दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
राजविराजस्थित प्रभु बचत तथा ऋण सहकारी संस्थामा बुधबार राती भएको आगलागिमा लाखौं मुल्य बराबरको सम्पत्ति खरानी भएको छ ।
राजविराज ४ स्थित सो संस्थामा भएको आगलागिमा फर्निचर, कम्प्युटर, एसी, ल्यापटप, पंखा, प्रिन्टिर लगायतका सामाग्रि जलेर करिब १० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागि राती १२ बजेदेखी २ बजेको बीचमा भएको हुन सक्ने अनुमान गरिएको छ । संस्थाका ब्यवस्थापक राजकुमार साहले आफू अबेर रातीसम्म संस्थाको काम सकाएर घर फर्किएको तथा बिहान फर्केर आउँदा मात्र आगलागि भएको थाहा पाएको बताए । उनले आगलागिबाट संस्थाका केही महत्वपूर्ण कागजातहरु समेत जलेर खरानी भएको बताए ।
विद्युत सर्ट भई अचानक आगलागि भएको अनुमान गरिएको छ । आगलागिबारे जानकारी प्राप्त भएपछि पुगेको प्रहरी टोलीले उक्त घटना बारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
प्रभु बचत तथा ऋण सहकारी संस्थामा आगलागिबाट लाखौंको क्षति
सारांश
- राजविराज ४ स्थित सो संस्थामा भएको आगलागिमा फर्निचर, कम्प्युटर, एसी, ल्यापटप, पंखा, प्रिन्टिर लगायतका सामाग्रि जलेर करिब १० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
- आगलागि राती १२ बजेदेखी २ बजेको बीचमा भएको हुन सक्ने अनुमान गरिएको छ ।
- संस्थाका ब्यवस्थापक राजकुमार साहले आफू अबेर रातीसम्म संस्थाको काम सकाएर घर फर्किएको तथा बिहान फर्केर आउँदा मात्र आगलागि भएको थाहा पाएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया