दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
सप्तरीको राजगढ गाउँपालिकामा मतदाता शिक्षा बिशेष कार्यक्रम अन्तरगत ६ वटै वडामा मतदाता शिक्षा संचालन भईसकेको छ ।
जिल्लाको चार बटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा शुरु भईसकेको अवस्थामा राजगढको सबै वडामा मतदाता शिक्षा संचालन भइसकेको अनुगमनकर्ता चन्द्र किशोर यादवले जानकारी दिए ।
उनले मतदाता शिक्षाले राजगढमा मात्र नभई पुरै जिल्लामा मत दिन मात्र सिकाउने नभई बदर मतको अनुपात घटाउन र निर्वाचनमा मतदाताको सहभागिता बढाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
राजगढ गाउँपालिकाको मतदाता शिक्षा अनुगमनकर्ता यादवले घरआँगनमा पुगेर दिइने शिक्षाले निर्वाचनलाई सरल, सहज र सहभागितामूलक बनाउन मद्दत पुग्ने बताए ।
मतदाता शिक्षा स्वयसेवकहरुले फागुन ३ गतेदेखि राजगढ गाउँपालिकामा कार्यरत सहजकर्ताहरुले आप्mनो–आप्mनो वडामा खटिएको मतदाता शिक्षा अनुगमनकर्ता यादवले जनाएका छन् । मतदाताहरुलाई निर्वाचन सम्बन्धी तथ्यपरक जानकारीका साथै नमुना मतपत्र देखाई मतदान गर्ने तरिकाको विषयमा स्वयंसेवहरुले जानकारी दिन र यसले बदर मतको संख्या घटाउने अपेक्षा गाउँपालिकाको मतदाता शिक्षा अनुगमनकर्ता यादवको भनाई छ ।
अनुगमनकर्ता यादवको अनुसार तालिम प्राप्त बाल विकास सहजकर्ताले फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने छन् । राजगढ गाउँपालिकाको सहजकर्ताहरुले घर आँगनमा पुगेर लोकतन्त्रमा मतदानको महत्व र आवश्यकता बुझाउनुका साथै नमुना मतपत्रका आधारमा मतदान गर्ने तरिका सिकाउने उनले जानकारी दिए ।
विगतका चुनावमा प्रतिनिधिसभा, प्रदेश सभा र दुई वटा सामानुपातिक गरी चार वटा मतपत्रमा छाप लगाउनु पर्दा धेरैजसो मतदाता झुक्किएर मत बदर भएको पाईएको थियो । यस पटक एक जना मतदाताले दुई वटा मतपत्रमा मात्र मत दिनुपर्ने भएकाले केही सहज देखिए पनि बदर मत न्यूनीकरणका लागि मतदाता शिक्षा आवश्यक रहको राजगढ गाउँपालिका वडा नं. ५ की सहजकर्ता आरती कुमारी ठाकुरले बताइन् ।
जिलामा रहेको १९ वटा स्थानीय तहका १ सय ६४ वडामा मतदाता शिक्षा प्रारम्भ भईसकेको तथा आगामी फागुन १७ गतेसम्म मतदाता शिक्षा संचालन हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले जनकारी दिए ।
मतदाता शिक्षा विशेष कार्यक्रम अन्तरगत सप्तरी जिल्लाको १८ वटा पालिकामा निर्वाचन सम्पर्क व्यक्तिलाई मतदाता शिक्षा अनुगमनकर्ताम नियुक्त गरी माघ २५ गते तालिम सम्पन्न भएको उनले जानकारी दिए । बालविकास सहजकर्ता तथा महिला स्वयंसेवकमध्ये एक जनालाई हरेक वडामा मतदाता शिक्षा स्वयसेवकमा नियुक्ति दिई एक दिने प्रशिक्षण समेत दिइएको उनले बताए ।
राजगढको सबै वडामा मतदाता शिक्षा संचालन
सारांश
- जिल्लाको चार बटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा शुरु भईसकेको अवस्थामा राजगढको सबै वडामा मतदाता शिक्षा संचालन भइसकेको अनुगमनकर्ता चन्द्र किशोर यादवले जानकारी दिए ।
- उनले मतदाता शिक्षाले राजगढमा मात्र नभई पुरै जिल्लामा मत दिन मात्र सिकाउने नभई बदर मतको अनुपात घटाउन र निर्वाचनमा मतदाताको सहभागिता बढाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
- राजगढ गाउँपालिकाको मतदाता शिक्षा अनुगमनकर्ता यादवले घरआँगनमा पुगेर दिइने शिक्षाले निर्वाचनलाई सरल, सहज र सहभागितामूलक बनाउन मद्दत पुग्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया