निजि विद्यालयद्वारा परम्परालाई निरन्तरता

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८३
|
|
११ पटक हेरिएको
Shares
निजि विद्यालयद्वारा परम्परालाई निरन्तरता

सारांश

  • बि.
  • स.
  • २०४८ सालमा राजविराजमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले स्थापना गरिएको लिटिल फ्लावर सेकेन्डरी स्कुलले स्थापना काल देखी नै यस्तो परम्पराको सुरुआत गरेका हुन ।
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक । 
राजविराजस्थित एक निजी विद्यालयले प्रत्येक वर्ष दशै तिहारको अवसर पारेर अन्तरसदनात्मक हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने वसालेको परम्परालाई यस पल्ट पनि निरन्तरता दिएको छ ।
बि.स. २०४८ सालमा राजविराजमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले स्थापना गरिएको लिटिल फ्लावर सेकेन्डरी स्कुलले स्थापना काल देखी नै यस्तो परम्पराको सुरुआत गरेका हुन ।
यसै क्रममा शुक्रवार विद्यालय प्रागंणमा ३६ औं अन्तरसदनात्मक हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । कार्यक्रम अन्तर्गत पहिलो चरणमा ६ कक्षा सम्मका विद्यार्थी तथा दोश्रो चरणमा ७ देखी १० कक्षा सम्मका विद्यार्थीलाई सभागी गराइएको थियो ।
विद्यालयका संस्थापक प्रिन्सीपल डा.कमानन्द देवले विद्यार्थीहरुमा बौद्धिक विशिष्टतालाई अझ प्रखर र बलियो बनाउने उदेश्यका साथ स्थापना काल देखी नै सूरु गरिएको उक्त कार्यक्रमलाई हाल सम्म निरन्तरता दिइएको तथा भविष्यमा समेत जारी राख्ने उल्लेख गरे ।
प्रिन्सीपल डा.देव, सहप्रिन्सीपल पुण्यलाल साह, डा.दिवश प्रकाश देव, कार्यक्रम संयोजक रोशन यादव निर्णायक रहेको प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथी सामुदायीक विद्यालयका सेवानिवृत प्रधानाध्यापक मुनिन्द्र कर्ण, नेपाल प्रत्रकार महासंघका केन्द्रिय परिषद सदस्य मनोज कुमार माझी, विद्यालयका संस्थापिका साण्डवी देव लगायतले विजेताहरुलाई ट्रफि र प्रमाण पत्र प्रदान  गरे । कार्यक्रम संचालन सोनी मिश्राले गरेकी थिइन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?