य भएका छन् । फागुन १ गतेदेखि लागु हुने गरी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने कार्यपालिकाको बैठकले गरेको निर्णयपछि सोही दिन जनप्रतिनिधिहरुले उनको कार्यकक्षमा ताला लगाएका थिए । नगरपालिकाकाले फिर्ता पठाउने गरेको निर्णय विरुद्ध गुरुङले रिट दायर गरेपछि उच्च अदालत जनकपुर राजविराज इजलाशले फागुन ६ गतेको पेशी तोक्दै गत फागुन २ मा अल्पकालिन अन्तिरिम आदेश जारि गरेको थियो । त्यही आदेशलाई फागुन १० सम्म अदालतले निरन्तरता दिएपनि नगरपालिकाले आदेशको कार्यान्वयन नगर्दा प्रमुख प्रशासकीय अधिकृत गुरुङको कार्यकक्षमा हालसम्म पनि ताला लागेकै छ ।..... विस्तृत

 

ताजा अपडेट