वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी 2076/01/12  राजविाजमा संचालित वडा स्तरिय क्रिकेट प्रतियोगिता अन्तरगत बिहीबार सम्पन्न खेलमा वडा नं ८ ले वडा नं. ७ लाई ३७ रनले तथा वडा नं. ९ ले वडा नं. २ लाई २४ रनले पराजित गरेको छ । राजबिराज नगरपालिका वडा नं. ५ को मुख्य प्रायोजन तथा लायन्स क्रिकेट क्लबको आयोजनामा संचालित दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगतको दोश्रो दिनको खेलमा वडा नं. ८ र ९ बिजयी भएको हो । पबिमाबिको क्रिकेट मैदानमा संचालित प्रतियोगितामा वडा नं. ८ ले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा १ सय ३५ रनको योगफल तयार पारेका थिए । .... विस्तृत
जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु 2075/09/01 राजविराज÷सप्तरीको बोदे बर्साईन नगरपालिका ५ जाँजरमा शनिवारदेखि चाम्पियन स्टार क्रिकेट टिमद्वारा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।  प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न उद्घाटन खेलमा बैरिया बिजयी भएको छ ।      टस जितेर पहिलो ब्याटिङ गरेको बैरियाले निर्धारित २० ओभरमा अलआउट हुँदै २१० रनको योगफल बनाएको थियो । जसमा बैरियाका बिशालले सतक जोडेको थियो भने राजेशले ४९ र मुन्ना खानले  २० र गोबिन्दले १० रनको योगदान थियो । लौकहीका प्रदीप ३, जिया अन्सारी र रफिक नाज २÷२, मनोज र मन्जरले १÷१ बिकेट हात पारेको थियो । .... विस्तृत
बसबिट्टीमा कुस्ती प्रतियोगिता सम्पन्न, पहिलो हुनेलाई ५ तोला चाँदी 2075/09/01    राजविराज÷रामजानकी विवाह पंचमीको अवसरमा सप्तरीको रुपनी गाउँपालिका ५ स्थित बसबिटीमा संचालित तीन दिवसीय कुस्ती प्रतियोगिता शनिबार सम्पन्न भएको छ । सम्पन्न कुस्ती प्रतियोगितामा नवलपरासीका बाबर पहलवान पहिलो हुँदै ५ तोला चाँदीको तक्मा प्राप्त गरेका छन् भने पर्साका राहुल पहलवान दोस्रा भई ४ तोला चाँदीका तक्मा तथा सिरहा राजगीर यादव पलवान तेस्रो भई ३ तोला चाँदीका तक्मा पाएका छन् ।      सम्पन्न प्रतियोगितामा पहिला हुनेलाई रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादवले, दोश्रो हुनेलाई उपप्रमुख बेचनीकुमारी सरदार र तेश्रो हुनेलाई वडा नं. ५ का अध्यक्ष जगदीश दासले तक्मा प्रदान गरेका थिए । .... विस्तृत
बसबिट्टीमा कुस्ती प्रतियोगिता हुँदै 2075/08/27  रामजानकी विवाह पंचमीको अवसरमा सप्तरीको रुपनी गाउँपालिका ५ स्थित बसबिीमा बिहीबारदेखी तीन दिवसीय कुस्ती प्रतियोगिता सुरु भएको छ । विवाह पंचमी मेला समितिको आयोजनामा सुरु भएको उक्त कुस्ती प्रतियोगितामा नेपालको बारा, सिरहा र नवालपरासी र भारतको बिहार, मध्यप्रदेश, दिल्ली, झारखण्ड, उत्तरप्रदेशलगातका पहलवानहरुको सहभागिता रहेको छ ।      रुपनी गाउँपालिकाका उपाध्यक्ष बेचनी कुमारी सरदारको अध्यक्षता तथा बसबिट्टी गाविसका पूर्वअध्यक्ष शम्भु यादवले उद्घाटन गरेको प्रतियोगितामा जनप्रतिनिधी तथा स्थानियहरुको उपस्थिति रहेको थियो । .... विस्तृत
लहानलाई हराउँदै सर्लाही ११ फाईनलमा  2075/08/22    सप्तरीको बरमझियामा जारी प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता अन्र्तगत शुक्रवारको खेलमा लहानलाई हराउदै सर्लाही ११ फाईनलमा प्रवेश गरेको छ ।  हिरोज स्पोटिङ क्लब बरमझियाद्धारा आयोजित उक्त प्रतियोगिताको शुक्रबार सम्पन्न खेलको पहिलो हापमा सर्लाही जर्सी नं. १६ का भरत चौधरीले १० औंं मिनेटमा गोल गरेका थिए भने २९ औं मिनेटमा सोही जर्सीका चौधरीले अर्को गोल गरेका थिए ।      यस्तै दोश्रो हापमा २५ औं मिनटमा लहान ११ जर्सी नं. ७ का सिद्धात हमाल ठकुरीले एक गोल मात्र गर्न सफल भएका थिए ।     सम्पन्न खेलमा सर्लाही ११ जर्सी नं. १६ का भरत चौधरी म्यान अफ दि म्याच घोषित भएका छन् । उनलाई सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरका अध्यक्ष अनोज यादवले शिल्ड हस्तान्तरण गरेका थिए भने माँ दुर्गा ज्वेलर्स बरमझियाका प्रोपाईटर हरि प्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथा चौधरी फार्मेसी कञ्चनपुर बजारका प्रोपाईटर माघव चौधरीले दुई हजार रुपैंया प्रदान गरेका थिए । .... विस्तृत
रौतहटलाई हराउदै पर्सा सेमीफाईनलमा प्रवेश 2075/08/21  प्रदेशस्तरिय हिरोकप फुटवल प्रतियोगिता अन्र्तगत विहिवार सम्पन्न खेलमा रौतहटलाई हराउदै पर्सा ११ सेमीफाईनलमा प्रवेश गरेको छ ।  हिरोज स्पोटिङ क्लब बरमझियाद्वारा जारी अत्यन्तै प्रतिष्पर्धात्मक खेलको दोश्रो हापमा ९ औं मिनटमा पर्सा ११ जर्सी नं. १७ का नविन कडेल तथा ३५ औं मिनेटमा ११ जर्सी नं. १० का आरजेन गुरुङ्गको गालेले पर्सा विजयी भएको हो ।     रौतहट ११ जर्सी नं. १० का राजु प्रहरी म्यान अफ दि म्याच घोषित भए भने उनलाई  माँ दुर्गा ज्वलर्स बरमझियाका प्रोपाईटर हरि प्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथाचौधरी फार्मेसी कञ्चनपुर बजारका प्रोपाईटर माघव चौधरीले दुई हजार रुपैंया नगद प्रदान गरे । ..... विस्तृत
आठौ राष्ट्रिय खेलकुदका लागि क्रिकेट खेलाडी छनोट सुरू 2075/08/19 आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सप्तरीमा क्रिकेट खेलाडी छनोटको लागि अभ्यास खेल सुरू भएको छ । जिल्ला खेलकुद बिकास समिति सप्तरीको आयोजनामा विभिन्न खेलको छनोट प्रतियोगिता सुरू सँगै सप्तरी क्रिकेट सँघको संयोजनमा पनि जिल्लाको ५५ जना सम्मलित क्रिकेट खेलाडीहरूले अभ्यास खेल सुरू गरेको हो ।     आउँदो पुस महिनामा प्रदेश स्तरिय क्रिकेट छनोट प्रतियोगिताबाट प्रदेश २ को टिम बनाई माघमा काठमाडौमा हुने आठौ प्रतियोगितामा सहभागी हुने जनाइएको छ ।     जिल्ला खेलकुद बिकास समितिमा सप्तरी टिममा चयनका लागि आवेदन दिएकाहरूका खेलाडीहरू ३ दिन सम्म अभ्यास खेल खेलाई सप्तरी टिमको छनोट गरीने सप्तरी क्रिकेट सँघका सदस्य तथा छनोट समितिका सदस्य चन्दनकुमार यादबले बताए ।.... विस्तृत

 

ताजा अपडेट