उद्योग दिवसमा पाँच महिलासहित १६ उद्यमी सम्मानित

राजविराज राजविराज
|
शनिबार, मंसिर ९, २०८०
|
|
२० पटक हेरिएको
Shares
उद्योग दिवसमा पाँच महिलासहित १६ उद्यमी सम्मानित

सारांश

  •     नवौं उद्योग दिवस २०८० को अवसरमा शनिबार आयोजित कार्यक्रममा पाँच महिलासहित १६ जना उद्यमीहरुलाई सम्मान गरेको हो ।
  •     घेरलु तथा साना उद्योगबाट स्वकृती लिएर साना लगानीमा स्वरोजगारमूलक कार्य गरि अरुलाई समेत रोजगार प्रदान गर्दै आएका ती १६ जना उद्यमीलाई सम्मान गरिएको कार्यालयका प्रमुख एवं उद्योग अधिकृत रेखा यादवले जानकारी दिइन् ।
  •       सम्मानित हुनेहरुमा विभिन्न बोटबिरुवाको पातको पाउडर बनाएर देश विदेशमा निर्यात गर्न सफल सुरुङ्गा नगरपालिका ६ का लालबहादुर चौधरी, उद्योगबाट साबुन र सर्पm उत्पादन गरेर बिक्रि गर्दै आएका राजविराज ६ का सुनिल कुमार साह, माटाका भाडाहरु निर्माण गर्ने कंचनरुप ५ का सीताराम पण्डित, सिलाई कटाई कार्यमा संलग्न डाक्नेश्वरी ८ की रेणु कुमारी साह, सुरुङ्गा ५ की पारो चौधरी, अर्गेनिक कृषिमा लागेका राजविराज १४ का विद्यानन्द मण्डल, पेपर प्लेट उत्पादन गर्ने हनुमाननगर कंकालिनी ३ का कैलाश दास, लाहाका चुरा बनाउने शम्भुनाथ ३ की लक्ष्मी पासवान, साबुन उत्पादन गर्ने कार्यमा संलग्न कंचनरुप १२ का मिराज अली, नुडल्स् बनाउने कार्यमा संलग्न सोही वडाका मो.

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 

    घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले शनिबार साना लगानीका १६ जना उद्योगि व्यवसायीलाई सम्मान गरेको छ । 
    नवौं उद्योग दिवस २०८० को अवसरमा शनिबार आयोजित कार्यक्रममा पाँच महिलासहित १६ जना उद्यमीहरुलाई सम्मान गरेको हो ।
    घेरलु तथा साना उद्योगबाट स्वकृती लिएर साना लगानीमा स्वरोजगारमूलक कार्य गरि अरुलाई समेत रोजगार प्रदान गर्दै आएका ती १६ जना उद्यमीलाई सम्मान गरिएको कार्यालयका प्रमुख एवं उद्योग अधिकृत रेखा यादवले जानकारी दिइन् ।  
    सम्मानित हुनेहरुमा विभिन्न बोटबिरुवाको पातको पाउडर बनाएर देश विदेशमा निर्यात गर्न सफल सुरुङ्गा नगरपालिका ६ का लालबहादुर चौधरी, उद्योगबाट साबुन र सर्पm उत्पादन गरेर बिक्रि गर्दै आएका राजविराज ६ का सुनिल कुमार साह, माटाका भाडाहरु निर्माण गर्ने कंचनरुप ५ का सीताराम पण्डित, सिलाई कटाई कार्यमा संलग्न डाक्नेश्वरी ८ की रेणु कुमारी साह, सुरुङ्गा ५ की पारो चौधरी, अर्गेनिक कृषिमा लागेका राजविराज १४ का विद्यानन्द मण्डल, पेपर प्लेट उत्पादन गर्ने हनुमाननगर कंकालिनी ३ का कैलाश दास, लाहाका चुरा बनाउने शम्भुनाथ ३ की लक्ष्मी पासवान, साबुन उत्पादन गर्ने कार्यमा संलग्न कंचनरुप १२ का मिराज अली, नुडल्स् बनाउने कार्यमा संलग्न सोही वडाका मो. मनान, होटल व्यवसायीकर्मी रुपनी १ की बिन्दादेवी साह, पुरानो बोतललाई पुनःप्रशोद्धन गरि बिजुलीको पाइप निर्माण गर्ने छत्र नारायण यादव, ब्युटिसियन राजविराज ३ की पुनम गुप्ता, मोटरसाइकल ग्यारेज खोलेका राजविराज ८ का घनश्याम यादव, सिलाई कटाई कार्यमा संलग्न राजविराज ३ का कल्पना साह र छापाखाना संचालन गरेका राजविराज ८ का नवीनकुमार गुप्ता छन् ।
    कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापाले साना उद्योगका उद्यमीहरुले थोरै पूँजीमा स्वरोजगारमूलक कार्य गरिरहेकोप्रति प्रंशसा गर्दै उनीहरुलाई चाहिने आवश्यक प्राविधिक ज्ञान र निगरानीका निम्ति घरेलु कार्यालयलाई सहकार्य गर्न सुझाव दिए । उनले अहिले नेपाल प्रयोगशालाको रुपमा प्रयोग भइरहेको भन्दै यसप्रति चनाखो हुनुपर्नेमा जोड दिए । 
    घरेलु कार्यालयका प्रमुख रेखा यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योगि छत्रनारायण यादव, महिला उद्यमी पारो कुमारी चौधरी, उद्योग बाणिजय संघ सप्तरीका बरिष्ठ उपाध्यक्ष दुर्गानन्द साह, नेपाल पत्रकार महासंघका सभापति श्रवणकुमार देव, घरेलु महासंघका निवर्तमान अध्यक्ष उमेश दाहाल लगायतले जिल्लामा संचालित साना उद्योग र उद्यमीहरुको समस्या, चुनौती र सम्भावनाहरुप्रति प्रकाश पारेका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
“सिरियल किलर” गुलजार डाका र  निर्मलाको हत्यामा पनि संलग्न ः प्रहरी
“सिरियल किलर” गुलजार डाका र  निर्मलाको हत्यामा पनि संलग्न ः प्रहरी
पत्रकारिता क्षेत्रको समस्या समाधानका  लागि आफू गम्भिरः कावा प्रमुख
पत्रकारिता क्षेत्रको समस्या समाधानका  लागि आफू गम्भिरः कावा प्रमुख
कोइलाडीमा स्वास्थ्य चौकी भवन तथा वर्थिङ्ग सेन्टर उद्घाटनसँगै संचालन
कोइलाडीमा स्वास्थ्य चौकी भवन तथा वर्थिङ्ग सेन्टर उद्घाटनसँगै संचालन
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा
आपराधिक उपद्रव मुद्दाको आरोपमा साह पक्राउ
आपराधिक उपद्रव मुद्दाको आरोपमा साह पक्राउ
राजविराजको ६ वटा वडामा जसपा तथा एमाले र लोसपा एक÷एक वडामा निर्वाचित
राजविराजको ६ वटा वडामा जसपा तथा एमाले र लोसपा एक÷एक वडामा निर्वाचित
मविव क्याम्पसका विद्यार्थीद्वारा  दही मेलाको आयोजना 
मविव क्याम्पसका विद्यार्थीद्वारा  दही मेलाको आयोजना 
एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै
एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै
पत्रकार राई र यादव सम्मानित
पत्रकार राई र यादव सम्मानित