कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित

राजविराज राजविराज
|
बिहिबार, जेठ २९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित

सारांश

  •     नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति राजविराजका अध्यक्ष कल्पना देवद्वारा बिहीबार जारि विज्ञप्तिमा उक्त घटनाका दोषिहरुमाथी कारवाही, क्षतिपुर्ति तथा कर्मचारीको सुरक्षाको प्रत्याभूति नगराएसम्म नगरपालिका कार्यालय तथा मातहातका कार्यालयबाट अति आवश्यक सेवा वाहेकका सम्पूर्ण सेवा वन्द रहने जनाइएको छ ।
  •       जारि विज्ञप्तिमा जेठ २७ गते मंगलबारका दिन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको हाजरी गराउने सम्बन्धमा विवाद भइरहेको बेला राजविराज नगरपालिकाका निलम्वित मेयर भिमराज यादव, राजविराज नगरपालिकाका योजना शाखा प्रमुख मनोज कुमार यादव, आन्दोलनकारी सुधिर यादव लगायतका व्यक्तिहरुको समूहले राजविराज नगरपालिकाका कर्मचारीहरु शान्तिपूर्वक रुपमा वारुणयन्त्रको छेउमा उभिरहेको वेला पूर्वग्राही तथा सुनियोजित रुपमा गालीगलौज तथा कुटपिट गरिएको उल्लेख छ ।
  •       सांघतिक आक्रमणमा ईकाइ समितिका अध्यक्ष तथा अधिकृत कल्पना देव,  लेखा अधिकृत शत्रुधनलाल दास र शहरी स्वास्थ्य क्लिनिकको अ.

दैनिक समाचारदाता
राजविराज, २९ जेठ । 

    राजविराज नगरपालिकाका कर्मचारीहरुलाई कुटपिट, गाली गलौज गर्नेहरुमाथी कारवाही तथा कार्यालयमा कामकाज गर्न सुरक्षाको प्रत्याभूति दिलाउन लगायतको माग गर्दै नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति राजविराज आन्दोलनमा उत्रेका छन् ।  
    नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति राजविराजका अध्यक्ष कल्पना देवद्वारा बिहीबार जारि विज्ञप्तिमा उक्त घटनाका दोषिहरुमाथी कारवाही, क्षतिपुर्ति तथा कर्मचारीको सुरक्षाको प्रत्याभूति नगराएसम्म नगरपालिका कार्यालय तथा मातहातका कार्यालयबाट अति आवश्यक सेवा वाहेकका सम्पूर्ण सेवा वन्द रहने जनाइएको छ । 
    जारि विज्ञप्तिमा जेठ २७ गते मंगलबारका दिन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको हाजरी गराउने सम्बन्धमा विवाद भइरहेको बेला राजविराज नगरपालिकाका निलम्वित मेयर भिमराज यादव, राजविराज नगरपालिकाका योजना शाखा प्रमुख मनोज कुमार यादव, आन्दोलनकारी सुधिर यादव लगायतका व्यक्तिहरुको समूहले राजविराज नगरपालिकाका कर्मचारीहरु शान्तिपूर्वक रुपमा वारुणयन्त्रको छेउमा उभिरहेको वेला पूर्वग्राही तथा सुनियोजित रुपमा गालीगलौज तथा कुटपिट गरिएको उल्लेख छ । 
    सांघतिक आक्रमणमा ईकाइ समितिका अध्यक्ष तथा अधिकृत कल्पना देव,  लेखा अधिकृत शत्रुधनलाल दास र शहरी स्वास्थ्य क्लिनिकको अ.हे.ब. संतोष कुमार दासलाई संघातिक रुपमा गालि गलौजसहित सडकमा घिसारी ज्यान मार्ने धम्की सहित मर्नासन्न हुने गरी कुटपिट गरिएको विज्ञप्तिमा उल्लेख छ । 
    त्यस्तै विज्ञप्तिमा घटनाका क्रममा लेखा अधिकृतले लगाएको सुनको सिक्री समेत लुटपाट गरिएको तथा कार्यालयमा कार्यरत सब इन्जिनियर रबिन्द्र कुमार यादव बस्ने डेरामा गई जेठ २२ गते साँझ ५ बजे तिर नियम विपरित कार्य गर्न दवाव दिदै गालि गलौज तथा वेईज्जत गरिएको प्रती यस ईकाइ समितिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
    विज्ञप्तिमा भनिएको छ, “संविधानको भावना र मर्मलाई आत्मसात गर्दै सेवामा दिनरात सेवा प्रदान गर्ने कर्मचारीहरुको सेवामा बढ्दै गएको असुरक्षाले कर्मचारीको सेवा प्रवाह कमजोर र कठिन हुँदै गएको छ । उक्त घटनाले हामी सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएको र निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्था नभएको महशुस गरेका छौं । सेवामा कर्तव्यनिष्ठ कर्मचारीको मनोवल गिराउने यस किसिमको कार्य प्रति हामी घोर भत्र्सना गर्दछौं ।” 
    घटनाको दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भय रहित वातावरणमा सेवा प्रवाह सुनिश्चितताका लागि नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति राजविराज नगरपालिकाले विज्ञप्तिमार्फत जोडदार माग समेत गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?