दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
सप्तरीको बोदेबरसाईन नगरपालिकाका प्रमुख आतेश कुमार सिंहले सरकारी जग्गा र सार्वजनिक पोखरी व्यक्तिगत रुपमा प्रयोग गरि व्यापक अनियमितता गरेको भन्दै गठित संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ ।
सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि संघर्ष समितिले सो आन्दोलनको घोषणा गरेको हो ।
संघर्ष समितिका संयोजक ईन्जिनियर आलोक कुमार यादवले संघर्ष समितिका सदस्य इन्जिनियर धनकिशोर साहमाथि शनिबार साँझ आक्रमण भएको घटनाको बिरोधमा समेत आन्दोलन घोषणा गरिएको बताए ।
नगरपालिकामा देखिएको ज्यादती विरुद्ध संघर्ष समितिले आवाज उठाउँदै आउँदा प्रमुख सिंहको निर्देशनमा नगरपालिका तीन जना कर्मचारी र दुई जना उनका लठैतले आक्रमण गरेको संघर्ष समितिको दाबी छ ।
संयोजक यादवका अनुसार नगरपालिकाका कर्मचारी डम्बर यादव, पंकज यादव र सुमन सिंह तथा रुपक यादव र गौरी भने कमलकिशोर यादवले साहलाई कुटपिट गरेका थिए ।
घटनाको बारेमा नगरपालिकाका मेयर आतेश कुमार सिंहसंग फोन गर्दा कुरा नगरेको उनले बताए । यता इन्जिनियर साहसंग कुनै रिसिबि नभएको भन्दै आमिहरु नगरपालिका विरुद्ध संघर्ष गरिरहेकै कारण उनीमाथि प्रमुखले नै आक्रमण गरेको आरोप लगाएका छन् । घटनामा संलग्न भएका व्यक्तिहरुलाई अबिलमव पक्राउ गरी दोषीलाई कार्वाहीको माँग गरिएको छ ।
यस्तै संघर्ष समितिका संयोजक आलोक यादवले प्रमुख सिंहले २२ कठ जग्गा तत्कालिन गाविसको जग्गा र त्यसमा रहेको सार्वजनिक पोखरी व्यक्तिगत भन्दै उपभोग गरिरहेको आरोप समेत लगाए । तत्कालिन गाविसले प्रमुख सिंहका हजुरबुबालाई सो जग्गा वापत ४ लाख रकम दिएको उनको दाबी छ ।
आन्दोलनका कार्यक्रम अनुसार संघर्ष समितिले मंगलबार बोदेबरसाइन बजार दिउँसो १ बजे देखि २ बजेसम्म बजार बन्द गरी नारा जुलुससहित प्रदर्शन र कोणसभाको आयोजना गरिने जनाइएको छ ।
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
सारांश
- सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि संघर्ष समितिले सो आन्दोलनको घोषणा गरेको हो ।
- संघर्ष समितिका संयोजक ईन्जिनियर आलोक कुमार यादवले संघर्ष समितिका सदस्य इन्जिनियर धनकिशोर साहमाथि शनिबार साँझ आक्रमण भएको घटनाको बिरोधमा समेत आन्दोलन घोषणा गरिएको बताए ।
- नगरपालिकामा देखिएको ज्यादती विरुद्ध संघर्ष समितिले आवाज उठाउँदै आउँदा प्रमुख सिंहको निर्देशनमा नगरपालिका तीन जना कर्मचारी र दुई जना उनका लठैतले आक्रमण गरेको संघर्ष समितिको दाबी छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया