दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका ६ श्रीपुरमा बुधबार विहान रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते भएका छन् ।
काठमाडौंबाट झापातर्फ गइरहेको बा.प्र.०१–०३५च ३३१७ नम्बरको इभी कारले बिग्रिएर सडकपेटीमा राखिएको डब्लुबी ११ एफ १७९५ नम्बरको भारतीय नम्बर प्लेटको ट्याङकरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कार चालक धादिङको पितले–३ का २१ वर्षीय मनोज श्रेष्ठ, सुनसरीको इनरुवा–३ का ३० वर्षीय ओशिम खान र ब्राहक्षेत्र–९ का २५ वर्षीय मोहन कविरथ र झापाको भरपुर–७ का २८ वर्षीय पवन राई घाइते भएको सप्तरीका प्रहरी प्रबक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिए ।
बाक्लो हुस्सु तथा तिब्र गतिमा रहेको कारले रोकिराखेको ट्याङकरमा ठोकिदा उक्त दुर्घटना भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा घाइते भएका चारै जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ भने सबैको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त दुबै सवारी साधन प्रहरी नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया
० प्रतिक्रिया