राजविराज÷जिहाद (हिंसा) मा संलग्नलाई कारवाही तथा हिन्दु राष्ट्रको माग गर्दै शनिबार राजविराजमा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय एकता अभियानको अगुवाईमा गाउँ गाउँबाट आएका हिन्दु धर्मावलम्बीहरुले जिहादको बिरुद्ध तथा हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शन गरेका हुन् ।
स्थानिय शिवमन्दिको प्राङ्गणबाट निस्केको जुलुसका सहभागिहरुद्वारा प्रदर्शनका क्रममा हिन्दु राष्ट्र कायम गर, हिन्दु धर्मावलम्बीमाथी जिहाद (हिंसा) गर्नेहरुमाथी कारवाही गर लगायतका नाराबाजी गरिएको छ ।
प्रदर्शनमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । मुलुकका विभिन्न ठाउँमा एक समुदायबाट हिन्दु माथी हिंसाको गतिविधी बढेकाले त्यसलाई रोक्न र नेपाललाई हिन्दु राष्ट्र घोषणाका लागि दबाब दिन जनजागरण अभियान अन्तरगत प्रदर्शन गरिएको अभियानका राष्ट्रिय अध्यक्ष बिनय यादवले बताए ।
हिन्दु धर्मावलम्बीमाथी एक पछि अर्को आक्रमणका घटना हुन थालेपछि यसलाई रोक्न सरकारलाई दबाब तथा हिन्दुवादीलाई संगठित गर्न जनजागरण अभियान चलाइएको अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहले बताइन् ।
प्रदर्शन पश्चात् अभियानकी जिल्ला अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा आयोजित सभाका सहभागिहरुले हिन्दु राष्ट्र कायम तथा हिन्दु धर्मको संरक्षणका लागि अभियानलाई देशैभर घनिभुत ढंगले अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।
जिहाद बिरुद्ध कारवाही र हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन
सारांश
- प्रदर्शनमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
- मुलुकका विभिन्न ठाउँमा एक समुदायबाट हिन्दु माथी हिंसाको गतिविधी बढेकाले त्यसलाई रोक्न र नेपाललाई हिन्दु राष्ट्र घोषणाका लागि दबाब दिन जनजागरण अभियान अन्तरगत प्रदर्शन गरिएको अभियानका राष्ट्रिय अध्यक्ष बिनय यादवले बताए ।
- हिन्दु धर्मावलम्बीमाथी एक पछि अर्को आक्रमणका घटना हुन थालेपछि यसलाई रोक्न सरकारलाई दबाब तथा हिन्दुवादीलाई संगठित गर्न जनजागरण अभियान चलाइएको अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहले बताइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया