दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग सुरु, उद्घाटन खेलमा गत वर्षको बिजेता खड्क बोदेबर्साइन थन्डर्सद्वारा पराजित

राजविराज राजविराज
|
मंगलबार, आषाढ ३, २०७६
|
|
९१ पटक हेरिएको
Shares

सारांश

  •     उद्घाटन खेलमा बोदेबरसाइन थन्डर्स क्रिकेट टिमले गत वर्षको बिजेता बजाज खडक वारियर्सलाई ३३ रनले पराजित गरेको छ ।
  •     पहिलो ब्याटिङ गर्दै बोदेबर्साइनले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रनमा सीमित भएको थियो ।
  •       ब्याटिङ गर्न ओर्लेको बोदेबर्साइनले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २ असार । 
    दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सोमबारदेखी राजविराजस्थित पविमाबिको खेल मैदानमा सुरु भएको छ । 
    उद्घाटन खेलमा बोदेबरसाइन थन्डर्स क्रिकेट टिमले गत वर्षको बिजेता बजाज खडक वारियर्सलाई ३३ रनले पराजित गरेको छ ।


    पहिलो ब्याटिङ गर्दै बोदेबर्साइनले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रनमा सीमित भएको थियो । 
    ब्याटिङ गर्न ओर्लेको बोदेबर्साइनले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । जसमा मुकुन्द यादवले १५ बलमा अविजित ४९ रन बनाएका थिए । यस्तै अमित यादवले अविजित ३४ र पवन दासले ३३ रन बनाएका थिए ।
    त्यसतै वारियर्सका लागि हरिशंकर शाहले सर्वाधिक ४५ रन बनाएका थिए । .वारियर्सलाई लक्ष्यसम्म पुग्न नदिन बोदेबर्साइनका कप्तान मन्जित श्रेष्ठले सर्वाधिक २ विकेट लिएका थिए । यता खेलको प्लेयर अफ द म्याच बादेबर्साइनका मुकुन्द यादव घोषित भए ।
    यसअघि प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले ब्याटिङ र उपप्रमुख साधना झाले बलिङ तथा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंहले अम्पायरिङ गरेर उद्घाटन गरेका थिए । 
    सो उद्घाटन समारोहमा भिम दल गणका गणपति गुप्त बहादुर कुँवर, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अबधेश झा, नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिव आरएन विश्वास, वडा नम्बर ५ का अध्यक्ष समिर झा, वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ६ का अध्यक्ष प्रेम यादव, वडा नम्बर ५ का रामप्रसाद यादव, राजविराज नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत श्याम सिंहको उपस्थिति रहेको थियो । 
    राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा संचालित प्रतियोगितामा पाँच टोलिको सहभागिता रहेको छ भने प्रतियोगितामा यस पटक पुरुष तर्फको बिजेताले २ लाख नगदसहित ट्रफि तथा उपबिजेताले १ लाख पाउने छ भने महिलातर्फको बिजेताले ५१ हजार तथा उपबिजेताले ३१ हजार प्राप्त गर्ने सप्तरी क्रिकेट संघका सचिव चन्दन यादवले जानकारी दिएका छन् ।
    गत बर्षबाट संचालन गरिएको मेयर कप सप्तरी प्रिमयर लिगको पहिलो उपाधि बजाज खडक वारियर्सले १ लाख ५० हजार सहित हात पारेको थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
सप्तरीमा बढ्दै आत्महत्याका घटना
सप्तरीमा बढ्दै आत्महत्याका घटना
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने 
टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने 
पूर्ण सरसफाइ तर्फ गोरगामा  बरहीबिरपुर अग्रसर हुँदै
पूर्ण सरसफाइ तर्फ गोरगामा  बरहीबिरपुर अग्रसर हुँदै
किशोर किशोरीहरु जिवन उपयोगी सीप तर्फ जागरूक हँुदै
किशोर किशोरीहरु जिवन उपयोगी सीप तर्फ जागरूक हँुदै
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई कम्बल बितरण
असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई कम्बल बितरण
पत्रकारले प्रहरी प्रशासनको कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि कार्यक्रम समेत बहिष्कार गर्ने
पत्रकारले प्रहरी प्रशासनको कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि कार्यक्रम समेत बहिष्कार गर्ने

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी