रौतहटलाई हराउदै पर्सा सेमीफाईनलमा प्रवेश 2075/08/21  प्रदेशस्तरिय हिरोकप फुटवल प्रतियोगिता अन्र्तगत विहिवार सम्पन्न खेलमा रौतहटलाई हराउदै पर्सा ११ सेमीफाईनलमा प्रवेश गरेको छ ।  हिरोज स्पोटिङ क्लब बरमझियाद्वारा जारी अत्यन्तै प्रतिष्पर्धात्मक खेलको दोश्रो हापमा ९ औं मिनटमा पर्सा ११ जर्सी नं. १७ का नविन कडेल तथा ३५ औं मिनेटमा ११ जर्सी नं. १० का आरजेन गुरुङ्गको गालेले पर्सा विजयी भएको हो ।     रौतहट ११ जर्सी नं. १० का राजु प्रहरी म्यान अफ दि म्याच घोषित भए भने उनलाई  माँ दुर्गा ज्वलर्स बरमझियाका प्रोपाईटर हरि प्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथाचौधरी फार्मेसी कञ्चनपुर बजारका प्रोपाईटर माघव चौधरीले दुई हजार रुपैंया नगद प्रदान गरे । ..... विस्तृत
आठौ राष्ट्रिय खेलकुदका लागि क्रिकेट खेलाडी छनोट सुरू 2075/08/19 आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सप्तरीमा क्रिकेट खेलाडी छनोटको लागि अभ्यास खेल सुरू भएको छ । जिल्ला खेलकुद बिकास समिति सप्तरीको आयोजनामा विभिन्न खेलको छनोट प्रतियोगिता सुरू सँगै सप्तरी क्रिकेट सँघको संयोजनमा पनि जिल्लाको ५५ जना सम्मलित क्रिकेट खेलाडीहरूले अभ्यास खेल सुरू गरेको हो ।     आउँदो पुस महिनामा प्रदेश स्तरिय क्रिकेट छनोट प्रतियोगिताबाट प्रदेश २ को टिम बनाई माघमा काठमाडौमा हुने आठौ प्रतियोगितामा सहभागी हुने जनाइएको छ ।     जिल्ला खेलकुद बिकास समितिमा सप्तरी टिममा चयनका लागि आवेदन दिएकाहरूका खेलाडीहरू ३ दिन सम्म अभ्यास खेल खेलाई सप्तरी टिमको छनोट गरीने सप्तरी क्रिकेट सँघका सदस्य तथा छनोट समितिका सदस्य चन्दनकुमार यादबले बताए ।.... विस्तृत
सप्तरीलाई हराउदै सर्लाही सेमीफाईनलमा  2075/08/19 देशस्तरिय हिरो कप फुटवल प्रतियोगिता अन्र्तगत बुधवारको खेलमा सप्तरीलाई हराउदै सर्लाही ११ सेमीफाईनलमा प्रवेश गरेको छ । हिरोज स्पोटिङ क्लबद्वारा सप्तरीको बरमझियामा जारी प्रतियोगितमा ट्राईबेकर प्रणालीद्वारा खेलको छिनोफानो गरिएको थियो । जसमा सर्लाही ११ ले सप्तरीलाई हराउन सफल भयो ।     खेलमा निर्धारित समयसम्म दुबै टिमतर्फबाट एक÷एक गोल भए पछि ५÷५ प्यानेल्टीमा हिरोज स्पोटिङ क्लब सप्तरी सँग ४÷५ ले सर्लाही ११ को बिजय भएको हो ।      सो खेलमा हिरोज स्पोटिङ क्लब सप्तरीका चन्द्रकान्त चौधरी म्यान अफ दि म्याच घोषित भए । उनलाई माँ दुर्गा ज्वलर्स बरमझियाका प्रोपाईटर हरि प्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथा चौधरी फार्मेसी कञ्चनपुर बजारका प्रोपाईटर माघव चौधरीले दुई हजार रुपैंया प्रदान गरे । .... विस्तृत
महोत्तरीले वाकओभर पाउँदै सेमीफाइनलमा प्रवेश 2075/08/18 प्रदेश स्तरीय हिरोकप फुटवल प्रतियोगितामा वाकओभर पाई महोत्तरी ११ सेमी फाइलनमा प्रवेश गरेको छ ।  हिरोज स्पोर्टिंग क्लव कञ्चनपुर नगरपालिका ३ बरमझियाद्वारा संचालन भइरहेको उक्त प्रतियोगिताको     मंगलवार सम्पन्न खेलमा बारा र महोत्तरी बीच हुने तय रहेको खेलमा निर्धारित समयसम्म बारा टिम नआएपछि महोत्तरी ११ लाई विजयी घोषित गरिएको हो ।      कुनै कारण बस बारा टिम समयमै उपस्थित हुन नसकेपछि निर्णायक समितिको निर्णय अनुसार अर्का प्रतिस्पर्धी टिम महोत्तरी ११ लाई वाक ओभर प्रदान गरिएको आयोजक समितिका अध्यक्ष विजय कुमार चौधरीले जानकारी दिए । .... विस्तृत
प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहा बिजयी   2075/08/18     सप्तरीको कंचनरुप नगरपालिका ३ स्थित बरमझियामा सोमबारदेखी प्रदेश स्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु भएको छ । हिरोज स्पोटिङ क्लब बरमझियाको आयोजनामा आयोजित उक्त प्रतियोगिताको उद्घाटन प्रदेश २ का सामाजिक विकास मन्त्रि नवलकिशोर साहले गरेका छन् ।     उद्घाटन पश्चात् सुरु भएको उद्घाटन खेलमा सिरहाले धनुषालाई हराउन सफल भएको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयसम्म दुबै टिमबाट गोल हुन नसकेपछि ट्राईबेकर प्रणालीद्वारा खेलको छिनोफानो गरिएको थियो ।     सुरुको निर्धारित समयअवधीमा दुबै टिमले कुनै गोल गर्न सकेपछि र ५÷५ प्यानेल्टीमा समेत खेल बराबरी भएपछि थपिएको ३÷३ प्यानेल्टीमा सिरहा बिजयी भएको हो । ..... विस्तृत
डाकनेश्वरी टि–ट्वान्टी कप क्रिकेट सुरु 2075/08/08  राजविराज÷डाकनेश्वरी नगरपालिकामा शनिबारदेखी टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।      गोल्डेन क्रिकेट क्लब बनौलाको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतको लौकही क्रिकेट क्लबले सप्तरीको अर्नाहा क्रिकेट क्लबलाई एक विकेटले पराजित गरि दोश्रो चरणमा प्रवेश गरेको छ ।      प्रतियोगितामा नेपाल र भारतका गरि १६ वटा टिमको सहभागिता छ । यसअघि आयोजक समितिका अध्यक्ष सुमदेश्वर प्रसाद साहको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रानी मण्डलले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । .... विस्तृत
बरहीबिरपुरलाई मिथिला कपको उपाधी  2075/08/02     राजबिराज÷राजविराजमा सम्पन्न पहिलो मिथिला कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी योंङ ११ बरहीबिरपुरले हात पारेको छ ।     स्थानिय मबिव क्याम्पस खेल मैदानमा रंजितपुर राईडर्सद्वारा आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्प...न्न फाइनल खेलमा बोदेबरसाईन टिमलाई ४ बिकेटले पराजित गर्दै बरहीबिरपुरले उपाधी हात पारेको हो ।      टस जितेर बोदेबरसाईनले निर्धारित २० ओभरको खेलमा ७ बिकेटको क्षतिमा १ सय २६ रनको योगफल तयार पारेको थियो । जसमा रोहित सिँह ३१ रन बिकास दास २३ प्रशांत राय २० अभिनाष कर्ण १७ अमित दास १४ रन बनाएका थिए ।. विस्तृत

 

ताजा अपडेट