दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
अखिल नेपाल विद्युतिय रिक्सा, अटो, टेम्पो मजदुर संघले ८ बुँदे मागसहित सुरु गरेको आन्दोलन सहमतिपश्चात् टुङिगएको छ । बुधबार मजदुर संघ र राजविराज नगरपालिकाबीच मागहरु सम्बोधन गर्ने निर्णय भएपछि आन्दोलन टुङिगएको हो ।
मजदुरहरु धर्नामा बसेकोपछि राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले वार्ताका लागि बोलाएपछि सो वार्तामा मागहरु पुरा गरिने निर्णय जनाइएको छ ।
निर्णय अनुसार सखडा, पत्थरगाढा, नर्घोका लागि हुलाकी राजमार्गमा पर्ने गनु बाबुको जग्गाबाट सिटी टेम्पु संचालन गर्ने, कुनौली जानका लागि मिलन चौकबाट सिटि टेम्पु लगायत संचालन गर्ने, हनुमाननगर, भारदह जानका लागि स्वास्थ्य कार्यालय अगाडीबाट संचालन गर्ने, कंचनपुर जानका लागि सिन्हा ग्यारेज अगाडी पिपल बोटबाट, रुपनी, लहान जानका लागि प्रहरी तालिम केन्द्रको बाटो छेउबाट, स्थानिय सिटी, टेमपो संचालनका लागि भन्साली ट्रेडर्स राजविराज, तेतरी गाछी, राजदेवी बसपार्क अगाडीबाट संचालन गर्ने र बोड स्टेन्डको जिम्मा नगरपालिकाबाट दिने भएको जनाइएको छ ।
त्यस्तै फुटपात पसलहरुलाई बाटो नराखी नालासम्म व्यवस्थित गर्ने, छाडा चौपाया नियन्त्रणका लागि अविलम्ब काँजी हाउसको व्यवस्था गर्ने, नगर क्षेत्रको पेटीहरुमा राखिएको सरसामान तथा बोड हटाउने तथा बस पार्कबाट एक महिनाभित्र लामो तथा छोटो दुरीका सवारीसाधन संचालन गर्ने लगायतका निर्णय भएको छ ।
वार्तामा राजबिराज नगर पालिका वडा नं. ६ का वडा अध्यक्ष प्रेमकुमार यादव, मजदुरहरुको तर्फबाट अखिल नेपाल ट्रेड युनियन महासंघका मधेश प्रदेश सचिव केदार देव, जिल्ला अध्यक्ष रामचन्द्र यादव, वाइसिएलकाका नगर अध्यक्ष संजय कुमार दास, अखिल नेपाल बिद्युतिय रिक्सा अटो टेम्पो मजदुर संघका जिल्ला अध्यक्ष बिजेन्द्र प्रसाद देव, मजदुर प्रतिनिधिहरु उद्धव भुजेल, सुरेश यादव, रामभरोसी प्रसाद गुप्ता, अरबिन्द मिश्र र वडा प्रहरी कार्यालय राजबिराजका प्रहरी प्रमुख सुमन महन्थ गिरी र ट्राफिक प्रहरी कार्यालय राजबिराजका प्रमुख मोहन लाल चौधरी समेतको उपस्थिति रहेको थियो ।
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
सारांश
- मजदुरहरु धर्नामा बसेकोपछि राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले वार्ताका लागि बोलाएपछि सो वार्तामा मागहरु पुरा गरिने निर्णय जनाइएको छ ।
- निर्णय अनुसार सखडा, पत्थरगाढा, नर्घोका लागि हुलाकी राजमार्गमा पर्ने गनु बाबुको जग्गाबाट सिटी टेम्पु संचालन गर्ने, कुनौली जानका लागि मिलन चौकबाट सिटि टेम्पु लगायत संचालन गर्ने, हनुमाननगर, भारदह जानका लागि स्वास्थ्य कार्यालय अगाडीबाट संचालन गर्ने, कंचनपुर जानका लागि सिन्हा ग्यारेज अगाडी पिपल बोटबाट, रुपनी, लहान जानका लागि प्रहरी तालिम केन्द्रको बाटो छेउबाट, स्थानिय सिटी, टेमपो संचालनका लागि भन्साली ट्रेडर्स राजविराज, तेतरी गाछी, राजदेवी बसपार्क अगाडीबाट संचालन गर्ने र बोड स्टेन्डको जिम्मा नगरपालिकाबाट दिने भएको जनाइएको छ ।
- त्यस्तै फुटपात पसलहरुलाई बाटो नराखी नालासम्म व्यवस्थित गर्ने, छाडा चौपाया नियन्त्रणका लागि अविलम्ब काँजी हाउसको व्यवस्था गर्ने, नगर क्षेत्रको पेटीहरुमा राखिएको सरसामान तथा बोड हटाउने तथा बस पार्कबाट एक महिनाभित्र लामो तथा छोटो दुरीका सवारीसाधन संचालन गर्ने लगायतका निर्णय भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया