घरबाट दराज र बाकसै उठाएर चोरी

राजविराज राजविराज
|
मंगलबार, बैशाख २५, २०८१
|
|
७० पटक हेरिएको
Shares
घरबाट दराज र बाकसै उठाएर चोरी

सारांश

  •     चोरी भएका तीन घर मध्ये एक घरबाट दराज र बाकस उठाएर चोरहरुले नजिकैको चौरीमा लगि चोरी गरेका छन् ।
  •       सो पालिका वडा नं.
  • ७ सडेपार निवासी देव सुनरैत यादवको घरबाट ५० हजार नगद, लत्तकपडा र सुनचाँदीका गरगहना गरि २ लाख बराबरको धनमाल चोरी भएको छ ।

दैनिक समाचारदाता
राजविराज, २५ बैशाख । 

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सोमबार मध्यराती कसैको दराज त कसैको बाकस घरबाट उठाएर श्रृखंलाबद्ध चोरी भएको छ । 
    चोरी भएका तीन घर मध्ये एक घरबाट दराज र बाकस उठाएर चोरहरुले नजिकैको चौरीमा लगि चोरी गरेका छन् । 
    सो पालिका वडा नं. ७ सडेपार निवासी देव सुनरैत यादवको घरबाट ५० हजार नगद, लत्तकपडा र सुनचाँदीका गरगहना गरि २ लाख बराबरको धनमाल चोरी भएको छ । चोरले घरमा रहेको दराज उठाएर लगेको र घरदेखी झण्डै ७५ मिटरको दुरीमा रहेको बाँसघारीमा दराज फुटाएर सो परिमाणको सम्पत्ति चोरी लगेको उनले सुनाए । 
    यस्तै सोही गाउँपालिका वडा नं. ६ बभनगामा टोल निवासी रामनारायण यादवका १७ वर्षिय छोरा राकेशलाई सुतिरहेकै कोठामा थुनेर बाँकी दुई कोठामा लाखौंको धनमाल चोरले चोरी गरेका छन् । 
    घरबाट डेढ सय मिटरको दुरीमा रहेको दलानमा सुतिरहेका रामनारायणका अनुसार घरबाट सुनको आठ आनाको गहना, चाँदीको ११ तोलाको गहना, नगद १ लाख ६१ हजार र अन्य केही सरसामान चोरी भएको छ । 
    चोरले छोरा राकेश सुतेको कोठामा बाहिरबाट चुकुल लगाई अन्य दुई कोठामा रहेको दुई वटा बाकस फुटाएर सो परिमाणको सम्पत्ति चोरी गरि लगेको उनले सुनाए ।
    उक्त घरदेखी झण्डै सय मिटरको दुरीमा रहेको श्यामनारायण यादवको घरबाट पनि ६० हजार रुँपैया बराबरको चोरी भएको छ । घरपट्ी श्यामनारायणका अनुसार चोरले बाकस फुटाएर नगद र सरसामान गरि ६० हजार बराबरको सम्पत्ति लगेका छन् । 
    घटनाको खबर पाएपछि पुगेको प्रहरी टोलीले घटनाको अनुसन्धान तथा चोरीमा संलग्न अपराधीहरुको खोजीकार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
समाजवादी प्रेस संगठनको स्थापना दिवसमा रक्तदान
समाजवादी प्रेस संगठनको स्थापना दिवसमा रक्तदान
नाम झैं सबल बन्दै सबल नेपाल
नाम झैं सबल बन्दै सबल नेपाल
दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा  भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा  भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
बिडी पिउन नदिएपछि मागन्तेको हत्या
बिडी पिउन नदिएपछि मागन्तेको हत्या
लागुऔषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद पाएका फरार अभियुक्त पक्राउ
लागुऔषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद पाएका फरार अभियुक्त पक्राउ
कैदी जिवन बिताइरहेका एक व्यक्तिको बन्यो सवारी चालक अनुमतिपत्र 
कैदी जिवन बिताइरहेका एक व्यक्तिको बन्यो सवारी चालक अनुमतिपत्र 
बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण
बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु