गाउँको विकासका लागी समाजसेवी रोशनले गरे खाका सार्वजनिक 

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आश्विन २९, २०८३
|
|
७ पटक हेरिएको
Shares
गाउँको विकासका लागी समाजसेवी रोशनले गरे खाका सार्वजनिक 

सारांश

  • उनी आउँदो स्थानीय निर्वाचनमा गाउँपालिकाको अध्यक्षका आकाक्षी देखिएका छन ।
  • मंडर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध छन ।
  • कानुनमा स्नातक तथा राजनीति शास्त्रमा एमए गरी समाजसेवामा लागेका हुन ।
दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका ६ महुली निवासी ५६ वर्षिय रोशन मंडर गाउँपालिकाको हरेक गतिविधीमा चलायमान देखिने तथा बुद्धिजीवीको रुपमा परिचित छन् ।
उनी आउँदो स्थानीय निर्वाचनमा गाउँपालिकाको अध्यक्षका आकाक्षी देखिएका छन । मंडर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध छन । कानुनमा स्नातक तथा राजनीति शास्त्रमा एमए गरी समाजसेवामा लागेका हुन ।
महुली लघुवित्त वितिय संस्था लि.को निर्देशक, प्रमुख कार्यकारिणी अधिकृत, महुली बजार व्यवस्थापन तथा विकास समितिको अध्यक्ष लगायत विभिन्न संघ संस्थामा प्रमुखका रुपमा काम गरिसकेका मंडर यस पटक सबैको साथ र गाउँपालिकाको समग्र विकासका लागी आफु अध्यक्ष पदको उम्मेदवार बन्न चाहेको र यसका लागी पार्टीमा तोकिएको मापदण्ड अनुसार आवश्यक प्रकृया पुरा गरी आवेदन दिइसकेको बताएका छन ।
विहीवार संचारकर्मीहरु सँग कुराकानी गर्दै उनले अग्नीसाईर कृष्णासबरण गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा विकास र व्यवस्थित निकास दिने उदेश्यका साथ उम्मेदवारको दाबेदारी प्रस्तुत गरेको बताएका छन ।
गाउँपालिकाको विकासका लागी नयाँ खाका समेत सार्वजनिक गर्दै उनले भने, “यहाँका ८० प्रतिशत जनता कृषि पेशामा लागेकोले आप्mनो खाकामा कृषिलाई पहिलो प्राथमिक्तामा राखे ।”
कुषिलाई रोजगारीसँग जोडेर यहाँका जनतालाई आत्मनिर्भर बनाउने र यसका लागी उत्पादन बृद्धि, शितभण्डार र आपको प्रशोधन केन्द्र निर्माण, पशुपालन, दुधजन्य पदार्थको उत्पादन तथा सहज बजारिकरण लगायतका योजना उनले समेटेका छन ।
यस्तै ५० वर्षदेखी गाउँपालिकामा निरन्तर संचालन हुदै आएको जनचेतना रनिङ शिल्ड फुटवल प्रतियोगितालाई अझ व्यापकता प्रदान गर्ने, फुटबल एकेडेमीको स्थापना गर्ने, खेल मैदानको स्तरोन्नती गर्ने, नदी खोलामा तटबन्ध निर्माण र ग्रीन प्लान्टेशन कार्य गर्ने, मठ मन्दिरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने, जंगली हात्ती र बादरको आतंकबाट स्थानीयलाई मुक्ती र भ्रष्टाचार अन्त्य गर्ने लगायतका विषय पनि उनले आफ्नो खाकामा समेटेका छन ।
उनले विगतमा काँग्रेस र एमालेको नेतृत्वमा गाउँपालिकामा चाहेजतीको विकास हुन नसकेको दाबी गर्दै आफुले अवसर पाए जनतालाई प्रत्यक्ष अनुभुती हुने गरी काम गरेर देखाइदिने ठोकुवा समेत गरे ।
शिक्षण पेशाबाट सेवानिवृत भएका वुबा बद्री र कुनै बेला महिला संगठन सप्तरीको अध्यक्ष रहेकी आमा नयनाको प्रेरणाबाट राजनीतिमा आएको बताएका उनले गाउँलाई विकसित बनाउन सहि ब्यक्ती चयन हुनु आवश्यक रहेको जनाएका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ