विवाह अगावै बच्चा जन्माएकी  किशोरीको विचल्ली,  न्यायका लागि आग्रह

राजविराज राजविराज
|
सोमबार, पौष २२, २०८१
|
|
१३६३ पटक हेरिएको
Shares
विवाह अगावै बच्चा जन्माएकी  किशोरीको विचल्ली,  न्यायका लागि आग्रह

सारांश

  •     छिमेकी एक युवासँग प्रेममा परेकी सन्तोषी कुमारी मण्डल गर्भवती भएपछि प्रेमी नै फरार भएका कारण विचल्लीमा परेकी हुन ।
  •       नेपाल पत्रकार महासंघ सप्तरीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सन्तोषी र उनका आमा बुबाले न्यायका लागि अपिल गरेका छन ।
  •       विहेको प्रलोभन देखाई छिमेकी २२ वर्षिय प्रमोद कुमार मण्डलले पटक÷पटक शारिरीक सम्बन्ध कायम गरी गर्भवती बनाएर फरार भएपछी उनी न्याय खोज्दै बुवा आमासहित सदरमुकाम राजविराज आईपुगेका हुन ।

दैनिक समाचारदाता
राजविराज, २२ पुस ।

    सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ हाटीकी १५ वर्षिया एक किशोरी विच्चलीमा परेकी छिन । 
    छिमेकी एक युवासँग प्रेममा परेकी सन्तोषी कुमारी मण्डल गर्भवती भएपछि प्रेमी नै फरार भएका कारण विचल्लीमा परेकी हुन । 
    नेपाल पत्रकार महासंघ सप्तरीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सन्तोषी र उनका आमा बुबाले न्यायका लागि अपिल गरेका छन । 
    विहेको प्रलोभन देखाई छिमेकी २२ वर्षिय प्रमोद कुमार मण्डलले पटक÷पटक शारिरीक सम्बन्ध कायम गरी गर्भवती बनाएर फरार भएपछी उनी न्याय खोज्दै बुवा आमासहित सदरमुकाम राजविराज आईपुगेका हुन । 
    एक वर्ष पुरानो घटनाको जिल्लामा कतै कुनै सुनवाई नभएपछि न्याय खोज्दै राजविराज आईपुगेका मण्डल परिवारले गर्भ नफालेकी संतोषीलाई अब बच्चालाई कसरी हुर्काउने भन्ने चिन्ताले थप पीडा भएका बताए । 
    स्थानीय प्रमोदले आफुलाई गर्भवती बनाएर फरार भएको बताउँदै सन्तोषीले शुरुमा विहे गर्छु भन्दै शारिरीक सम्बन्ध बनाएको तर पछि गएर गर्भ वसेपछि प्रमोद अचानक सम्र्पक विहीन भएको बताइन् । 
    घटना सार्वजनिक भएपछी गाउँमा पटक÷पटक समाजका अगुवाले दवाव बनाएर फरार केटाका आमा बुआलाई घरमा राख्न लगाएको तर १५ दिन नवित्दै छोरीलाई घर निकाला गरिदिएको पत्रकार सम्मेलनमा आमा शियावतीले बताईन । बुवा जगतका अनुसार सूरुमा प्रमोदलाई बाहिर पठाई लुकाइएको र त्यसपछी उनका परिवारले छोरीलाई ३÷४ लाख रुपैया दिने सम्मको प्रलोभन दिदै गर्भ फाल्न दवाब दिने प्रयास गरेको बताए । 
    तर छोरीले विवाह गर्ने बाचा गरेका कारण गर्भ नफाल्ने र प्रमोद संगै विहे गर्ने अडान राखेका कारण घर निकालामा परेको बुवा जगतले सुनाए । 
    गरिब परिवारकी संतोषी प्रमोद कै घरमा भाडावर्तन माझ्ने (नोकरानी) को काम गर्थिन । सोही वेला प्रमोदले विहेको प्रलोभन देखाई पटक पटक शारिरीक सम्बन्ध कायम गरेको संतोषीले सुनाईन । 
    प्रेमको नाममा धोखा दिने प्रमोद माथी उनी छिन्नमस्ता प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयमा २०८० माघ ३ गते जाहेरी समेत दिइसकेकी छिन । तर प्रहरीले अहिले सम्म प्रमोदलाई पक्राउ गर्न सकेको छैन ।
    पीडित सन्तोषी तथा उनका आमा बुवाले प्रमोदलाइ पक्राउ गरेर कारवाही गर्नु भन्दा पनि उनी संगै सुरक्षित साथ श्रीमान श्रीमतीको रुपमा वस्ने वातावरण बनाई दिनु पर्ने माग गरेका छन । पत्रकार सम्मेलनमा संतोषीकी बृद्ध आमा बुवाले छोरीले न्याय न पाए पुरै परिवार आत्मदाह गर्न बाध्य हुने जनाएका छन ।    
    यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले संतोषीलाई गर्भवती बनाएर फरार रहेका प्रमोद उपर २०८० साल मै जबरजस्ती करणी मुद्दा दर्ता गरी कारवाही प्रकृया अघि बढाएको बताए । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा ३ प्रतिशत मात्र धान रोपाई 
राष्ट्रिय दुग्ध विकास बोर्डको निर्देशकमा सप्तरीका डा. यादव
राष्ट्रिय दुग्ध विकास बोर्डको निर्देशकमा सप्तरीका डा. यादव
मुटु रोगको निःशुल्क उपचार शिविरमा  दुई सय भन्दा बढीले पाए उपचार 
मुटु रोगको निःशुल्क उपचार शिविरमा  दुई सय भन्दा बढीले पाए उपचार 
राप्रपा अध्यक्ष लिङ्देनलाई कारवाही गर्न माग गर्दै काँग्रेसले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
राप्रपा अध्यक्ष लिङ्देनलाई कारवाही गर्न माग गर्दै काँग्रेसले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
वर्षौदेखी अतिक्रमित हटियाको जग्गा ठूलो  संख्यामा सुरक्षाकर्मी परिचालन गरि हटाइयो
वर्षौदेखी अतिक्रमित हटियाको जग्गा ठूलो  संख्यामा सुरक्षाकर्मी परिचालन गरि हटाइयो
अशक्तलाई ह्विलचियर र छात्रालाई साईकल 
अशक्तलाई ह्विलचियर र छात्रालाई साईकल 
पिएम कप महिला क्रिकेट छनोट  खेलमा राजविराज बिजयी
पिएम कप महिला क्रिकेट छनोट  खेलमा राजविराज बिजयी

छुटाउनुभयो कि ?