जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, कार्तिक ११, २०८३
|
|
४ पटक हेरिएको
Shares
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

सारांश

  • उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरमको संस्थापक सप्तरी अध्यक्ष समेत रहेका अलिले पार्टीभित्र व्यक्तिवादी सोच हाबी भएको, लोकतान्त्रिक चरित्र कमजोर बनेको र नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिन नसकिएको आरोप लगाउँदै राजीनामा दिएका हुन् ।
  • पार्टी प्रदेश समितिका अध्यक्षलाई सम्बोधन गरी बुझाएको राजीनामा पत्रमा उनले मधेश जनविद्रोहको भावना, सहिदहरूको बलिदान तथा मधेशी जनताको लामो संघर्षबाट स्थापित संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय, पहिचान र सम्मानका मुद्दा ओझेलमा परेको उल्लेख गरेका छन् ।
  • उनले आफ्नो राजनीतिक यात्रा कुनै व्यक्ति, पद वा निजी स्वार्थका लागि नभई मधेशका उत्पीडित, उपेक्षित र अपहेलित समुदायको अधिकार, पहिचान तथा सम्मान सुनिश्चित गर्न सुरु गरेको बताएका छन् ।
दैनिक समाचारदाता
राजविराज, १० कात्तिक । 
जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सचिव मो. युसुफ अलिले प्रदेश समितिको सचिव पदसहित पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिएका छन् ।
उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरमको संस्थापक सप्तरी अध्यक्ष समेत रहेका अलिले पार्टीभित्र व्यक्तिवादी सोच हाबी भएको, लोकतान्त्रिक चरित्र कमजोर बनेको र नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिन नसकिएको आरोप लगाउँदै राजीनामा दिएका हुन् ।
पार्टी प्रदेश समितिका अध्यक्षलाई सम्बोधन गरी बुझाएको राजीनामा पत्रमा उनले मधेश जनविद्रोहको भावना, सहिदहरूको बलिदान तथा मधेशी जनताको लामो संघर्षबाट स्थापित संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय, पहिचान र सम्मानका मुद्दा ओझेलमा परेको उल्लेख गरेका छन् ।
उनले आफ्नो राजनीतिक यात्रा कुनै व्यक्ति, पद वा निजी स्वार्थका लागि नभई मधेशका उत्पीडित, उपेक्षित र अपहेलित समुदायको अधिकार, पहिचान तथा सम्मान सुनिश्चित गर्न सुरु गरेको बताएका छन् ।
अलिले पार्टीभित्र सीमित नेतृत्वको राजनीतिक स्वार्थ, व्यक्तिवादी सोच र पुँजीपति वर्गको प्रभावका कारण लोकतान्त्रिक अभ्यास कमजोर बनेको आरोप लगाउँदै सयौँ सहिद तथा लाखौँ जनताको त्याग, बलिदान र संघर्षबाट स्थापित मुद्दालाई प्राथमिकता दिनुको सट्टा नेताको राजनीतिक अस्तित्व जोगाउने काममा पार्टी केन्द्रित भएको उनले कटाक्ष गरेका छन् ।
राजीनामा पत्रमा अलिले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको राजनीतिमा खेलेको ऐतिहासिक भूमिकाको मूल्यांकन इतिहासले गर्ने उल्लेख गर्दै विगतको योगदानका आधारमा वर्तमानका सबै निर्णयलाई प्रश्नभन्दा माथि राख्न नसकिने बताएका छन् ।
“कुनै पनि आन्दोलनको सफलता एउटै नेताको स्वामित्वमा सीमित हुँदैन । आन्दोलनले कति सक्षम नेतृत्व जन्मायो, कति बलियो संस्था निर्माण ग¥यो र आफ्ना विचारलाई कति दिगो बनाउन सक्यो भन्ने आधारमा त्यसको मूल्यांकन हुनुपर्छ ।” उनले भनेका छन् ।
मधेशको राजनीति कुनै एक व्यक्तिको राजनीतिक जीवनको निरन्तरताभन्दा ठूलो रहेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने, असहमतिलाई सम्मान गर्नुपर्ने र पार्टीभित्रको शक्ति जनताको विश्वास तथा लोकतान्त्रिक प्रतिस्पर्धाबाट निर्धारित हुनुपर्नेमा जोड दिएका छन् ।
पार्टीले पुस्तान्तरण र वैचारिक रूपान्तरणको बाटो अवलम्बन गर्न नसकेको निष्कर्षसहित आफूले पदमा रहिरहनुभन्दा राजनीतिक विवेकअनुसार अलग बाटो रोजेको उनले बताएका छन् । मधेसको अधिकारलाई केन्द्रमा राखी राजनीति यात्राको नयाँ सुरुवात गर्ने समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
सशस्त्र प्रहरीद्वारा समाचार संकलनमा अवरोध
सशस्त्र प्रहरीद्वारा समाचार संकलनमा अवरोध
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
दादुरा रूवेला खोप अभियान फागुन १ देखी 
दादुरा रूवेला खोप अभियान फागुन १ देखी 
खुश्वुको हत्या आरोपमा एक पक्राउ
खुश्वुको हत्या आरोपमा एक पक्राउ
नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी 
नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी 
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
शम्भुनाथमा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण
शम्भुनाथमा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
२८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
२८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 

छुटाउनुभयो कि ?

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड

उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड

कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी,  यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान

कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान

सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि

सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि

छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि  पाएनन् तलब, जेष्ठ नागरिक समेत  सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित

छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि  पाएनन् तलब, जेष्ठ नागरिक समेत  सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित