दैनिक समाचारदाता
राजबिराज, २३ असोज ।
अपाङ्गता भएका ब्यक्तीहरूको सवालमा एकजुट हुनुपर्ने शनिबार राजविराजमा आयोजित एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन ।
सगरमाथा अपांग कल्याण, समाबेशी अपांग, बौद्विक अपांगसहितका ७ वटा संस्थाहरूद्वारा वडा दशैको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सो कुरामा जोड दिएका हुन् ।
उक्त अबसरमा राष्ट्रिय अपांग महासंघका केन्द्रिय महासचिव राजु बस्नेतले अपांगताहरूको सवालमा सबै अपांगता भएका संघ संगठनहरू एकजुट हुनुपर्नेको विकल्प नरहेको बताए । उनले राष्ट्रिय जनगणनामा अपांगता भएका कुनै ब्यक्ती नछुटने गरी सबैलाई आ–आप्mनो ठाउवाट सहभागी हुन आग्रह समेत गरे ।
महासचिव बस्नेतले अपाङ्गताको सवालहरूलाई स्थानीय तहको योजना तथा कार्यक्रमहरूमा राष्ट्रिय अपाङ्ग महासंघ प्रयासरत रहेको दाबी गरे । सात वटै प्रदेशका स्थानीय पालिकाहरुका नीति, कानुन र विकासका कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई समावेशीकरण गर्न र गराउने उद्देश्य अपाङ्गता समावेशी विकास कार्यक्रम गर्दै आएको उल्लेख गरे ।
समाबेशी अपांग संघ सप्तरीका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रममा बौद्विकता अभिभावक अपांग संघका अध्यक्ष जगदिश अर्याल, अपांग पुर्णस्थापन केन्द्रका अध्यक्ष शिव प्रसाद यादब, सगरमाथा अपांग कल्याण संघका उपाध्यक्ष उमेश कुमार चौधरी, सप्तरी दृष्टिबिहिन अपांगका अध्यक्ष चन्द्रशेखर झा, रामचन्द्र यादब लगायतले अपांगता भएका ब्यक्तीहरूको पहुँच र दिगो बिकासका लागी सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
अपाङ्गताहरूको अधिकारका सवालमा एकजुट हुनुपर्नेमा जोड
सारांश
- सगरमाथा अपांग कल्याण, समाबेशी अपांग, बौद्विक अपांगसहितका ७ वटा संस्थाहरूद्वारा वडा दशैको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सो कुरामा जोड दिएका हुन् ।
- उक्त अबसरमा राष्ट्रिय अपांग महासंघका केन्द्रिय महासचिव राजु बस्नेतले अपांगताहरूको सवालमा सबै अपांगता भएका संघ संगठनहरू एकजुट हुनुपर्नेको विकल्प नरहेको बताए ।
- उनले राष्ट्रिय जनगणनामा अपांगता भएका कुनै ब्यक्ती नछुटने गरी सबैलाई आ–आप्mनो ठाउवाट सहभागी हुन आग्रह समेत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया