राजविराज जनप्रतिनिधिहरुको उदासिनताका कारण अझै व्यवस्थित हुन सकेन

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ ३२, २०८३
|
|
७१ पटक हेरिएको
Shares
राजविराज जनप्रतिनिधिहरुको उदासिनताका कारण अझै व्यवस्थित हुन सकेन

सारांश

  • भारतको गुलाबी सहरको नामले प्रसिद्धि पाएको जयपुर सहरको नक्सामा आधारित राजविराज नगरपालिका (तत्कालिन राजविराज बजार) को टाउन प्लानिङ बि.
  • स.
  • १९९९ सालमा गरिए पनि ८३ वर्ष बितिसक्यो ।
नवीनकुमार गुप्ता
राजविराज, ३२ असार । 
नेपालकै पहिलो टाउन प्लानिङ सहर राजविराज जनप्रतिनिधिहरुको उदासिनताका कारण अझै व्यवस्थित हुन सकेको छैन् ।
भारतको गुलाबी सहरको नामले प्रसिद्धि पाएको जयपुर सहरको नक्सामा आधारित राजविराज नगरपालिका (तत्कालिन राजविराज बजार) को टाउन प्लानिङ बि.स. १९९९ सालमा गरिए पनि ८३ वर्ष बितिसक्यो । तर, टाउन प्लानिङले परिकल्पना गरेको जस्तो सहर हालसम्म व्यवस्थित हुन सकेको छैन् ।
डम्पिङसाइटको निर्माण हुन सकेन
फोहर व्यवस्थापनको कुरा गर्ने हो भने हालसम्म डम्पिङसाइटको निर्माण हुन नसकेका कारण जहिले पनि फोहर व्यवस्थापनमा समस्या आउने गरेको छ । ८३ वर्षमा पनि नगरपालिकाले डम्पिङसाइटलाई व्यवस्थित गर्न नसकेका हुनाले नगरपालिका क्षेत्र भित्रबाट उत्सर्जन हुने दैनिक सरदर ५० टन फोहर अव्यवस्थित रुपमा फ्याक्ने गरिएको छ । यस्तै सरकारी तथा नीजि तवरबाट संचालित सेफ्टीट्याङ्कको मल समेत खाँडो लगायतका खोलामा फ्याक्ने गरिएको छ ।
बि.स. २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनबाट राजविराज नगरपालिकाको मेयर पदमा निर्वाचित भिमराज यादवले आफ्नो कार्यकालको सुरुवात मै राजविराज वडा नं. १५ मा डम्पिङसाइट निर्माणका लागि स्थल चयन गरि तत्काल निर्माण कार्य समेत थालनी गरेका थिए । तर उनी पदबाट निलम्बित भएपछि हालसम्म सो डम्पिङसाइट निर्माण नभइकनै फोहर अव्यवस्थित रुपमा फ्याल्ने गरिएको वडा नं. ७ का सदस्य रामानन्द देवले जनाएका छन् ।
यसअघि तत्कालिन मेयर शम्भु प्रसाद यादवले डम्पिङसाइटका लागि ५ विगहा जग्गा २० वर्षको लागि लिजमा लिने निर्णय गरेका थिए । सोही जग्गामा डम्पिङसाइटको निर्माण भइरहेको तर स्थानीयहरुले फोहर विसर्जन गर्न खाल्डो खन्न नदिएपछि हाल विवादमै रहेको छ ।
बिटोरी समस्या ज्यूँको त्युँ
यस्तै बर्षौदेखि राजविराज नगर क्षेत्रको बिटोरी जग्गाको समस्या समेत समाधान गर्न जनप्रतिनिधिहरु गम्भिर बन्न नसकेको स्थानियको गुनासो छ । उनीहरु बिटोरी जग्गा भएकै कारण आफ्नै जग्गा बिक्रि गर्न पाएका छैनन् भने विभिन्न प्रयोजनका लागि ऋण समेत उठाउन बन्देज भएका छन् । जसका कारण बिटोरी जग्गावालहरु वर्षौदेखी समस्यामा पर्दै आइरहेका छन् ।
यो सहरको टाउन प्लानिङ तत्कालिन बडा हाकिम प्रकाश शम्शेरले गराएका थिए । बि.स. १९९९ सालमै ६० विगहामा यो नगर बसाइएको हो भने ८ विगहामा कर्मचारीको नाममा प्लट जग्गा स्वर्ण टोल (लंका टोल) मा बितरण गरिएको हो । त्यस्तै १० विगहामा तत्कालिन कचहरी लाइन (हाल अदालत रोड) मा सरकारी कार्यालयहरु स्थापना गरिएको हो । ७८ विगहामा फैलिएको यो सहरको बजार, बस पार्क, टेम्पु स्टेण्ड, माइक्रो स्टेण्ड, हाट बजार लगायत अहिले अव्यवस्थित हुदै जाँदा इतिहास बोकेको यस नगरपालिकाप्रति सम्बन्धीत निकायले कुनै चासो समेत देखाउन सकेको छैन ।
छाडा पशु चौपाया व्यवस्थापनमा मौन
नगर क्षेत्र भित्रको समस्या मध्ये छाडा पशु चौपायाको व्यवस्थापन पनि एक हो । अहिले पनि छाडा पशु चौपायाको व्यवस्थान हुन नसक्दा दिनँहु सडकमा दुर्घटना हुनुका साथै सहर कुरुप बन्दै गएको छ । सुरुवातमा नगरपालिका कार्यालयको हाताभित्रै काँजी हाउसको व्यवस्था केही दिनका लागि गरिएपनि विगत एक दशक भन्दा बढी समयदेखी काँजी हाउसको व्यवस्था गर्न सकिएको छैन् ।
पार्किङको अभाव
जथाभावी पार्किङ नियन्त्रण गर्न समेत नगरपालिका चुकेको छ । नगरमा चोरीका घटनाहरु बढ्दै जाँदा त्यसलाई नियन्त्रणका प्रयासहरु समेत गरिएको देखिन्न् । नगर क्षेत्रमा सिसि टिभि जडान गरिएको भनिएपनि हाल अधिकांश ती क्यामराहरु बिग्रिएको अवस्थामा छ । चोरीका घटना तथा अन्य आपराधिक गतिविधीलाई नियन्त्रण गर्न नगरपालिका गम्भिर नदेखिएको स्थानीय रमाकान्त साहले गुनासो पोखे ।
नगरका भित्रका सडक तथा गल्लीहरुमा व्यवस्थित रुपमा सडक बत्तिको व्यवस्था नहुँदा चोरीको घटना बढ्दै गएका छन् । सडक छेउमा पेटीको ब्यवस्था भएपनि सो पेटी अतिक्रमणको चपेटामा परेको छ । पेटीलाई केही व्यापारीहरुले निजि प्रयोजनका लागि प्रयोग गरेकाले बटुवाहरु बीच सडकबाटै हिड्न बाध्य भएका छन् । जसका कारण दुर्घटना हुने गरेको पाइएको छ । यसैगरि घर निर्माणका सामाग्रिहरु पनि बिच बाटोमै राख्नाले यातायातमा कठिनाई हुने गरेको छ ।
बसपार्क संचालनमा आएन
राजविराज वडा नं. २ मा दुई दशकको प्रयासपछी निर्माण भएको बस पार्क विगत दुई वर्षदेखी संचालनबिहीन अवस्थामा छ । बस पार्क व्यवस्थापनका लागि दुई पटक टेन्डर आह्वान गरिएपनि विभिन्न विवादका कारण हालसम्म संचालनमा आउन सकेको छैन् । जसकारण अव्यवस्थित पार्किङले सहरको सुन्दरतामा ग्रहण लागेको देखिन्छ ।
ऐतिहासिक हटिया बजारलाई भत्काएर अदुरदर्शी रुपमा सटरहरु निर्माण
राजविराज ७ मा अवस्थित ऐतिहासिक हटिया बजारलाई भत्काएर अदुरदर्शी रुपमा सटरहरु निर्माण गरिएको छ । जसले नगरको सौन्दर्यता बिलिन भएको छ । यो हटिया बजार सम्भवत नेपालकै पहिलो प्लानिङ गरि निर्माण गरिएको थियो । सात वर्षदेखी निर्माणाधीन ती सटरहरुको कार्य हालसम्म सम्पन्न हुन नसक्दा हटिया बजार अब्यवस्थित भएको छ ।
अचम्मको कुरा के छ भने करोडौंको लागतमा निर्माण भइरहेको हटियाका सटरहरुमा एउटा पनि शौचालयको व्यवस्था छैन् । नगरपालिकाको श्रोतका अनुसार सटरहरुको निर्माणका क्रममा डिजाइन गरिएको नक्सामा शौचालय निर्माणको व्यवस्था छैन् ।
शौचालयको अभाव
समस्यै समस्याबाट ग्रस्त राजविराज नगरपालिकाको अर्को मुख्य समस्या सार्वजनिक शौचालय नहुनु हो । योजना बिहीन तरिकाबाट उचित स्थानमा सार्वजनिक शैचालयको व्यवस्था नहुँदा बटुवाहरुलाई समस्या हुने गरेको छ । विद्यालयको झ्याल थुनेर राजविराज ७ मा नगरपालिकाको गेट अगाडी नै बनाइएको छ । यस्तै नगरको मुख्य चौकहरुमा एउटा पनि शौचालय निर्माणका लागि नगरपालिकाले अग्रसरता नदेखाउनु दुःखको विषय हो ।
ऐतिहासिक ‘लेखनाथ आदर्श पुस्तकालय’ को अस्तित्व संकटमा
यस्तै सप्तरीको एक मात्र ऐतिहासिक ‘लेखनाथ आदर्श पुस्तकालय’ को अस्तित्व बचाउनका लागि राजविराज नगरपालिकाको प्रयास पनि ओझेलमै रहेको छ । उक्त पुस्तकालयको हल निर्माणका लागि चालु आ.ब. २०८२÷८३ मा ३० लाख बजेट बिनियोजन गरेपनि काम भने अधुरै रहेको छ । राजविराज नगरपालिकाको स्वामित्वमा रहँदै आएको सो पुस्तकालय हाल राजविराज वडा नं. ७ स्थित तत्कालिन वन कार्यालय (हाल डिभिजन वन कार्यालय) को ठ्याक्क अगाडी पट्टी दुई तल्ले पक्की भवनको भुई तल्लामा अवस्थित थियो ।
हाल उक्त स्थानमा राजविराज नगरपालिकाले व्यापारिक प्रयोजनका लागि निर्माण गरेको एक तल्ले भवनमाथी पुस्तकालय संचालनका लागि हल निर्माण गर्ने भएको छ ।बि.स. २०४५ सालको भुकम्प पश्चात् पनि भवनको अवस्था ठीकठाकै थियो । तर, पछिल्लो पटक बि.स. २०७२ सालमा आएको विनाशकारी भुकम्पमा भवनको अवस्था विग्रियो । फलस्वरुप पुस्तकालयको सिलिङ (छत) आफै भत्किएर झर्दै, पर्खालहरुमा चिरा पर्न थालेको थियो ।
आ.ब. २०७७÷७८ मा तत्कालिन राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको पालामा पुस्तकालय भवन भत्काएर नयाँ भवन निर्माणका लागि टेण्डर आह्वान गरिएको थियो । झण्डै तीन वर्षपछि नयाँ भवन निर्माण भयो । हाल ती नयाँ भवनमा राजविराज नगरपालिकाले खुल्ला टेण्डर प्रक्रियाबाट धरौटी रकमसहित मासिक रुपमा भाडा लगाएको छ ।
वि.स. १९९९ सालमा सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरमा आदर्श पुस्तकालय (लेखनाथ) स्थापना भएको हो । राजविराजमा कर्मचारीको लागि छुट्याइएको ८ विगहा जग्गामा स्वर्ण (तत्कालिन लंका) टोलमा स्थापना भएको थियो । पछि वि.सं. २०२१÷२२ सालमा तत्कालिन सूर्यप्रसाद श्रेष्ठ सहायक अंचलाधिश भएको बेलामा उनकै प्रयासमा आर्दश पुस्तकालयलाई लेखनाथ आदर्श पुस्तकालय नामाङकन गरि भवन निर्माण गराई उद्घाटन गरिएको थियो । उक्त पुस्तकालयलाई संचालन गर्न स्थानिय बद्री प्रसाद लुईटेललाई जिम्मा लगाइएको थियो । जसको लाइब्रेरियनमा हाल अवकाश प्राप्त मावि शिक्षक शिवराज भट्टले २०३५ सालदेखी निःशुल्क सेवा दिँदै आएका थिए । तर, पछि उक्त पुस्तकालय नेपाल स्काउटको जिम्मा लगाइएको थियो । र २०४९ सालसम्म पुस्तकालय स्काउटकै निगरानीमा संचालनमा रहेको थियो ।
यस्तै बि.सं. २०४७ सालको राजनीतिक परिवर्तनसँगै पुस्तकालय तत्कालिन राजविराज नगरपालिकाका मेयर जगरनाथ दासको पालासम्म राम्ररी नै संचालन भएको थियो । जुन पुस्तकालयमा विपी कोइराला, पुष्पलाल श्रेष्ठको टिप्पणीसहितको निरिक्षण पुस्तिका रहेको थियो । तर अहिले सो पुस्तकहरु कहाँ छन् सायदै उपलब्ध हुने कुरामा शंका छ ।
पूर्व मेयर गोबिन्द सिंह भन्छन् “आफ्ना पालामा नगर विकासका निम्ति सडकहरु फराकिलो गर्ने कामको थालनी गर्दा त्यस बखत निकै आलोचना खेप्नु परेको थियो, सडकलाई अतिक्रमण गरि नीजि स्वार्थका लागि स्थानीय व्यक्तिहरुले प्रयोग गरेकाले साँगुरो हुँदै गएको छ ।”
नगरपालिकाका पूर्व मेयर जगरनाथ दास भन्छन् “राजविराज नगरपालिका आजभन्दा २८ वर्ष अगाडी जस्तो थियो, अहिले पनि जस्ताको त्यस्तौ रहेको छ, आफू मेयर हुँदा सम्पन्न गरेको काम ब्यवस्थित हुनु पर्नेमा अहिले कतिपय भौतिक संरचनाहरु झन अव्यस्थित भई जिर्ण भइसकेको छ” ।
बि.स. १९९० मा कोशीको बाढीले हनुमाननगरमा वडा हाकिमको कार्यालय र अन्य कार्यालयहरुलाई बगाउँदा बि.स. १९९९ मा विकल्पको रुपमा राजविराज बजारको स्थापना भएको हो । बि.स. २०१५ सालको प्रजातन्त्रिक आम निर्वाचन पश्चात् २०१६ सालमा पहिलो पटक राजविराज बजारको नाम परिवर्तन गरि राजविराज नगरपालिका राखियो । यस नगरपालिकको पहिलो चेयर म्यान यमुनानन्द मिश्र थिए ।
बि.स. २०१५ सालमा राजविराज ४ स्थित पूर्वमेयर गोबिन्द सिंहको घरदेखी बैष्णवकाली मन्दिरसम्मको जग्गा बैलगाडा स्टेण्ड (कार्ट स्टेण्ड) को रुपमा प्रयोग भइरहदा सरकारी उदासिनताका कारण नीजि स्वार्थका लागि घरहरु निर्माण गरिएको वरिष्ठ पत्रकार अनिल कुमार अनल बताउछन् । उनी भन्छन्, “करिब ८ बिगहा क्षेत्रफल रहेको उक्त जग्गालाई प्रयोग गरेर त्यहा बस स्टेण्ड निर्माण भएको भए सहरको सौन्दर्यता अझ बढ्ने थियो ।”

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रजातन्त्र दिवस मनाउन बोलाईएको छलफल बैठकमा ९ जनाको मात्र उपस्थिति
प्रजातन्त्र दिवस मनाउन बोलाईएको छलफल बैठकमा ९ जनाको मात्र उपस्थिति
विभिन्न घटना तथा न्युनिकरण बारे सचेतना फैलाउँदै प्रहरी
विभिन्न घटना तथा न्युनिकरण बारे सचेतना फैलाउँदै प्रहरी
मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
विकासीय काममा सबै दलको समन्वय आवश्यक छ ः डा. राउत
विकासीय काममा सबै दलको समन्वय आवश्यक छ ः डा. राउत
सवारी दुर्घटनामा एक  बालकसहित ५ जना घाइते
सवारी दुर्घटनामा एक  बालकसहित ५ जना घाइते
जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि  व्यवहारमा भने अझै हट्न सकेन् ः मन्त्री लेखी
जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि  व्यवहारमा भने अझै हट्न सकेन् ः मन्त्री लेखी
भारदह अस्पताल “शहीद राजीव रामकृष्ण  प्रादेशिक अस्पताल” मा परिणत हुने
भारदह अस्पताल “शहीद राजीव रामकृष्ण  प्रादेशिक अस्पताल” मा परिणत हुने
चैत १६ देखी विष्णु महायज्ञ हुने
चैत १६ देखी विष्णु महायज्ञ हुने
रामनगरका ५ सय परिवारले  बल्ल बत्ति बाल्न पाए
रामनगरका ५ सय परिवारले  बल्ल बत्ति बाल्न पाए
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता

छुटाउनुभयो कि ?

उच्च अदालतले ग¥यो ४ हजार ३ मुद्दा फछर्यौट 

उच्च अदालतले ग¥यो ४ हजार ३ मुद्दा फछर्यौट 

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 

प्रतिष्ठानको काम अन्तिम चरणमा, ऐन चाँडै आउने ः डा. चौधरी

प्रतिष्ठानको काम अन्तिम चरणमा, ऐन चाँडै आउने ः डा. चौधरी

सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय 

सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय 

अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप

अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप

सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 

सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 

स्वंयसेवकको रुपमा कार्यालयमै बिरामी हेर्छन डा. चौधरी

स्वंयसेवकको रुपमा कार्यालयमै बिरामी हेर्छन डा. चौधरी

रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव

रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव