पिएम कपमा सप्तरीको दोस्रो जित 2082/10/25  राजविराजमा संचालिते प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता  अन्तर्गत आइतबार सम्पन्न खेलमा सप्तरीले महोत्तरीलाई ३ विकेटले पराजित गरेको छ । यो सप्तरीको लगातार दोस्रो जित हात हो ।  टस जितेर सप्तरीले पहिले फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको महोत्तरीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६५ रनको योगफल खडा गरेको थियो । महोत्तरीका लागि नवीन कुमार यादवले सर्वाधिक ३९ रनको योगदान दिए भने अभिषेक अधिकारीले ३२, अभिषेक तिवाडीले २१ र आदित्य मण्डलले ११ रन जोड्ेका थिए । .... विस्तृत

 

ताजा अपडेट