दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले महादेवा अग्निपीडितहरुका लागि प्रदेश सरकारले आवास बनाइदिने घोषणा गरेका छन् ।
बिहीबार अग्निपीडितहरुको अवस्था बुझ्न घटनास्थलको निरिक्षण गर्ने क्रममा उनले यस्तो घोषणा गरेका हुन् । घटनास्थल निरिक्षणको क्रममा अग्निपीडितहरूले मुख्यमन्त्री समक्ष आफ्नो दुखेसो पोखेका थिए ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ चिम्टीमा मंगलबार भएको भिषण आगलागिमा सर्वस्व गुमाएका अग्निपीडितहरुको अवस्था बुझ्न उनी घटनास्थलमै पुगेर पीडितहरुको अवस्थाबारे समेत जानकारी लिएका हुन् ।
मंगलबार चिम्टीमा भएको आगलागीमा परेर ४७ बढी परिवारको सर्वस्व गुमेको छ । निरिक्षणको क्रममा बन तथा वातावरण मन्त्री भरत साह, प्रदेश सभा सदस्य मनिष सुमन, किरण साह, माला कर्ण, मधेश सरकारका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह सहितको उपस्थिति रहेको थियो । बिहिबार दिउँसो काठमाडौंबाट राजविराज विमानस्थल पुगेका मुख्यमन्त्री घटनास्थल पुगेका थिए ।
प्रदेश सरकारले अग्निपीडितका लागि आवास बनाइदिने ः मुख्यमन्त्री यादव
सारांश
- बिहीबार अग्निपीडितहरुको अवस्था बुझ्न घटनास्थलको निरिक्षण गर्ने क्रममा उनले यस्तो घोषणा गरेका हुन् ।
- घटनास्थल निरिक्षणको क्रममा अग्निपीडितहरूले मुख्यमन्त्री समक्ष आफ्नो दुखेसो पोखेका थिए ।
- सप्तरीको महादेवा गाउँपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया