दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीले ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएको छ ।
बुधबार संघका जिल्ला अध्यक्ष राम नरेश सिंहको नेतृत्व पुगेका ज्येष्ठ नागरिक जिल्ला संघका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत उक्त ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाडौलाई बुझाएको हो ।
दुई बुँदे माग राखी प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई बुझाइएको ज्ञापनपत्रमा मन्त्रालयको नाममा ज्येष्ठ नागरिक भन्ने शब्द नहटाइयोस, ज्येष्ठ नागरिक ऐन २०६३ (संशोधन २०७९) सहित र ज्येष्ठ नागरिक नियमावली २०६५ मा उल्लेख भए बमोजिम ज्येष्ठ नागरिक संघसंस्थालाई कुण्ठित हुने गरि ज्येष्ठ नागरिक शब्दलाई हटाइएको हुँदा उक्त शब्दलाई यथावत समाबेश गर्न माग गरिएको छ ।
प्रधानमन्त्री शाह नेतृत्वको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक शब्द हटाएर अन्य राखिएकोप्रति आपत्ति जनाएको ज्ञापनपत्रमा देशका लागि योगदान गरेका ३० लाख ज्येष्ठ नागरिक अगुवाको अपनाउन गरेको तथा सरकारको निर्णयले लाखौं ज्येष्ठ नागरिकहरुको अबमुल्यन भएको जनाएको छ ।
बुझाइएको ज्ञापनपत्रमा शान्तिपूर्ण संघर्षबाट सुनुवाइ नभए देशव्यापी सशक्त आन्दोलनमा उत्रिएन बाध्य हुने चेतावनी समेत दिइएको छ ।
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
सारांश
- बुधबार संघका जिल्ला अध्यक्ष राम नरेश सिंहको नेतृत्व पुगेका ज्येष्ठ नागरिक जिल्ला संघका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत उक्त ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाडौलाई बुझाएको हो ।
- दुई बुँदे माग राखी प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई बुझाइएको ज्ञापनपत्रमा मन्त्रालयको नाममा ज्येष्ठ नागरिक भन्ने शब्द नहटाइयोस, ज्येष्ठ नागरिक ऐन २०६३ (संशोधन २०७९) सहित र ज्येष्ठ नागरिक नियमावली २०६५ मा उल्लेख भए बमोजिम ज्येष्ठ नागरिक संघसंस्थालाई कुण्ठित हुने गरि ज्येष्ठ नागरिक शब्दलाई हटाइएको हुँदा उक्त शब्दलाई यथावत समाबेश गर्न माग गरिएको छ ।
- प्रधानमन्त्री शाह नेतृत्वको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक शब्द हटाएर अन्य राखिएकोप्रति आपत्ति जनाएको ज्ञापनपत्रमा देशका लागि योगदान गरेका ३० लाख ज्येष्ठ नागरिक अगुवाको अपनाउन गरेको तथा सरकारको निर्णयले लाखौं ज्येष्ठ नागरिकहरुको अबमुल्यन भएको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया