दैनिक संवाददाता
राजविराज, २२ जेठ ।
घरबारबिहिन अवस्थामा रहेको अग्निपीडितलाई आवासको व्यवस्था मिलाइदिनुपर्नेसहितका माग राख्दै नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) सप्तरीले मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत सो पार्टीका जिल्ला अध्यक्ष मदनमोहन चौधरीले पठाएको ज्ञापनमा सप्तरीमा राष्ट्रिय मापदण्ड अनुसारको विद्युत आपूर्ती गर्नुपर्ने, असारे विकास नीति अबिलम्ब बन्द गर्नुपर्ने, राजविराज बिमानस्थलबाट विमान सेवा संचालन गरिनुपर्नेसहितका मागहरु गरिएको छ ।
ज्ञापनमा असंवैधानिक ११ बुँदे सहमति र २५ बुँदे सिफारिसलाई अबिलम्ब सच्चयाउनुपर्ने, मन्त्री परिषद् अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजिनामा दिनुपर्ने, संबिधानसभाको मिति अबिलम्ब घोषणा गर्नुपर्नेसहितका मागहरु पनि गरिएको छ ।
मागहरु पूरा नभएमा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।
अग्निपीडितलाई आवास मिलाइदिन माग
सारांश
- जिल्ला प्रशासन कार्यालय मार्फत सो पार्टीका जिल्ला अध्यक्ष मदनमोहन चौधरीले पठाएको ज्ञापनमा सप्तरीमा राष्ट्रिय मापदण्ड अनुसारको विद्युत आपूर्ती गर्नुपर्ने, असारे विकास नीति अबिलम्ब बन्द गर्नुपर्ने, राजविराज बिमानस्थलबाट विमान सेवा संचालन गरिनुपर्नेसहितका मागहरु गरिएको छ ।
- ज्ञापनमा असंवैधानिक ११ बुँदे सहमति र २५ बुँदे सिफारिसलाई अबिलम्ब सच्चयाउनुपर्ने, मन्त्री परिषद् अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजिनामा दिनुपर्ने, संबिधानसभाको मिति अबिलम्ब घोषणा गर्नुपर्नेसहितका मागहरु पनि गरिएको छ ।
- मागहरु पूरा नभएमा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सदा बस्तीका तीन परिवारले आफन्त जिवित्तै फर्केर आउने आश अझै मारेका छैनन्
४८ किलो लागुऔषध गाजा बरामद
समग्र विकासका आधारसहित १६ बुदे माग तथा सुझाव राख्दै गाउँपालिकालाई बुझाइए ज्ञापनपत्र
सप्तरीबाट हराइरहेका एक बालक र दुई बालिकाको नयाँ दिल्लीबाट उद्धार
संघीयतामैत्री मिडिया कानुन निर्माणका लागि प्रदेशका सञ्चार नेतृत्वद्वारा संचारमन्त्रीलाई सुझावपत्र
रहेनन् हरि बाबु
लेखापढी व्यवसायी परीक्षामा आर्थिक अनियमितता भएको बारका पूर्वअध्यक्षहरुको आरोप
प्रतिक्रिया
० प्रतिक्रिया