वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी 2076/01/12  राजविाजमा संचालित वडा स्तरिय क्रिकेट प्रतियोगिता अन्तरगत बिहीबार सम्पन्न खेलमा वडा नं ८ ले वडा नं. ७ लाई ३७ रनले तथा वडा नं. ९ ले वडा नं. २ लाई २४ रनले पराजित गरेको छ । राजबिराज नगरपालिका वडा नं. ५ को मुख्य प्रायोजन तथा लायन्स क्रिकेट क्लबको आयोजनामा संचालित दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगतको दोश्रो दिनको खेलमा वडा नं. ८ र ९ बिजयी भएको हो । पबिमाबिको क्रिकेट मैदानमा संचालित प्रतियोगितामा वडा नं. ८ ले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा १ सय ३५ रनको योगफल तयार पारेका थिए । .... विस्तृत
जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु 2075/09/01 राजविराज÷सप्तरीको बोदे बर्साईन नगरपालिका ५ जाँजरमा शनिवारदेखि चाम्पियन स्टार क्रिकेट टिमद्वारा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।  प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न उद्घाटन खेलमा बैरिया बिजयी भएको छ ।      टस जितेर पहिलो ब्याटिङ गरेको बैरियाले निर्धारित २० ओभरमा अलआउट हुँदै २१० रनको योगफल बनाएको थियो । जसमा बैरियाका बिशालले सतक जोडेको थियो भने राजेशले ४९ र मुन्ना खानले  २० र गोबिन्दले १० रनको योगदान थियो । लौकहीका प्रदीप ३, जिया अन्सारी र रफिक नाज २÷२, मनोज र मन्जरले १÷१ बिकेट हात पारेको थियो । .... विस्तृत
बसबिट्टीमा कुस्ती प्रतियोगिता सम्पन्न, पहिलो हुनेलाई ५ तोला चाँदी 2075/09/01    राजविराज÷रामजानकी विवाह पंचमीको अवसरमा सप्तरीको रुपनी गाउँपालिका ५ स्थित बसबिटीमा संचालित तीन दिवसीय कुस्ती प्रतियोगिता शनिबार सम्पन्न भएको छ । सम्पन्न कुस्ती प्रतियोगितामा नवलपरासीका बाबर पहलवान पहिलो हुँदै ५ तोला चाँदीको तक्मा प्राप्त गरेका छन् भने पर्साका राहुल पहलवान दोस्रा भई ४ तोला चाँदीका तक्मा तथा सिरहा राजगीर यादव पलवान तेस्रो भई ३ तोला चाँदीका तक्मा पाएका छन् ।      सम्पन्न प्रतियोगितामा पहिला हुनेलाई रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादवले, दोश्रो हुनेलाई उपप्रमुख बेचनीकुमारी सरदार र तेश्रो हुनेलाई वडा नं. ५ का अध्यक्ष जगदीश दासले तक्मा प्रदान गरेका थिए । .... विस्तृत

 

ताजा अपडेट