दैनिक समाचारदाता
राजविराज, २ भदौं ।
सर्वोच्च अदालतले गौर हत्याकाण्डमा छानबिन गर्न जारि गरेको परमादेशको बिरोधमा सोमबार साँझ सप्तरी सदरमुकाम राजविराजमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले बिरोध प्रदर्शन गरेको छ ।
१९ वर्षअघि भएको रौतहटको गौर हत्याकाण्डमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिटमा सार्वेच्चले परमादेश जारी गरेपछी जसपा नेपालका नेता कार्यकर्ताहरुले सो बिरोध प्रदर्शन गरेका हुन् ।
आफ्ना अध्यक्ष उपेन्द्र यादवलाई फसाउन सरकारले षडयन्त्रण गरेको भन्दै राजविराजस्थित गजेन्द्र चौकमा टायर बालेर प्रदर्शन गरेका छन् । जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादवले सरकारको इसारमा अदालतले जारि गरेको परमादेश फिर्ता नलिए भोलीका दिनमा सशक्त आन्दोलनको विकल्प नरहने बताए ।
सर्वोच्च अदालतले १९ वर्षअघि भएको रौतहटको गौर हत्याकाण्डमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिटमा परमादेश जारी गरेको हो ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको हो ।
गौर हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित पीडितहरुले रिट दायर गरेका थिए । सो मुद्दामा रौतहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ ।
गौर हत्याकाण्डमा मारिएकाहरूका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभएको भन्दै अनुसन्धान अघि बढाउन आदेश माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो ।
हत्यामा तत्कालीन जनअधिकारका अध्यक्ष समेत रहेका उपेन्द्र यादवलगात फोरमसम्बद्ध नेता, कार्यकर्ताको हात रहेको दाबी गरिँदै आएको छ ।
हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा प्रहरीले छानबिन गरी दोषीमाथि मुद्दा दायर नगरेको भन्दै पीडितका परिवार तथा आफन्तले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।
पीडित परिवारका तर्फबाट त्रिभुवन साहले रिट दर्ता गराएका छन् भने उक्त घटनाको पुनः अनुसन्धान र प्राप्त प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न माग गरिएको थियो ।
“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
सारांश
- १९ वर्षअघि भएको रौतहटको गौर हत्याकाण्डमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिटमा सार्वेच्चले परमादेश जारी गरेपछी जसपा नेपालका नेता कार्यकर्ताहरुले सो बिरोध प्रदर्शन गरेका हुन् ।
- आफ्ना अध्यक्ष उपेन्द्र यादवलाई फसाउन सरकारले षडयन्त्रण गरेको भन्दै राजविराजस्थित गजेन्द्र चौकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
- जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादवले सरकारको इसारमा अदालतले जारि गरेको परमादेश फिर्ता नलिए भोलीका दिनमा सशक्त आन्दोलनको विकल्प नरहने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया