दैनिक संवाददाता
राजरिाज, २१ जेठ ।
पूर्व राजा ज्ञानेन्द्र शाह सप्तरी आउनुहुनेभएको छ । धार्मिक गतिबिधीमा संलग्न हुन उहाँ सप्तरी आउनुहुने बताइएको छ ।
पूर्व राजाको सप्तरी भ्रमणबारे मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँका पूर्व सम्वाद सचिव डा. फँडिराज पाठकले जेठ २७ गते उहाँ सप्तरी आउनुहुने जानकारी दिनुभयो ।
वाराको सिमरा बिमानस्थलमा जहाजबाट ओर्लेर स्थल मार्ग मार्फत पूर्व राजा ज्ञानेन्द्र आएर सिधै प्रसिद्ध शक्तिपीठ भारदहस्थित कंकालिनी मन्दिर पुग्नुहुनेछ । उक्त मन्दिरमा पूजापाठ गरेपछि हनुमाननगरस्थित हनुमान मन्दिरमा समेत पूजापाठ गर्नुहुने पाठकले बताउनुभयो ।
यी दुई मन्दिरमा पूजापाठ सकिएपछि सदरमुकाम राजविराज आएर भेटघाट कार्यक्रममा सहभागी हुनुहुने पाठकले बताउनुभयो । पूर्व राजाले आफू निकटका व्यक्तिहरुसँग भेटघाट गर्नुहुनेछ ।
पूर्व राजाका भ्रमण संयोजक किशोरी महतोका अनुसार पूर्व राजाको कार्यक्रमहरु कुनै राजनीतिक हुने छैन् ।
पूर्व राजा ज्ञानेन्द्र शाह सप्तरी आउने पक्का
सारांश
- पूर्व राजाको सप्तरी भ्रमणबारे मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँका पूर्व सम्वाद सचिव डा.
- फँडिराज पाठकले जेठ २७ गते उहाँ सप्तरी आउनुहुने जानकारी दिनुभयो ।
- वाराको सिमरा बिमानस्थलमा जहाजबाट ओर्लेर स्थल मार्ग मार्फत पूर्व राजा ज्ञानेन्द्र आएर सिधै प्रसिद्ध शक्तिपीठ भारदहस्थित कंकालिनी मन्दिर पुग्नुहुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी
घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
हजारौंको सहभागितामा राजविराजमा रथयात्रा
राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा तीन जनाको उम्मेदवारी
प्रतिक्रिया
० प्रतिक्रिया