अग्निपीडितलाई आवास मिलाइदिन माग

राजविराज राजविराज
|
बिहिबार, जेठ २३, २०७०
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • जिल्ला प्रशासन कार्यालय मार्फत सो पार्टीका जिल्ला अध्यक्ष मदनमोहन चौधरीले पठाएको ज्ञापनमा सप्तरीमा राष्ट्रिय मापदण्ड अनुसारको विद्युत आपूर्ती गर्नुपर्ने, असारे विकास नीति अबिलम्ब बन्द गर्नुपर्ने, राजविराज बिमानस्थलबाट विमान सेवा संचालन गरिनुपर्नेसहितका मागहरु गरिएको छ ।
  • ज्ञापनमा असंवैधानिक ११ बुँदे सहमति र २५ बुँदे सिफारिसलाई अबिलम्ब सच्चयाउनुपर्ने, मन्त्री परिषद् अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजिनामा दिनुपर्ने, संबिधानसभाको मिति अबिलम्ब घोषणा गर्नुपर्नेसहितका मागहरु पनि गरिएको छ ।
  • मागहरु पूरा नभएमा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

दैनिक संवाददाता
राजविराज, २२ जेठ ।
घरबारबिहिन अवस्थामा रहेको अग्निपीडितलाई आवासको व्यवस्था मिलाइदिनुपर्नेसहितका माग राख्दै नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) सप्तरीले मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत सो पार्टीका जिल्ला अध्यक्ष मदनमोहन चौधरीले पठाएको ज्ञापनमा सप्तरीमा राष्ट्रिय मापदण्ड अनुसारको विद्युत आपूर्ती गर्नुपर्ने, असारे विकास नीति अबिलम्ब बन्द गर्नुपर्ने, राजविराज बिमानस्थलबाट विमान सेवा संचालन गरिनुपर्नेसहितका मागहरु गरिएको छ ।
ज्ञापनमा असंवैधानिक ११ बुँदे सहमति र २५ बुँदे सिफारिसलाई अबिलम्ब सच्चयाउनुपर्ने, मन्त्री परिषद् अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजिनामा दिनुपर्ने, संबिधानसभाको मिति अबिलम्ब घोषणा गर्नुपर्नेसहितका मागहरु पनि गरिएको छ ।
मागहरु पूरा नभएमा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?