दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
सप्तरी तिलाठी कोईलाडी गाउँपालिकाका ८ जना बिपन्न परिवारका बिद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा साईकल प्रदान गरिएको छ ।
सेभ द सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा आइतबार आयोजित एक कार्यक्रम बिच कोभिड १९ बाट प्रभाबित बिद्यार्थीहरूलाई नियमित बिदालय पठाउनका लागि उक्त सामग्री बितरण गरिएको हो ।
गरिवीका कारण बिद्यालय जान कठिनाई भएका तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ का ८ जना बिद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा बिद्यालय जान साईकल सहयोग गरेको सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले जानकारी दिएका छन् ।
सो अवसरमा तिलाठी कोईलाडी गाउपालिका ५ का अध्यक्ष रामप्रसाद साहले आर्थिक अबस्था कमजोर भएको कारण तथा बिद्यालयबाट टाढा रहेकोले साईकल नभएको कारण बिद्यालय जान कठिनाई भएको अबस्थामा सेभ द सप्तरीले गरेको सहयोगको प्रशंसा गरे ।
सहयोग गरिएको सामग्रीमा साईकल एक थान, कोपी २५ वटा, वल पेन १२, कोपी स्केल, स्टेपलर, क्यालकुलेटर, औजार बकस, अंग्रेजी ग्रामर, नेपाली ब्याकरण, समान्य ज्ञान, सहितको १० हजार ४ सय ९५ बरावरको शैक्षिक सामग्री प्रदान गरिएको सेभ द सप्तरीका संतोष यादबले जानकारी दिए ।
उक्त अवसरमा सेभ द सप्तरीका सचिव नरेन्द्र यादब, सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल मण्डल, कार्यक्रम संयोजक गोपाल चौधरी लगायतले समाजमा किशोरीप्रति गरिने भेदभावलाई अन्त गर्नका लागि किशोरीहरूलाई शिक्षामा प्रोत्साहन मिल्ने बिश्वास ब्यक्त गरे ।
आर्थिक अबस्था कमजोर छात्रालाई साईकल तथा शैक्षिक सामग्री बितरण
सारांश
- सेभ द सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा आइतबार आयोजित एक कार्यक्रम बिच कोभिड १९ बाट प्रभाबित बिद्यार्थीहरूलाई नियमित बिदालय पठाउनका लागि उक्त सामग्री बितरण गरिएको हो ।
- गरिवीका कारण बिद्यालय जान कठिनाई भएका तिलाठी कोईलाडी गाउँपालिका वडा नं.
- ५ का ८ जना बिद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा बिद्यालय जान साईकल सहयोग गरेको सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया