राजगढको सबै वडामा मतदाता शिक्षा संचालन

राजविराज राजविराज
|
आइतबार, फाल्गुन १०, २०८२
|
|
२३ पटक हेरिएको
Shares
राजगढको सबै वडामा मतदाता शिक्षा संचालन

सारांश

  •     जिल्लाको चार बटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा शुरु भईसकेको अवस्थामा राजगढको सबै वडामा मतदाता शिक्षा संचालन भइसकेको अनुगमनकर्ता चन्द्र किशोर यादवले जानकारी दिए ।
  •     उनले मतदाता शिक्षाले राजगढमा मात्र नभई पुरै जिल्लामा मत दिन मात्र सिकाउने नभई बदर मतको अनुपात घटाउन र निर्वाचनमा मतदाताको सहभागिता बढाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
  •     राजगढ गाउँपालिकाको मतदाता शिक्षा अनुगमनकर्ता यादवले घरआँगनमा पुगेर दिइने शिक्षाले निर्वाचनलाई सरल, सहज र सहभागितामूलक बनाउन मद्दत पुग्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, १० फागुन ।

    सप्तरीको राजगढ गाउँपालिकामा मतदाता शिक्षा बिशेष कार्यक्रम अन्तरगत ६ वटै वडामा मतदाता शिक्षा संचालन भईसकेको छ । 
    जिल्लाको चार बटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा शुरु भईसकेको अवस्थामा राजगढको सबै वडामा मतदाता शिक्षा संचालन भइसकेको अनुगमनकर्ता चन्द्र किशोर यादवले जानकारी दिए ।
    उनले मतदाता शिक्षाले राजगढमा मात्र नभई पुरै जिल्लामा मत दिन मात्र सिकाउने नभई बदर मतको अनुपात घटाउन र निर्वाचनमा मतदाताको सहभागिता बढाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
    राजगढ गाउँपालिकाको मतदाता शिक्षा अनुगमनकर्ता यादवले घरआँगनमा पुगेर दिइने शिक्षाले निर्वाचनलाई सरल, सहज र सहभागितामूलक बनाउन मद्दत पुग्ने बताए ।
    मतदाता शिक्षा स्वयसेवकहरुले फागुन ३ गतेदेखि राजगढ गाउँपालिकामा कार्यरत सहजकर्ताहरुले आप्mनो–आप्mनो वडामा खटिएको मतदाता शिक्षा अनुगमनकर्ता यादवले जनाएका छन् । मतदाताहरुलाई निर्वाचन सम्बन्धी तथ्यपरक जानकारीका साथै नमुना मतपत्र देखाई मतदान गर्ने तरिकाको विषयमा स्वयंसेवहरुले जानकारी दिन र यसले बदर मतको संख्या घटाउने अपेक्षा गाउँपालिकाको मतदाता शिक्षा अनुगमनकर्ता यादवको भनाई छ । 
    अनुगमनकर्ता यादवको अनुसार तालिम प्राप्त बाल विकास सहजकर्ताले फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने छन् । राजगढ गाउँपालिकाको सहजकर्ताहरुले घर आँगनमा पुगेर लोकतन्त्रमा मतदानको महत्व र आवश्यकता बुझाउनुका साथै नमुना मतपत्रका आधारमा मतदान गर्ने तरिका सिकाउने उनले जानकारी दिए ।
    विगतका चुनावमा प्रतिनिधिसभा, प्रदेश सभा र दुई वटा सामानुपातिक गरी चार वटा मतपत्रमा छाप लगाउनु पर्दा धेरैजसो मतदाता झुक्किएर मत बदर भएको पाईएको थियो । यस पटक एक जना मतदाताले दुई वटा मतपत्रमा मात्र मत दिनुपर्ने भएकाले केही सहज देखिए पनि बदर मत न्यूनीकरणका लागि मतदाता शिक्षा आवश्यक रहको राजगढ गाउँपालिका वडा नं. ५ की सहजकर्ता आरती कुमारी ठाकुरले बताइन् ।
    जिलामा रहेको १९ वटा स्थानीय तहका १ सय ६४ वडामा मतदाता शिक्षा प्रारम्भ भईसकेको तथा आगामी फागुन १७ गतेसम्म मतदाता शिक्षा संचालन हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले जनकारी दिए ।
    मतदाता शिक्षा विशेष कार्यक्रम अन्तरगत सप्तरी जिल्लाको १८ वटा पालिकामा निर्वाचन सम्पर्क व्यक्तिलाई मतदाता शिक्षा अनुगमनकर्ताम नियुक्त गरी माघ २५ गते तालिम सम्पन्न भएको उनले जानकारी दिए । बालविकास सहजकर्ता तथा महिला स्वयंसेवकमध्ये एक जनालाई हरेक वडामा मतदाता शिक्षा स्वयसेवकमा नियुक्ति दिई एक दिने प्रशिक्षण समेत दिइएको उनले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा ३ प्रतिशत मात्र धान रोपाई 
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
आजदेखी एसइई,  सप्तरीबाट ८ हजार ७ सय १५ विद्यार्थी परीक्षामा सहभागी हुँदै
आजदेखी एसइई,  सप्तरीबाट ८ हजार ७ सय १५ विद्यार्थी परीक्षामा सहभागी हुँदै
अटोबाट झण्डै डेढ सय किलो गाजासहित एक पक्राउ
अटोबाट झण्डै डेढ सय किलो गाजासहित एक पक्राउ
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
बालक मृत्यु प्रकरणमा गजेन्द्र नारायण सिंह अस्पतालका एक नर्स कारवाहीमा
बालक मृत्यु प्रकरणमा गजेन्द्र नारायण सिंह अस्पतालका एक नर्स कारवाहीमा
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता