दैनिक समाचारदाता
राजविराज, २८ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले कोरोनाको महामारी, बाढी, आगलागि लगायत विपद्का बेला उच्च जोखिममा काम गर्नेहरुलाई नगदसहित सम्मान गरेको छ ।
गाउँपालिकाले आफ्नो चौथो गाउँसभाको अवसरमा कोरोना महामारी तथा विपदको बेला योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा कोरोनाको उच्च जोखिमका बीच क्वारेन्टाइनमा बसेका आसंकितहरुका लागि खान पकाएर खुवाउने भान्से, आसंकितहरुको स्वास्थ्य परिक्षणमा खटिने स्वास्थ्यकर्मी, क्वारेन्टाइन सुरक्षार्थ खटिने सुरक्षाकर्र्मी तथा आसंकित र संक्रमितलाई सम्बन्धीत स्थानमा पु¥याउने एम्बुलेन्स चालकसम्म छन् ।
सम्मानितहरुमा भान्से कैलु मण्डल, बिरेन्द्र साह, एम्बुलेन्स चालक अमरेन्द्र देव तथा क्वारेन्टाईन ब्यवस्थापन र परिक्षणतर्फ खटिएका सन्तोष कुमार झा, रन्जन कुमार यादव, प्रधानाध्यापक विपिन झा र सन्तोष सिंह लगायत छन् ।
त्यस्तै आ–आफ्नो वडामा उत्कृष्ट कार्य गर्ने वडा सचिव तथा सुरक्षा क्षेत्रमा योगदान पु¥याउने सुरक्षाकर्मीहरुलाई समेत कदरपत्रबाट सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झाले बताए । उनी सबैलाई नगद २ हजार १ सय, प्रशंसा पत्र तथा दोसल्ला ओढाएर गाउँपालिका प्रमुख सतिश सिंहले सम्मान गरेका छन् ।
गाउँसभाले चट्याङ, आगलागि, सितलहर, बाढी, सर्पदंश जस्ता प्रकोपका कारण ज्यान गुमाएका मृतक परिवारहरुलाई क्रिया खर्च वापत जनही २५ हजार रुँपैया सहयोग गर्ने निर्णय समेत गरेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिएका छन् ।
विपद्का बेला उच्च जोखिममा काम गर्नेहरु नगदसहित सम्मानित
सारांश
- गाउँपालिकाले आफ्नो चौथो गाउँसभाको अवसरमा कोरोना महामारी तथा विपदको बेला योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
- सम्मानित हुनेहरुमा कोरोनाको उच्च जोखिमका बीच क्वारेन्टाइनमा बसेका आसंकितहरुका लागि खान पकाएर खुवाउने भान्से, आसंकितहरुको स्वास्थ्य परिक्षणमा खटिने स्वास्थ्यकर्मी, क्वारेन्टाइन सुरक्षार्थ खटिने सुरक्षाकर्र्मी तथा आसंकित र संक्रमितलाई सम्बन्धीत स्थानमा पु¥याउने एम्बुलेन्स चालकसम्म छन् ।
- सम्मानितहरुमा भान्से कैलु मण्डल, बिरेन्द्र साह, एम्बुलेन्स चालक अमरेन्द्र देव तथा क्वारेन्टाईन ब्यवस्थापन र परिक्षणतर्फ खटिएका सन्तोष कुमार झा, रन्जन कुमार यादव, प्रधानाध्यापक विपिन झा र सन्तोष सिंह लगायत छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया