महोत्तरीले वाकओभर पाउँदै सेमीफाइनलमा प्रवेश 2075/08/18 प्रदेश स्तरीय हिरोकप फुटवल प्रतियोगितामा वाकओभर पाई महोत्तरी ११ सेमी फाइलनमा प्रवेश गरेको छ ।  हिरोज स्पोर्टिंग क्लव कञ्चनपुर नगरपालिका ३ बरमझियाद्वारा संचालन भइरहेको उक्त प्रतियोगिताको     मंगलवार सम्पन्न खेलमा बारा र महोत्तरी बीच हुने तय रहेको खेलमा निर्धारित समयसम्म बारा टिम नआएपछि महोत्तरी ११ लाई विजयी घोषित गरिएको हो ।      कुनै कारण बस बारा टिम समयमै उपस्थित हुन नसकेपछि निर्णायक समितिको निर्णय अनुसार अर्का प्रतिस्पर्धी टिम महोत्तरी ११ लाई वाक ओभर प्रदान गरिएको आयोजक समितिका अध्यक्ष विजय कुमार चौधरीले जानकारी दिए । .... विस्तृत
प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहा बिजयी   2075/08/18     सप्तरीको कंचनरुप नगरपालिका ३ स्थित बरमझियामा सोमबारदेखी प्रदेश स्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु भएको छ । हिरोज स्पोटिङ क्लब बरमझियाको आयोजनामा आयोजित उक्त प्रतियोगिताको उद्घाटन प्रदेश २ का सामाजिक विकास मन्त्रि नवलकिशोर साहले गरेका छन् ।     उद्घाटन पश्चात् सुरु भएको उद्घाटन खेलमा सिरहाले धनुषालाई हराउन सफल भएको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयसम्म दुबै टिमबाट गोल हुन नसकेपछि ट्राईबेकर प्रणालीद्वारा खेलको छिनोफानो गरिएको थियो ।     सुरुको निर्धारित समयअवधीमा दुबै टिमले कुनै गोल गर्न सकेपछि र ५÷५ प्यानेल्टीमा समेत खेल बराबरी भएपछि थपिएको ३÷३ प्यानेल्टीमा सिरहा बिजयी भएको हो । ..... विस्तृत
डाकनेश्वरी टि–ट्वान्टी कप क्रिकेट सुरु 2075/08/08  राजविराज÷डाकनेश्वरी नगरपालिकामा शनिबारदेखी टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।      गोल्डेन क्रिकेट क्लब बनौलाको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतको लौकही क्रिकेट क्लबले सप्तरीको अर्नाहा क्रिकेट क्लबलाई एक विकेटले पराजित गरि दोश्रो चरणमा प्रवेश गरेको छ ।      प्रतियोगितामा नेपाल र भारतका गरि १६ वटा टिमको सहभागिता छ । यसअघि आयोजक समितिका अध्यक्ष सुमदेश्वर प्रसाद साहको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रानी मण्डलले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । .... विस्तृत
बरहीबिरपुरलाई मिथिला कपको उपाधी  2075/08/02     राजबिराज÷राजविराजमा सम्पन्न पहिलो मिथिला कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी योंङ ११ बरहीबिरपुरले हात पारेको छ ।     स्थानिय मबिव क्याम्पस खेल मैदानमा रंजितपुर राईडर्सद्वारा आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्प...न्न फाइनल खेलमा बोदेबरसाईन टिमलाई ४ बिकेटले पराजित गर्दै बरहीबिरपुरले उपाधी हात पारेको हो ।      टस जितेर बोदेबरसाईनले निर्धारित २० ओभरको खेलमा ७ बिकेटको क्षतिमा १ सय २६ रनको योगफल तयार पारेको थियो । जसमा रोहित सिँह ३१ रन बिकास दास २३ प्रशांत राय २० अभिनाष कर्ण १७ अमित दास १४ रन बनाएका थिए ।. विस्तृत