दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
नयाँ वर्षको सुरुवात सँगै सप्तरीमा सोमबार एकै दिन दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित पूर्व कोसीको पश्चिमी तटबन्धमा एक यूवकको शव भेटिएको छ ।
उक्त शव स्थानिय जानौं साह स्वर्णकारका १५ वर्षिय छोरा सुरज साहको रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले शवको प्रकृती हेर्दा हत्या गरेर फालेको हुनसक्ने जनाएको छ । घटना सम्बन्धमा प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरिसकेको छ ।
यता प्रहरीले अनुसन्धानकालागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर समेत मगाएको जनाएको छ ।
यता स्थानियहरुले साहको हत्या गरिएको भन्दै घटनाको सुक्ष्म अनुसन्धान गर्नु पर्ने माँग गरेका छन् ।
यता सप्तरीको खडक नगरपालिकामा सोमवार लकडाउन पालना गराउने क्रममा खटिएका प्रहरी टोलीबाट त्रसित भई बेहोस भएर एक बृद्धाको मृत्यु भएको छ ।
प्रहरी टोलीले घरबाट बाहिर सडकमा लकडाउन उल्लंघन गरी बसी रहेको व्यक्तिहरुलाई सम्झाउने क्रममा सामान्य वादविबाद हुँदा स्थानिय कमरुदिन मियाँकी श्रीमती ६५ वर्षिया जैनव खातुन (कुजर्नी) को मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हाई ब्लडप्रेशरको कारण खातुन ढलेकी थिइन् । उनलाई तत्कालै स्थानिय एडभान्स अस्पताल कल्याणपुरमा उपचार गरी थप उपचारका लागी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको थियो । सोही अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग, प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
सारांश
- जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित पूर्व कोसीको पश्चिमी तटबन्धमा एक यूवकको शव भेटिएको छ ।
- उक्त शव स्थानिय जानौं साह स्वर्णकारका १५ वर्षिय छोरा सुरज साहको रहेको प्रहरीले जनाएको छ ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीले शवको प्रकृती हेर्दा हत्या गरेर फालेको हुनसक्ने जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया