जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, भाद्र २२, २०८३
|
|
१४१ पटक हेरिएको
Shares
जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

सारांश

  • सोही आन्दोलनमा शहीद भएकाहरुको सम्झनामा भदौ २३ गते मंगलबार सरकारले देशभरी सार्वजनिक बिदा दिएको छ ।
  • भदौ २३ गते काठमाडौंबाट सुरु भएको उक्त आन्दोलन बिस्तारै मुलुकभर फैलिएको थियो ।
  • भदौं २४ गते भएको आन्दोलनका क्रममा संसद भवन, सिंहदरबार, विभिन्न पार्टी कार्यालय, शिर्ष नेताहरुको घर, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनीका साथै उनीमाथी कुटपिट तथा उनका श्रीमती एवं पूर्वपर्राष्ट्र मन्त्री आरजु देउवमाथी कुटपिट लगायतका घटना भएको थियो ।
नवीनकुमार गुप्ता
राजविराज, २२ भदौ । 
नेपालमा जेनजी आन्दोलनको आज एक वर्ष पुरा भएको छ । मुलुकमा सुशासन र भ्रष्टाचारविरुद्ध नवपुस्ताको आह्वानमा गत वर्ष भदौं २३ गते काठमाडौंबाट सुरु भएको उक्त आन्दोलनका क्रममा ७६ जनाले शहादत प्राप्त गरेका थिए । पहिलो दिन १९ जना गरि आन्दोलन अवधीमा ७६ जनाले सहादत प्राप्त गरेका थिए ।
सोही आन्दोलनमा शहीद भएकाहरुको सम्झनामा भदौ २३ गते मंगलबार सरकारले देशभरी सार्वजनिक बिदा दिएको छ । भदौ २३ गते काठमाडौंबाट सुरु भएको उक्त आन्दोलन बिस्तारै मुलुकभर फैलिएको थियो । भदौं २४ गते भएको आन्दोलनका क्रममा संसद भवन, सिंहदरबार, विभिन्न पार्टी कार्यालय, शिर्ष नेताहरुको घर, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनीका साथै उनीमाथी कुटपिट तथा उनका श्रीमती एवं पूर्वपर्राष्ट्र मन्त्री आरजु देउवमाथी कुटपिट लगायतका घटना भएको थियो । आन्दोलनका क्रममा विभिन्न पार्टीका नेताहरुमाथी हातपात, उनीहरुको निवास, गाडी लगायतमा तोडफोडका घटना भएको थियो ।
जेनजी आन्दोलनको एक बर्ष बितिसक्दा पनि सप्तरीमा पुर्ण रुपमा क्षतिग्रत सरकारी कार्यालयको भने निर्माण हुन सकेको छैन् ।
सामान्य क्षति पुगेका कार्यालयहरुले आफ्नै स्रोतबाट सेवाप्रवाह सुचारु गरेको भएपनि पुर्ण रुपमा क्षतिग्रत भएका कार्यालयहरु भने यथाअवस्थामै रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले बताए ।
उनले पूर्णरुपमा जलेका सवारीसाधनहरुको लगत कट्टाका लागि पहल गरिएको भन्दै पुनर्निमाणको बारेमा कुनै प्रक्रिया अगाडी नबढेको जानकारी दिए ।
जिल्लाको सरकारी कार्यालयहरु मध्ये सबै भन्दा बढी क्षति भएका राजविराज नगरपालिकाको भवन अहिले सम्म गत भदौ २४ गतेकै अवस्थामा छ । जेनजी आन्दोलनको क्रममा भएको आगजनीका कारण भवनमा बसेर काम गर्ने अवस्था नरहेको कार्यवाहक नगरप्रमुख इसरत परवीनले बताईन् । उनले नयाँ भवन निर्माणका लागि स्टीमेट बनाएर पठाए पनि संघ र प्रदेश सरकारले कुनै चासो नदेखाएको गुनासो समेत पोखिन् ।
“पुनर्निमाणका लागि कतैबाट सहयोग प्राप्त भएन, नगरपालिकाले आफ्नै स्रोतबाट नयाँ भवन बनाउने प्रक्रिया अगाडी बढाएको छ, जसको लागि ७ करोड बजेट समेत विनियोजन गरिएको छ” उनले भनिन् ।
भवनकै अभावमा राजविराज नगरपालिका अहिले भाडा लगाएर आम्दानी गर्दे आएका सटरहरुमा विभिन्न फाँट राखेर सेवा प्रवाह गर्दे आएको उनले जानकारी दिए ।
गत वर्ष भदौ २४ गते सप्तरी सदरमुकाम राजविराजस्थित विभिन्न सरकारी कार्यालय र त्यहाँ रहेका सवारीसाधनहरुमा आगजनी, विभिन्न राजनीतिक दलका कार्यालय तथा जनप्रतिनिधिहरुको घरमा तोडफोड र आगजनी भयो । प्रदर्शनकारीले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको भवनमा तोडफोड समेत गरेका थिए ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको घट्नामा सप्तरीको विभिन्न पालिका र जिल्लास्थित सरकारी कार्यालयमा गरी ७५ करोड भन्दा बढीको क्षती भएको थियो । आन्दोेलनका क्रममा जिल्लास्थित पालिका र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट ७५ करोड ४५ लाख २ हजार ८३ रुपैया बराबरको कुल क्षती भएको प्रहरी तथ्याङ्कले देखाएको थियो ।
तोडफोड आगजनीबाट जिल्ला भरका सरकारी कार्यालयका १ सय १३ वटा चार पाँग्रे र १ सय ११ वटा मोटरसाईकल समेत पुर्णरुपमा नष्ट भएको सप्तरी प्रहरीले तयार पारेको क्षतीग्रस्त संरचनाको सँख्यात्मक लगत विवरणमा देखिएको छ ।
आन्दोलकारीले गरेको तोडफोड र आगजनीबाट सर्वाधिक क्षती राजविराज नगरपालिका कार्यालयलाई पुगेको थियो । यस कार्यालयमा ३० करोड बराबरको क्षती भएको प्रहरीले खडा गरेको लगत विवरणले देखाएको थियो ।
सप्तरी जिल्ला अदालत राजविराजमा ७ करोड ५५ लाख, उच्च अदालत जनकपुृर–राजविराज इजलाशमा ६ करोड ५० लाख, भौतिक पुर्वाधार विकास कार्यालयमा ४ करोड २५ लाख, संघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयमा २ करोड ४३ लाख ७५ हजार, शहरी विकास कार्यालयमा २ करोड १५ लाख, उच्च सरकारी वकिल कार्यालयमा २ करोड ७ लाख ८ सय ४० तथा जिल्ला निर्वाचन कार्यालयमा १ करोड ४७ हजार ४ सय ९९ रुपैयाको क्षती भएको थियो ।
यस्तै नापी कार्यालयमा १ करोड ४५ लाख ११ हजार, डिभिजन बन कार्यालयमा १ करोड ७१ लाख ८१ हजार ९ सय ४०, माटो तथा मल परिक्षण प्रयोगशाला कार्यालयमा १ करोड २१ लाख ४९ हजार ७ सय २३, बोदेबर्साइन नगरपालिका कार्यालयमा ९० लाख, करदाता सेवा कार्यालय राजविराजमा ७ लाख, यातायात व्यवस्था कार्यालयमा ७० लाख, जिल्ला सरकारी वकिल कार्यलयमा ६१ लाख २५ हजार, जिल्ला समन्वय समितीमा ५० लाख, खडक नगरपालिका कार्यालयमा ६८ लाख ८३ हजार ५ सय, सप्तरी कारागार कार्यालयमा ४० लाख र जिल्ला हुलाक कार्यालयमा ३८ लाख ३१ हजार २० रुपैया बराबरको सम्पती नष्ट भएको थियो ।
यसैगरि राजविराज नगरपालिकाको ६ नम्बर वडा कार्यालयमा ४० लाख, ट्राफिक कार्यालयमा १८ लाख, अग्नीसाईर कृष्णासबरण गाउँपािलका कार्यालयमा १७ लाख, राजविराज नगरपालिका वडा नं. ४ कार्यालयमा २८ लाख, महदेवा गाउँपालिका वडा नं. ४ कार्यालयमा २५ लाख, बोदेवर्साइन नगरपालिकाको वडा नं. ५ को कार्यालय, हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नं. १ को कार्यालय, बोदेबर्साइन नगरपलिाकाको १० नम्बर वडा कार्यालय र कंचनरुप नगरपालिकाको कार्यालयमा १५÷१५ लाख बराबरको क्षती भएको मुल्याङ्कन गरिएको थियो ।
बलानविहुल गाउँपालिकाको कार्यलयमा ११ लाख, इलाका प्रहरी कार्यालय बोदेबसाईनमा १२ लाख, जिल्ला समन्वय तथा सुचना प्रहरी युनिटमा १५ लाख, राजगढ गाउँपालिका कार्यालयमा १० लाख ५३ हजार, विष्णुपुर गाउँपालिका कार्यालयमा १० लाख, भुमि समस्या समाधान आयोग कार्यालयमा ९ लाख ९५ हजार १ सय, इलाका प्रशासन कार्यालय बोदेवसाईनमा १० लाख, सूरुंगा नगरपालिका कार्यालयमा ९ लाख र डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० को कार्यालयमा ८ लाख बराबरको क्षती भएको थियो ।
बोदेवसाईन नगरपालिकाको वडा नम्बर ९ को कार्यालयमा ५ लाख, तिरहुत गाउँपालिका कार्यालयमा ४ लाख, राजविराज नगरपालिका वडा नम्बर ८ को कार्यालयमा ३ लाख ७३ हजार तथा उच्च अदालत सुरक्षा गार्ड कार्यालयमा ३ लाख ५० हजार बराबरको क्षती भएको छ ।
शम्भुनाथ नगरापालिका कार्यालयमा ३ लाख ९५ हजार, अस्थायी ट्राफिक पोष्ट कदमहामा २ लाख ५० हजार, राजविराज नगरपालिका वडा नं. ३ को कार्यालयमा २ लाख ५० हजार बोदेबसाईन नगरपालिकाको ७ नं. वडा कार्यालयमा २ लाख, तिलाठी कोइलाडी गाउँपािलिकाको कार्यालयमा १ लाख ४४ हजार, अग्नीसाईर कृष्णा सवरण गाउँपालिकाको कार्यालयमा १ लाख ५० हजार र खडक नगरपालिकाको ७ नं. वडा कार्यालयमा १ लाख १२ हजार मुल्य बराबरको सम्पती नष्ट भएको थियो ।
यस्तै बलानविहुल गाउँपालिकाको कार्यालयमा १ लाख ५५ हजार, इलाका प्रहरी कार्यालय कल्याणपुरमा १ लाख, हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालयमा ५० हजार र प्रहरी चौकी मौवाहामा ३५ हजार मुल्य बराबरको क्षती भएको प्रहरीले खडा गरेको क्षतीग्रस्त संरचनाको लगत विवरणले देखाएको थियो ।
आन्दोलनकै क्रममा डिभिजन वन कार्यालय सप्तरीमा आगजनी, तोडफोडपछी लुटपाटबाट १ करोड ७१ लाख ८१ हजार ९ सय ४० रुपैयाँ मुल्य बराबरको क्षति भएको थियो । आगजनीबाट ७० लाख रुपैयाँ बराबरको भवन पूर्ण रुपमा क्षति भएको थियो ।
यस्तै जिल्लाको विभिन्न स्थानमा रहेको प्रहरी कार्यालय र युनिटमा भएको तोडफोड र आगजनीबाट ३१ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाका राजनीतिक दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको घरमा समेत आक्रमण, तोडफोड र आगजनी गरी क्षति पुर्याइएको थियो । जिल्लाको विभिन्न स्थानमा नेपाली काँग्रेस, नेकपा एमाले, जसपा नेपाल, जनमत पार्टी, नेकपा एस, नेकपा माओवादी केन्द्रलगायतको पार्टी कार्यालयका साथै केही नेता, जनप्रतिनिधिहरुको घरमा पनि तोडफोड र आगजनी गरी एक करोड भन्दा बढीको क्षति पुगेको थियो ।
सप्तरी प्रहरीको तथ्याङ्क अनुसार आन्दोलनको क्रममा राजविराजस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनीबाट सर्वाधिक ३२ लाख ६२ हजार ५ सय मुल्य बराबरको सम्पती नष्ट भएको थियो ।
जनमत पार्टीको जिल्ला कार्यालयमा १७ लाख २८ हजार सात सय ५० र कञ्चनरुप नगरपालिकास्थित नेकपा एमाले पार्टी कार्यालयमा १४ लाख ५३ हजार पाँच सय रुपैयाँको क्षति भएको थियो ।
राजविराजस्थित जसपा नेपालको जिल्ला पार्टी कार्यालयमा १० लाख ६३ हजार सात सय ६५ तथा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताको घरमा भएको तोडफोड र आगजनीबाट १० लाख रुपैया बराबरको सम्पति नष्ट भएको थियो ।
नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा पाँच लाख ५० हजार तथा नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा ४ लाख ४१ हजारको सम्पती तोडफोड र आगजनी गरी नष्ट भएको थियो ।
यस्तै माओवादी नेता एवं पुर्व मन्त्री उमेश यादको घरमा तोडफोड बाट ५ लाख, एमाले नेता सुमन प्याकुरेलको घरमा एक लाख ४१ हजार र सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्ण ढकालको घरमा भएको तोडफोडबाट पाँच हजार गरी कुल १ करोड एक लाख ४५ हजार १५ रुपैयाँ मुल्य बराबरको क्षति भएको प्रहरी तथ्यांकले देखाएको थियो ।
भदौ २५ गते राजविराजस्थित सप्तरी कारागार कार्यालयको पर्खाल फोडेर कैदीहरु फरार भएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते
प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन
प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन
मधेस प्रदेश सरकारद्वारा सुरक्षा  निकायलाई सवारी साधन हस्तान्तरण
मधेस प्रदेश सरकारद्वारा सुरक्षा  निकायलाई सवारी साधन हस्तान्तरण
१८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाए
१८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाए
अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ
अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
नागरिकता प्रकरणमा ः उपप्रमुख यादवलाई  अनुसन्धानका लागि पुनः चार दिन म्याद थप
नागरिकता प्रकरणमा ः उपप्रमुख यादवलाई  अनुसन्धानका लागि पुनः चार दिन म्याद थप
छिन्नमस्तामा सामुदायिक भवन बन्ने
छिन्नमस्तामा सामुदायिक भवन बन्ने
दुई सय घरेलु मदिरा नष्ट
दुई सय घरेलु मदिरा नष्ट

छुटाउनुभयो कि ?

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने

शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने

सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी

सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी

घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

हजारौंको सहभागितामा राजविराजमा रथयात्रा

हजारौंको सहभागितामा राजविराजमा रथयात्रा

राजविराज उच्च अदालत बार एशोसिएशनको  अध्यक्षमा तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएशनको  अध्यक्षमा तीन जनाको उम्मेदवारी

प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन 

प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन 

रसुवाको बाढीमा सप्तरीका एक जनाको मृत्यु, जिल्लाका ४९ र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कबिहीन

रसुवाको बाढीमा सप्तरीका एक जनाको मृत्यु, जिल्लाका ४९ र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कबिहीन