सप्तकोशीमा काँग्रेस र अग्निसाइरमा एमाले,  दुबै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित

राजविराज राजविराज
|
मंगलबार, जेठ ३, २०७९
|
|
२६ पटक हेरिएको
Shares
सप्तकोशीमा काँग्रेस र अग्निसाइरमा एमाले,  दुबै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित

सारांश

  •     जसअन्तरगत जिल्लाको सप्तकोशी नगरपालिकामा नेपाली काँग्रेसको प्रमुख र उपप्रमुख तथा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा नेकपा एमालेको अध्यक्ष र नेपाली काँग्रेसको उपाध्यक्ष निर्वाचित भएका छन् ।
  •       मंगलबार घोषित मतपरिणाम अनुसार सप्तकोशी नगरपालिकामा नेपाली काँग्रेसका कृष्ण ढकाल र रिताकुमारी चौधरी क्रमश प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् ।
  • ढकालले एमालेका उत्तम गौतमलाई १ हजार ५ सय २ मतले पराजित गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
    स्थानिय तह निर्वाचनको मतपरिणाम सप्तरीमा आउने क्रम सुरु भएको छ । जस अन्तरगत जिल्लाको दुई पालिकाको अन्तिम नतिजा मंगलबार सार्वजनिक भएको छ । 
    जसअन्तरगत जिल्लाको सप्तकोशी नगरपालिकामा नेपाली काँग्रेसको प्रमुख र उपप्रमुख तथा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा नेकपा एमालेको अध्यक्ष र नेपाली काँग्रेसको उपाध्यक्ष निर्वाचित भएका छन् । 
    मंगलबार घोषित मतपरिणाम अनुसार सप्तकोशी नगरपालिकामा नेपाली काँग्रेसका कृष्ण ढकाल र रिताकुमारी चौधरी क्रमश प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । ढकालले एमालेका उत्तम गौतमलाई १ हजार ५ सय २ मतले पराजित गरेका छन् । ढकालले ४ हजार ४ सय ६९ मत ल्याउँदा निकटत्तम प्रतिद्वन्दी गौतमले २ हजार ९ सय ६७ मत मात्र प्राप्त गरे । गौतम निर्वतमान नगर प्रमुख हुन् । 
    उपमेयरमा रिताकुमारी चौधरीले ३ हजार ९५८ मत ल्याएर निर्वाचित भएकी छिन् भने उनकी प्रतिस्पर्धी एमालेकी संगीताकुमारी चौधरीले २ हजार २०० मत प्राप्त गरिन् । 
    यस्तै अग्निसाइर कृष्णासवरण गाउँपालिकामा अध्यक्ष पदमा एमालेका दिनानाथ चौधरी र उपाध्यक्ष पदमा काँग्रेसकी कल्पनाकुमारी चौधरी निर्वाचित भएकी छिन् । यसअघिको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदमा बिजयी भएका पर्शुराम चौधरी यसपल्ट ९ सय ८६ मतले पराजित भएका छन् । दिनानाथले ४ हजार ८ सय ७४ मत ल्याउँदा पर्शुरामले ३ हजार ८ सय ८८ मत मात्र ल्याउन सफल भए । 
    उपाध्यक्षमा कांग्रेसकी कल्पनाकुमारी चौधरीले ४ हजार २१६ मत ल्याएकी विजयी भएकी हुन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेकी शैलेन्द्री लेखी थरुनीले ३ हजार ४५९ मत प्राप्त गरिन् । कुल ६ वटा वडा रहेको सो पालिकामा ३ वटामा कांग्रेस, २ वटामा एमाले र एउटामा माओवादी केन्द्रले जितेका छन् ।
    जिल्लामा रहेका १८ मध्ये १६ पालिकाहरुमा मतगणना हुने क्रम जारि रहेको छ । मंगलबार साँझ सम्मको मतगणना अनुसार कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, तिलाठी कोइलाडी र तिरहुत गाउँपालिकामा काँग्रेस अग्रस्थानमा छन् भने राजविराज नगरपालिका, बोदेबरसाइन नगरपालिका, राजगढ गाउँपालिका र विष्णुपुर गाउँपालिकामा जसपा अग्रस्थानमा छन् । 
    यस्तै महदेवा, रुपनी, छिन्नमस्ता गाउँपालिकामा लोसपा, हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत तथा शम्भुनाथ नगरपालिकामा नेकपा एकीकृत समाजवादी अग्रस्थानमा छन् । 
    यस्तै खडक नगरपालिकामा माओवादी केन्द्र तथा बलान विहुल गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा नेकपा एमालले अग्रता लिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार  अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार  अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णय
हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णय
कांग्रेसको शुभेच्छुक संस्थाहरुद्वारा प्रदर्शन
कांग्रेसको शुभेच्छुक संस्थाहरुद्वारा प्रदर्शन
राजपा सरकारमा सहभागिता हुने की नहुने ?
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
जनमत पार्टीको प्रदर्शन
जनमत पार्टीको प्रदर्शन
“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ”
“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ”
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान