दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।
आधारभुत शिक्षा कार्यक्रम अन्तरगत बिभिन्न गाउँपालिका र नगरपालिकाको बिद्यालयमा अध्यनरत करिब आठ सय छात्र÷छात्राहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । सेभ द सप्तरी तथा सेभ द चिल्ड्रेनको सहयोगमा संचालित समुन्नति कार्यक्रम अन्र्तगत जिल्लाको तिलाठी कोइलाडी, बिष्णुपुर, छिन्नमस्ता गाउँपालिका तथा राजविराज नगरपालिकाको वडा नंं. १, ५, १४, १५ र १६ का बिपन्न तथा जेहेन्दार छात्र÷छात्राहरुलाई शैक्षिक सामग्रीसहित स्कुल जाने ब्याग बितरण गरिएको सेभ द सप्तरीका फिल्ड अधिकृत दुगानन्द शर्माले बताए ।
जिल्लाको तिलाठी कोइलाडी, बिष्णुपुर, छिन्नमस्ता गाउँपालिका तथा राजविराज नगरपालिकामा कार्यक्रमहरुको आयोजना गरि सो शैक्षिक सामाग्री बितरण गरिएको जनाइएको छ ।
उक्त गाउँपालिका र नगरपालिकाका कक्षा १ देखि ५ सम्म अध्यनरत छात्र÷छात्राहरुलाई करिब ८०० पिस स्कुल ब्याग, कपी, डटपेन, इरेजर, कटर लगायतका शौक्षिक सामग्री प्रदान गरिएको अर्का फिल्ड अधिकृत मुकेश कुमार मंडलले जानकारी दिए ।
आठ सय छात्र÷छात्रालाई शैक्षिक सामग्रीसहित ब्याग बितरण
सारांश
- जिल्लाको तिलाठी कोइलाडी, बिष्णुपुर, छिन्नमस्ता गाउँपालिका तथा राजविराज नगरपालिकामा कार्यक्रमहरुको आयोजना गरि सो शैक्षिक सामाग्री बितरण गरिएको जनाइएको छ ।
- उक्त गाउँपालिका र नगरपालिकाका कक्षा १ देखि ५ सम्म अध्यनरत छात्र÷छात्राहरुलाई करिब ८०० पिस स्कुल ब्याग, कपी, डटपेन, इरेजर, कटर लगायतका शौक्षिक सामग्री प्रदान गरिएको अर्का फिल्ड अधिकृत मुकेश कुमार मंडलले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया