देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी

राजविराज राजविराज
|
आइतबार, माघ २३, २०७८
|
|
२४ पटक हेरिएको
Shares
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी

सारांश

  •     तीन दिनअघि देवर परमेश्वर साहले २७ वर्षिया भाउजु राजकुमारीलाई पेट्रोल छर्केर आगो लगाइदिएपछि शनिबार राती उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       मृतकका पति रबिनले पत्नी राजकुमारीले काँखे छोरीलाई लिएर खाना पकाउँदै गरेको बेला भाईले आगो लगाइदिएपछि छोरीलाई उनले काँखबाट हुत्याइदिएकी थिइन् ।
  • आगोले छोरीको ढाड र खुट्टासमेत जलेको तथा घाइते भएकी छोरीको स्थानिय प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार गरिएको उनले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 

    सप्तरीको बोदेबरसाइन नगरपालिका १ धनगढीमा देवरले भाउजुमाथी पेट्रोल छर्केर आगो लगाउँदा जलेर गम्भिर भएकी उनको उपचारको क्रममा मृत्यु भएको छ । सोही आगोले जलेर अढाई वर्षिया छोरी समेत घाइते भएकी छिन् ।
    तीन दिनअघि देवर परमेश्वर साहले २७ वर्षिया भाउजु राजकुमारीलाई पेट्रोल छर्केर आगो लगाइदिएपछि शनिबार राती उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    मृतकका पति रबिनले पत्नी राजकुमारीले काँखे छोरीलाई लिएर खाना पकाउँदै गरेको बेला भाईले आगो लगाइदिएपछि छोरीलाई उनले काँखबाट हुत्याइदिएकी थिइन् । आगोले छोरीको ढाड र खुट्टासमेत जलेको तथा घाइते भएकी छोरीको स्थानिय प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार गरिएको उनले जानकारी दिए ।
    पति रबिनका अनुसार तिन दिनअघि आफू घर बाहिर गएको बेला भाउजुले आफू बिरुद्ध कुरा लगाएर दाईलाई उक्साएको भन्दै पत्नी राजकुमारीलाई माघ २१ गते बिहान घरमा खाना पकाउँदै गरेको बेला भाई परमेश्वरले पेट्रोल छर्केर आगो लगाइदिएको बताएका छन् ।
    जिउको अधिकांश भाग जलेर गम्भिर अवस्थामा पुगेकी राजकुमारीलाई सुरुमा कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । पछि त्यहा उपचार सम्भव नभएपछि बिराटनगरस्थित म्याक्स अस्पतालमा लगिएपनि उनको मृत्यु मृत्यु भएको मृतक राजकुमारीकी पति रबिनले जानकारी दिएका छन् । 
    यता बिराटनगर अस्पतालमा उपचारकै क्रममा प्रहरीले बयान लिँदा राजकुमारीले देवर परमेश्वरले नै आगो लगाएको बयान दिएको पति रबिनको भनाई छ ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले सो घटना बारे जाहेरी आएको बताउँदै परमेश्वर हाल फरार भएका कारण उनको खोजि कार्य तिब्र पारिएको जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?