बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड

राजविराज राजविराज
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
२० पटक हेरिएको
Shares
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड

सारांश

  •     भारदह–राजविराज सडक खण्डको जोगिनीयामा बिराटनगरबाट राजविराजतर्फ आउँदै गरेको को.
  • ३०प.
  • ८१०९ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आउदै गरेको को.

दैनिक समाचारदाता
राजविराज, ७ भदौं । 

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ योगिनीयामा बिहीबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि शुक्रबार बिहानैदेखी हनुमानगर बजार क्षेत्र तनावग्रस्त बनेको छ । 
    भारदह–राजविराज सडक खण्डको जोगिनीयामा बिराटनगरबाट राजविराजतर्फ आउँदै गरेको को.३०प. ८१०९ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आउदै गरेको को.१ख. ४०४६ नम्बरको एसके डिलक्स नामक यात्रु बाहक वसले पछाडीबाट ठक्कर दिएको थियो । 
    ठक्करबाट मोटरसाईकल चालक हनुमाननगर कंकालिनी नगरपालिका ७ का १७ वर्षिय ध्रुव मण्डल टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भिर घाईते भएका थिए । घाइते मण्डललाई प्रहरीले तत्कालै उपचारका लागी  राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेको थियो । 
    प्रहरीले गाडी र चालक राजविराज नगरपालिका ८ निवासी रमेश कुमार राउतलाई नियन्त्रणमा लिएको छ । चालकमाथी सवारी ज्यान मुद्दा अन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बसले मोटरसाइकल चालक मण्डललाई ठक्कर दिएपछी तत्कालै अस्पताल पु¥याईएकोमा चिकित्सकले मृत घोषित गरेको बताए । 
    सो घटनापछी आक्रोशित आफन्तजन र स्थानीयवासीयले विहीवारै साँझ इलाका प्रहरी कार्यालय अगाडी टायर बालेर प्रर्दशन गरेका थिए । सोही प्रर्दशनलाई शुक्रवार पनि निरन्तरता दिदै स्थानीयले विहानैदेखी बजार क्षेत्रमा टायर बालेर प्रर्दशन, बीच सडक मै बेन्च र खाट राखेर चक्काजाम तथा बजार बन्द गराएका छन । 
    प्रर्दशनमा पुर्वसासद अशोक कुमार मण्डल, वडाअध्यक्ष, आफन्तका साथै सर्वसाधारण सहभागी थिए । स्थानीयले बसको ठक्करबाट मण्डलको घटनास्थल मै मृत्यु भएको दाबीका साथ प्रहरीले सर्जमिन मुचुल्का प्रक्रिया पुरा नगरी मण्डलको शव घटनास्थलबाट हतार हतारमा लगेको आरोप लगाएका छन । उनीहरुले घटनाको छानवीन, दोषीलाई कारवाही तथा मृतक परिवारलाई उचित क्षतीपुर्ती दिनु पर्ने लगायतका माग अघि सारेका छन । 
    प्रहरीले भने मण्डलको घटनास्थलमा मृत्यु नभएको र गम्भिर अवस्थामा रहेका उनलाई पहिला उपचारस्थलमा पु¥याई बचाउनु पर्ने भएकोले अस्पताल लगिएको दाबी गरेको छ । 
    यता तनाव बढ्दै गएपछी ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको तथा प्रर्दशनकारीलाई सम्झ्याई बुझाई वार्ताको माध्यमबाट समाधानको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यसैबीच बन्दको नाममा प्रर्दशनकारीले एक एम्बुलेन्सबाट गर्भवती महिलालाई ओराली तोडफोडका साथै चालकमामाथी आक्रमण गरी घाइते बनाएका छन् । 
    सोको बिरोधमा सदरमुकाम राजविराजमा एम्बुलेन्स चालकहरु पनि आन्दोलित भएका छन । राजविराज–हनुमाननगर सडक खण्डको जिल्ला स्वास्थ्य कार्यालय अगाडी बीच सडक मै एम्बुलेन्सहरु तेस्¥याएर चक्काजाम गर्दै एम्बुलेन्स चालकहरुले प्रर्दशन गरेका छन । 
    एम्बुलेन्स चालक संघ सप्तरीका अध्यक्ष सुदिलाल साहका अनुसार प्रर्दशनकारीले जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा संचालित एम्बुलेन्समा ढुगामुढा गरी तोडफोड गर्नुका साथै चालक महिनारायण यादवमाथी कुटपीट गरेका छन । 
    कुटपिटबाट घाईते भएका चालक यादवको स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचार भइरहेको छ । कुटपिट र तोडफोडमा संलग्नहरुलाई अविलम्ब पक्राउ, घाइतेको उपचार व्यवस्था मिलाउन तथा एम्बुलेन्सलाई निर्वाद रुपमा संचालन गर्न पाउनु पर्ने माग एम्बुलेन्स चालक संघको रहेको छ ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक मर्मतको माग गर्दै चक्काजाम
सडक मर्मतको माग गर्दै चक्काजाम
राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा
राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा
माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो
माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारवाट मनोहर सम्मानित 
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारवाट मनोहर सम्मानित 
चोरी सिकारी गरि मारिएका दुई वटा हरिणको मासु वन कार्यालयद्वारा नष्ट
चोरी सिकारी गरि मारिएका दुई वटा हरिणको मासु वन कार्यालयद्वारा नष्ट
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन
सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
सात महिनादेखी लगाइएको तालाबन्दी खोलाउन खेलाडीहरुले बुझाए ध्यानाकर्षण पत्र
स्व. सिंहको शालिकमा माल्यार्पण तथा मिठाई बितरण
स्व. सिंहको शालिकमा माल्यार्पण तथा मिठाई बितरण