दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग सुरु, उद्घाटन खेलमा गत वर्षको बिजेता खड्क बोदेबर्साइन थन्डर्सद्वारा पराजित

राजविराज राजविराज
|
मंगलबार, आषाढ ३, २०७६
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •     उद्घाटन खेलमा बोदेबरसाइन थन्डर्स क्रिकेट टिमले गत वर्षको बिजेता बजाज खडक वारियर्सलाई ३३ रनले पराजित गरेको छ ।
  •     पहिलो ब्याटिङ गर्दै बोदेबर्साइनले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रनमा सीमित भएको थियो ।
  •       ब्याटिङ गर्न ओर्लेको बोदेबर्साइनले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २ असार । 
    दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सोमबारदेखी राजविराजस्थित पविमाबिको खेल मैदानमा सुरु भएको छ । 
    उद्घाटन खेलमा बोदेबरसाइन थन्डर्स क्रिकेट टिमले गत वर्षको बिजेता बजाज खडक वारियर्सलाई ३३ रनले पराजित गरेको छ ।


    पहिलो ब्याटिङ गर्दै बोदेबर्साइनले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रनमा सीमित भएको थियो । 
    ब्याटिङ गर्न ओर्लेको बोदेबर्साइनले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । जसमा मुकुन्द यादवले १५ बलमा अविजित ४९ रन बनाएका थिए । यस्तै अमित यादवले अविजित ३४ र पवन दासले ३३ रन बनाएका थिए ।
    त्यसतै वारियर्सका लागि हरिशंकर शाहले सर्वाधिक ४५ रन बनाएका थिए । .वारियर्सलाई लक्ष्यसम्म पुग्न नदिन बोदेबर्साइनका कप्तान मन्जित श्रेष्ठले सर्वाधिक २ विकेट लिएका थिए । यता खेलको प्लेयर अफ द म्याच बादेबर्साइनका मुकुन्द यादव घोषित भए ।
    यसअघि प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले ब्याटिङ र उपप्रमुख साधना झाले बलिङ तथा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंहले अम्पायरिङ गरेर उद्घाटन गरेका थिए । 
    सो उद्घाटन समारोहमा भिम दल गणका गणपति गुप्त बहादुर कुँवर, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अबधेश झा, नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिव आरएन विश्वास, वडा नम्बर ५ का अध्यक्ष समिर झा, वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ६ का अध्यक्ष प्रेम यादव, वडा नम्बर ५ का रामप्रसाद यादव, राजविराज नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत श्याम सिंहको उपस्थिति रहेको थियो । 
    राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा संचालित प्रतियोगितामा पाँच टोलिको सहभागिता रहेको छ भने प्रतियोगितामा यस पटक पुरुष तर्फको बिजेताले २ लाख नगदसहित ट्रफि तथा उपबिजेताले १ लाख पाउने छ भने महिलातर्फको बिजेताले ५१ हजार तथा उपबिजेताले ३१ हजार प्राप्त गर्ने सप्तरी क्रिकेट संघका सचिव चन्दन यादवले जानकारी दिएका छन् ।
    गत बर्षबाट संचालन गरिएको मेयर कप सप्तरी प्रिमयर लिगको पहिलो उपाधि बजाज खडक वारियर्सले १ लाख ५० हजार सहित हात पारेको थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला 
पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला 
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम
लागु औषधसहित पक्राउ परेका  युवकलाई १० दिने म्याद थप
लागु औषधसहित पक्राउ परेका  युवकलाई १० दिने म्याद थप
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न 
महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न 
कोशी कोलोनीमा सडक बन्ने
कोशी कोलोनीमा सडक बन्ने
राजविराज नगरपालिकाको विद्युत काटियो, १६ लाख महसुल तिर्न बाँकी : विद्युत प्राधिकरण
राजविराज नगरपालिकाको विद्युत काटियो, १६ लाख महसुल तिर्न बाँकी : विद्युत प्राधिकरण
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
९० वर्षिय बृद्धको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला
९० वर्षिय बृद्धको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला
“मिल्क” टि होईन “विष हो विष” के हुन्छ दूध चियाले ? 
“मिल्क” टि होईन “विष हो विष” के हुन्छ दूध चियाले ?