कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन

राजविराज राजविराज
|
सोमबार, आषाढ २, २०८२
|
|
४२ पटक हेरिएको
Shares
कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन

सारांश

  •     कमर्चारीहरूले दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता नभएसम्म आन्दोलनलाई जारि राख्ने अडान लिएका छन् ।
  •       नेपाल नगरपालिका कर्मचारी एशोसिएसन राजबिराज नगरपालिका ईकाइ समितिका अध्यक्ष कल्पना देवले घटनाको दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता गराउन माग गरेका छन् ।
  •     यस्तै कुटीपीट र लुटपीटमा संलग्नलाई पक्राउ गर्नूका साथै कर्मचारीहरुले १५ वर्ष देखी करार सेवामा कार्यरत इन्जिनीयर अशोक दासलाई कार्यपालिकाको पछिल्लो निर्णय अनुसार पुनः काममा लगाईनु पर्ने, दैनिक ज्यालादारी कर्मचारीको १६ दिनको बाँकी रहेको तलब भुक्तानी दिनु पर्ने, कुटपीट र तोडफोडमा संलग्न योजना अधिकृत मनोज यादव सहितका ब्यक्तीलाई कारवाही तथा कर्मचारीको दुर्घटना बीमाको व्यवस्था लगायतका माग समेत अघि सारेका छन ।

दैनिक समाचारदाता
राजविराज, २ असार ।

    राजबिराज नगरपालिकाका कर्मचारीहरुले कुटपिट, गालीगलौज गर्नेमाथी कारवाही तथा काम गर्ने भयमुक्त वातावरणको माग गर्दै तेस्रो दिन सोमबार पनि पेन डाउन गरी कामकाज ठप्प पारेका छन् ।
    कमर्चारीहरूले दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता नभएसम्म आन्दोलनलाई जारि राख्ने अडान लिएका छन् । 
    नेपाल नगरपालिका कर्मचारी एशोसिएसन राजबिराज नगरपालिका ईकाइ समितिका अध्यक्ष कल्पना देवले घटनाको दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता गराउन माग गरेका छन् ।
    यस्तै कुटीपीट र लुटपीटमा संलग्नलाई पक्राउ गर्नूका साथै कर्मचारीहरुले १५ वर्ष देखी करार सेवामा कार्यरत इन्जिनीयर अशोक दासलाई कार्यपालिकाको पछिल्लो निर्णय अनुसार पुनः काममा लगाईनु पर्ने, दैनिक ज्यालादारी कर्मचारीको १६ दिनको बाँकी रहेको तलब भुक्तानी दिनु पर्ने, कुटपीट र तोडफोडमा संलग्न योजना अधिकृत मनोज यादव सहितका ब्यक्तीलाई कारवाही तथा कर्मचारीको दुर्घटना बीमाको व्यवस्था लगायतका माग समेत अघि सारेका छन । 
    नगरपालिकाका लेखा अधिकृत शत्रुधनलाल दासले ब्यक्तिगत रुपमा असुरक्षित रहेको बताउँदै सुरक्षाको ग्यारेन्टी नहुन्जेल काम नफर्किने अडान दोह¥याएका छन् । “म माथी संघातिक हमला गरियो, सुनको सिक्री समेत लुटे ।” उनले भने, “उक्त घटनाले हामी सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएका छौं, निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्था छैंनौं ।” 
    उनले जनताको कामकाजमा आफू बाधक नभएको भन्दै दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने अडान राखे ।
    गत जेठ २७ गते मंगलबारका दिन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको हाजरी गराउने सम्बन्धमा भईरहेको आन्दोलनको क्रममा राजविराज नगरपालिकाका निलम्वित मेयर भिमराज यादव, राजविराज नगरपालिकाका योजना शाखा प्रमुख मनोज कुमार यादव, आन्दोलनकारी सुधिर यादव लगायतका व्यक्तिहरुको समूहले राजविराज नगरपालिकाका कर्मचारीहरुलाई पूर्वग्राही तथा सुनियोजित रुपमा गालीगलौज तथा कुटपिट गरेका थिए । 
    प्रमुख प्रशासकिय अधिकृतमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हरिकिशोर प्रसाद चन्द्रबंशीलाई सरुवा गरेर पठाएपछी उनको सोमवार पद बहाली समेत भएको छ । 
    तर कुटपीट र लुटपीटमा संलग्नहरुलाई कारवाही र क्षती पुर्ती माग्दै धर्नामा वसेका कर्मचारीहरु भने  काममा फर्किएका छैनन । उनीहरुले माग पुरा नभएसम्म काममा नफर्कने अडान लिएका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 
पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
भन्सार छलेको कपडा,  मोटरसाइकलसहित दुई पक्राउ
भन्सार छलेको कपडा,  मोटरसाइकलसहित दुई पक्राउ
१८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाए
१८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाए
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
धनतेरस र तिहारको चहल पहल
धनतेरस र तिहारको चहल पहल
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
दुई प्राध्यापकले पाए अवकास
दुई प्राध्यापकले पाए अवकास
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ