दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
नेपाल कुशवाहा कल्याण समाज सप्तरीले वडा दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लाको रुपनी गाउँपालिका वडा नं. ६ स्थित लवकुश मन्दिर प्राङ्गणमा शनिबार सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले स्वाजातिलाई अगाडी बढाउन सम्पूर्ण कुशवाहा समाज अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।
कुशवाहा बुद्धिजिवि समाजका सप्तरी अध्यक्ष योगेन्द्र प्रसाद मेहताको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष रामनारायण मेहताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले कुशवाहा समाजलाई जिल्लाको सबै पालिकामा बिस्तार गर्दै उच्च शिक्षामा पहुँचका लागि स्वजाति माँझ चेतना जगाउने कार्यलाई अग्रसरता दिन जोड दिए ।
कार्यक्रममा वक्ताहरुले दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना दिदै समाजलाई अगाडी बढाउन नयाँ नयाँ कार्यक्रम लिएर अगाडी बढ्न नवनिर्वाचित कार्यसमितिलाई सुझाव समेत दिए ।
कुशवाहा समाजका पूर्वअध्यक्ष हंशनारायण मेहता, हरि नारायण महतो, जितेन्द्र प्रसाद सिन्हा विशिष्ट अतिथि रहेका कायत्र्रmममा कुशवाहा विद्यार्थी समाजका अध्यक्ष प्रदिप मेहता, समाजका पूर्वकेन्द्रिय सदस्य मनोज कुमार मेहता, उपत्यका कार्यसमितिका कोषाध्यक्ष शान्ता मेहता, कुशवाहा महिला समाजकी अध्यक्ष रिका मेहता तथा विभिन्न पालिकाका अध्यक्ष तथा सचिवहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । ओमप्रकाश मेहताद्वारा संचालित कार्यक्रममा गिरधर मेहताले स्वागत मन्तव्य राखेका थिए ।
प्रतिक्रिया
० प्रतिक्रिया