जनकपुरधाम÷प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले हालै ल्याएको मिडिया विधेयक पत्रकारहरुलई अंकुश लगाउने प्रयास स्वरुप ल्याइएको आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघ प्रदेश २ को प्रथम साधारणसभालाई शुक्रबार जनकपुरधाममा सम्बोधन गर्दै मुख्य मन्त्री राउतले मिडिया विधेयकले संघीयता अझ कमजोर बन्ने अवस्था आउने जिकिर समेत गरे ।
उनले संघीय सरकारले पत्रकारहरुलाई असुरक्षित महसुस गराउनु दुःखद भएको बताउँदै यो पनि संघीयतालाई समाप्त गर्ने कदम भएको उल्लेख गरे ।
उनले सरकारबाटै पत्रकारहरुले असुरक्षित महसुस गर्नु कुनै पनि हालतमा ठीक हुन नसक्ने बताए । मिडिया क्षेत्रलाई नियन्त्रणमा लिए संघीयता समाप्त पार्न सजिलो हुने मुख्यमन्त्रीको भनाई छ । यस्तै मुख्य मन्त्री राउतले पत्रकारहरु पूर्वाग्रह र कसैको मुख नहेरी समाचार लेख्न आग्रह समेत गरे ।
प्रदेश सरकारले ल्याएको मिडिया विधेयकमा पत्रकारलाई रु एक करोडसम्म जरिवाना गर्ने उल्लेख गरिनु कर्मचारीको बदमासी भएको भन्दै उनले प्रदेश सरकार जहिल्यै पनि मिडियामैत्री बन्ने बताए । उनले प्रदेश सरकारले बनाउने नियम र कानुनहरु पत्रकारमैत्री हुने बताउँदै उनले आफूहरुले पत्रकारको भूमिकालाई नबिर्सेको र नबिर्सिने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेशमा पत्रकारको स्वतन्त्रता कुनै पनि हालतमा हनन हुन नदिने प्रतिबद्वता जनाए ।
उनले आफूहरुले ल्याएको संचार विधेयकमा पत्रकारहरुलाई जरिवाना लगाउने कुरा इरर भएको बताउँदै आफूले भोलिपल्ट नै त्यसलाई विज्ञप्ती मार्फत् सच्चयाउने बताइसकेको स्मरण गराउँदै आफूहरु पत्रकारमैत्री प्रदेश बनाउन लागेको बताए ।
प्रदेशभित्रका मिडिया हाउसको स्तरन्नोतिका लागि आफूहरुले काम गरिरहेको बताउँदै उनले पत्रकारहरुको विमा सम्बन्धी कामलाई पनि अघि बढाइने बताए ।
सोही कार्यक्रममा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले संघीय सरकारको सम्बन्ध जनतासँग विच्छेद भइसककेो बताउँदै अब जनता नै सरकारबिरुद्व उत्रेको बताए ।
कार्यक्रममा प्रदेश २ का नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल, वरिष्ठ पत्रकार हरिहर बिरही, नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्यद्वय अवधेश झा र सुरेश यादव, नेपाल पत्रकार महासंघका प्रदेश सल्लाहकार बिरेन्द्र रमण, संघीय प्रेस फोरमका प्रदेश अध्यक्ष श्यामसुन्दर यादव सहितकाले बोलेका थिए ।
मिडिया विधेयक पत्रकारहरुलई अंकुश लगाउने प्रयास स्वरुप ल्याइएको छ ः मुख्यमन्त्री राउत
सारांश
- उनले सरकारबाटै पत्रकारहरुले असुरक्षित महसुस गर्नु कुनै पनि हालतमा ठीक हुन नसक्ने बताए ।
- मिडिया क्षेत्रलाई नियन्त्रणमा लिए संघीयता समाप्त पार्न सजिलो हुने मुख्यमन्त्रीको भनाई छ ।
- यस्तै मुख्य मन्त्री राउतले पत्रकारहरु पूर्वाग्रह र कसैको मुख नहेरी समाचार लेख्न आग्रह समेत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया