दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
महिला, घरेलु लगायतका हिंसा र दाइजो, छुवाछुत, बालबिवाह लगायतका बिकृती बिरुद्ध सचेतना फैलाउने उद्देश्यले बिहीबार राजविराजमा सडक नाटक प्रदर्शन गरिएको छ ।
बिहीबारदेखी सुरु भएको सचेतनामूलक सडक नाटक राजविराजको २ तथा राजगढ गाउँपालिकाको चार स्थानमा प्रदर्शन हुने आयोजक सेतु समुदायिक विकास तथा मानवअधिकार मञ्च सप्तरीले जनाएको छ ।
समाजमा बढ्दै गएको लैगिंक हिंसा तथा विभिन्न खाले बिकृती र कुप्रथाबाट जोगाउन र सचेत गराउन यस्तो सामाजिक अधियान थालिएको मञ्चका अध्यक्ष जंगबहादुर सिंहले बताए ।
मञ्चको आयोजना तथा शान्तिका लागि साझा अभियान (कोक्याप) को सहयोगमा थालिएको सडक नाटक अभियानमा जिल्ला प्रहरी कार्यालय, राजगढ गाउँपालिका, महिला अधिकार मञ्च, मानव अधिकार निगरानी समूह लगायत आधा दर्जन संघसंस्थाले सहकार्य गरेका छन् ।
सडक नाटकमा स्थानिय कलाकार जिवछ दास, बिजेता देव, डिपि शास्त्री, रमिला साह, श्रीनारायण ठाकुर, अनिसा ठाकुर लगायतले नाट्य बिधीबाट सचेतना फैलाउने काम गरेको अध्यक्ष सिंहले बताए ।
हिंसा बिरुद्ध सडक नाटक प्रदर्शन
सारांश
- बिहीबारदेखी सुरु भएको सचेतनामूलक सडक नाटक राजविराजको २ तथा राजगढ गाउँपालिकाको चार स्थानमा प्रदर्शन हुने आयोजक सेतु समुदायिक विकास तथा मानवअधिकार मञ्च सप्तरीले जनाएको छ ।
- समाजमा बढ्दै गएको लैगिंक हिंसा तथा विभिन्न खाले बिकृती र कुप्रथाबाट जोगाउन र सचेत गराउन यस्तो सामाजिक अधियान थालिएको मञ्चका अध्यक्ष जंगबहादुर सिंहले बताए ।
- मञ्चको आयोजना तथा शान्तिका लागि साझा अभियान (कोक्याप) को सहयोगमा थालिएको सडक नाटक अभियानमा जिल्ला प्रहरी कार्यालय, राजगढ गाउँपालिका, महिला अधिकार मञ्च, मानव अधिकार निगरानी समूह लगायत आधा दर्जन संघसंस्थाले सहकार्य गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया