विरोधका लागी सडकमा पोख्न तयार गरिएको  दुध गोरख बनाएर यात्रुलाई खुवाइयो  2080/11/17  दुग्ध उत्पादक किसानहरुले विहीवार सप्तरीको महुली सडकखण्डमा प्रर्दशनसहित सडक जाम गरेका छन् । पुर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै सयौंको संख्यामा उपस्थित किसानहरुले दुध ढुवानी गर्ने ट्याँकर सडक मै ते¥स्याएर प्रर्दशन र चक्का जाम गरे ।     दुध वापतको करौडो रुपैया भुक्तानी, भारतबाट अवैध रुपमा भित्रिने गरेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक, दुधको मूल्यमा एकरुपता लगायतका विभिन्न माग राखी उनीहरु आन्दोलनमा उत्रेका हुन् । दुधको ट्याँकरलाई सडक मै तेस्र्याएर अवरोध गरेपछि दिउँसो १२ बजेदेखि दिउसो १ बजे सम्म राजमार्गको आवागमन पुर्णरुपमा ठप्प बन्यो ।  .... विस्तृत
देशैभर ५७ लाख भन्दा बढी बालबालिकालाई खोप लगाइदै,  सप्तरीमा १ लाख ८७ हजार ८ सय ९२ जनालाई खोप लगाइने लक्ष्य  2080/11/13 सरकारले आइतबारदेखी देशै भरिका १५ वर्ष मुनीका बालबालिकालाई दादुरा–रुबेला रोग विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ । अभियान अन्तरगत सप्तरीमा एक लाख ८७ हजार भन्दा बढी बालबालिकालाई उक्त खोप दिईने लक्ष्य रहेको छ । राजविराजस्थित श्री केशोवत्ती अनिरुद्ध माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमबीच जिल्लाष्स् िखोप समन्वय समितिका अध्यक्ष शिव नारायण साह र प्रमुख जिल्ला अधिकारी किरण थापाले संयृुक्त रुपमा अभियानको ब्यानर बाचन गरेर उद्घाटन गरे । ..... विस्तृत
नगरपालिकाको विवाद समाधान गरि जनताको सेवा सूचारु गर्नेतर्फ ध्यान दिनुपर्छ ः निलम्बित मेयर  2080/11/11  विशेष अदालतमा मुद्दा परेर निलम्बित अवस्थामा रहेका राजबिराज नगरपालिकाका मेयर भिमराज यादवले नगरपालिकाको आन्तरिक विवाद समाधान गरि जनताको सेवा सूचारु गर्नेतर्फ ध्यान दिनु पर्ने सुझाव दिएका छन् ।  शुक्रबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसित कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन् । केही दिन यता कार्यवाहक नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत बीचको विवाद अदालतसम्म पुग्नु र नगरपालिकाबाट प्रवाह हुने विभिन्न सेवाहरू प्रभावित बन्नु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले आन्तरिक विवादलाई अविलम्ब वार्ता र छलफलबाट टुङ्गो लगाउनुपर्ने बताए । ..... विस्तृत
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ 2080/11/08 राजविराज नगरपालिकाले अदालतको आदेश कार्यान्वयन नगर्दा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ आफ्नो कार्यकक्ष बाहिर बसेर काम गर्न बाध्य भएका छन् । फागुन १ गतेदेखि लागु हुने गरी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने कार्यपालिकाको बैठकले गरेको निर्णयपछि सोही दिन जनप्रतिनिधिहरुले उनको कार्यकक्षमा ताला लगाएका थिए । नगरपालिकाकाले फिर्ता पठाउने गरेको निर्णय विरुद्ध गुरुङले रिट दायर गरेपछि उच्च अदालत जनकपुर राजविराज इजलाशले फागुन ६ गतेको पेशी तोक्दै गत फागुन २ मा अल्पकालिन अन्तिरिम आदेश जारि गरेको थियो । त्यही आदेशलाई फागुन १० सम्म अदालतले निरन्तरता दिएपनि नगरपालिकाले आदेशको कार्यान्वयन नगर्दा प्रमुख प्रशासकीय अधिकृत गुरुङको कार्यकक्षमा हालसम्म पनि ताला लागेकै छ ।..... विस्तृत

 

ताजा अपडेट