पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, कार्तिक ९, २०८३
|
|
५ पटक हेरिएको
Shares
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

सारांश

  • जिल्लाको बलान बिहुल गाउँपालिका ५ रामनगर कोदरकट्टीस्थित प्रहरी चौकीका इन्चार्ज असई प्रदीपकुमार बिष्टमाथि आक्रमण भएको हो ।
  • घटना विवरण अनुसार शनिबार साँझ भारतबाट दिपावलीका लागि विस्फोटक पदार्थ (पटका) ल्याउँदै गरेको अवस्थामा बोदेबरसाईन नगरपालिका ३ का रामदुलार यादवलाई प्रहरीले पटाकासहित नियन्त्रणमा लिएको थियो ।
  • पक्राउ परेका यादवलाई छुटाउन पुगेको समूहले प्रहरीमाथि आक्रमण गरेको सप्तरी प्रहरीले जनाएको छ ।
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 
सप्तरीस्थित नेपाल–भारत सीमा क्षेत्रमा पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी नै आक्रमण गरेका छन् ।
जिल्लाको बलान बिहुल गाउँपालिका ५ रामनगर कोदरकट्टीस्थित प्रहरी चौकीका इन्चार्ज असई प्रदीपकुमार बिष्टमाथि आक्रमण भएको हो ।
घटना विवरण अनुसार शनिबार साँझ भारतबाट दिपावलीका लागि विस्फोटक पदार्थ (पटका) ल्याउँदै गरेको अवस्थामा बोदेबरसाईन नगरपालिका ३ का रामदुलार यादवलाई प्रहरीले पटाकासहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका यादवलाई छुटाउन पुगेको समूहले प्रहरीमाथि आक्रमण गरेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रहरीले यादवको साथबाट करिब एक लाख १७ हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय कडबोनामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्काले जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोप लागेका देवकुमार यादवसहित अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए । यसअघि गत असारमा पनि सोही प्रहरी चौकीमा कार्यरत तत्कालीन इन्चार्ज असई रामकुमार यादवमाथि तस्कर समूहले कुटपिट गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजरंगशालाको रुप फेर्ने तयारी
राजरंगशालाको रुप फेर्ने तयारी
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
रहेनन् पूर्व उपमेयर मुसा अन्सारी,  शोक मनाउन कार्यालय बन्द
पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको  समाधानका लागी आमसञ्चार  प्राधिकरणद्वारा सुझाव संकलन
पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको  समाधानका लागी आमसञ्चार  प्राधिकरणद्वारा सुझाव संकलन
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
डाक्नेश्वरीको दुई वडा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी दर्ता
डाक्नेश्वरीको दुई वडा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी दर्ता
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने
सप्तरीवासीलाई गणतन्त्र देशको पहिलो राष्ट्रपति हुनबाट मधेशवादी दलले नै बञ्चित गराए ः प्रचण्ड
सप्तरीवासीलाई गणतन्त्र देशको पहिलो राष्ट्रपति हुनबाट मधेशवादी दलले नै बञ्चित गराए ः प्रचण्ड