लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित

राजविराज राजविराज
|
बुधबार, बैशाख १६, २०८३
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • बुधवार राजविराजको मुटु मै रहेको श्री लक्ष्मिनारायण राधाकृष्ण मन्दिर प्राँगनमा वसेको नगरवासीको बृहत बैठकले आन्दोलन परिचालन समिती नै गठन गरी आन्दोलनमा जाने निर्णय गरेका छन ।
  •      बैठकका सहभागिहरुले राजविराजको मुख्य बजार तथा आसपासका गरि ६८ विगहा क्षेत्रफलमा पुस्तौदेखी बसोवास गर्दै आएका करिब ५ हजार २ सय परिवार हालसम्म लालपूर्जा पाउन नसकेको र नक्शापास समेत रोकिदा समस्यामा परेको भन्दै आन्दोलन चर्काउनुको विकल्प नरहेको सुझाव दिएपछि संर्घषका लागी ३१ सदस्यीय आन्दोलन परिचालन समिती गठन गरिएको समितीका संयोजक युवा अभियन्ता खेलानन्द दासले जानकारी दिए ।
  •       समितीको सदस्यमा उधोग बाणिज्य सप्तरीका महासचिव अमृत संचेतीका साथै घनश्याम साह (घन्सी), विरेन्द्र गुप्ता, घनश्याम दास, राजकुमार साह, मुकेश दास, इन्द्रसागर गुप्ता, प्रेम साह, मो.

दैनिक समाचरादाता
राजविराज, १६ बैशाख ।

    करिब ६५ वर्षदेखी लालपुर्जाका लागी संर्घषरत राजविराज नगरवासीले पुःन आन्दोलन चर्काउने भएका छन ।  स्थानीय र संघीय सरकार समस्या समाधान गर्न गम्भिर नभएको निश्कर्ष सहित आन्दोलनमा जाने निर्णय गरिएको हो । 
बुधवार राजविराजको मुटु मै रहेको श्री लक्ष्मिनारायण राधाकृष्ण मन्दिर प्राँगनमा वसेको नगरवासीको बृहत बैठकले आन्दोलन परिचालन समिती नै गठन गरी आन्दोलनमा जाने निर्णय गरेका छन ।     बैठकका सहभागिहरुले राजविराजको मुख्य बजार तथा आसपासका गरि ६८ विगहा क्षेत्रफलमा पुस्तौदेखी बसोवास गर्दै आएका करिब ५ हजार २ सय परिवार हालसम्म लालपूर्जा पाउन नसकेको र नक्शापास समेत रोकिदा समस्यामा परेको भन्दै आन्दोलन चर्काउनुको विकल्प नरहेको सुझाव दिएपछि संर्घषका लागी ३१ सदस्यीय आन्दोलन परिचालन समिती गठन गरिएको समितीका संयोजक युवा अभियन्ता खेलानन्द दासले जानकारी दिए । 
    समितीको सदस्यमा उधोग बाणिज्य सप्तरीका महासचिव अमृत संचेतीका साथै घनश्याम साह (घन्सी), विरेन्द्र गुप्ता, घनश्याम दास, राजकुमार साह, मुकेश दास, इन्द्रसागर गुप्ता, प्रेम साह, मो.मन्सुुर, रामअशिष स्वर्णकार, सन्तोष साह, दिपेन्द्र दास, कौशर अली, राहुल कुमार ललन, बैजु जोशी, फैयाजद अन्सारी, बद्री स्वर्णकार, उज्जव यादव, संजिब साह, विकास साह, गौरिशंकर साह, विक्की विवेक, रोहीत साह, महेश साह, विमल साह लगायत छन । 
   समितीको पहिलो बैठकले सप्तरीका सबै साँसद, सम्बन्धित मन्त्रालय, राजविराज नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय तथा अन्य सरोकारवाला निकायलाई ७ दिन भित्रै ध्यानाकर्षण पत्र बुझाउने तथा त्यस पछि चरणबद्धरुपमा आन्दोलन कार्यक्रमको. घोषणा गरी अघि बढ्ने निर्णय गरेको संयोजक दासले जानकारी दिए । 
बि.स.२०१६ सालमै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक आसपास घर निर्माण तथा पसल संचालन गरेर बस्दै आएका जग्गा बाहकले हालसम्म लालपूर्जा पाउन सकेका छैनन् । सो जग्गा

    वापत नगरपालिकाबाट पाएको रसिदकै आधारमा बसोवास र विगतमा समस्या परेका बेला सोही रसिदमा उल्लेखीत जग्गा बैंक र बित्तिय संस्थामा धितो राखी ऋण कर्जा लिने गरेका उनीहरु विगत ८ वर्षदेखी सो सेवा सुविधाबाट बञ्चित छन् । 
    बैठकमा सहभागिहरुले पहिले पहिले रसिदकै आधारमा बैंकमा जग्गा धितो राखी ऋण कर्जा पाउदै आएको व्यवस्था पुनः कायम गर्नुपर्ने र यसका लागि आन्दोलनमार्फत सरकारमाथी दबाव दिनुपर्ने माग गरेका छन् । 
   यस अघि गठित संर्घष समितीले पाँच चरणमा आन्दोलन गरी सक्दा पनि माग पुरा नहुदा नगरवासीको बृहत बैठक वसी आन्दोलन परिचालन समिती गठन गरी आन्दोलन चर्काउने निर्णय गरिएको बैठकमा सहभागी समाजसेवी विन्देश्वर प्रसाद साह विन्दीले जानकारी दिए । 
यसअघि जग्गाको लालपुर्जा माग्दै थालिएको आन्दोलनका क्रममा गत २०८१ फागुन १८ गते नगरपालिका, स्थानीय प्रशासन, सुरक्षा निकाय, नापी कार्यालय, मालपोत कार्यालय लगायतका         सरोकारवाला निकायका प्रमुखको उपस्थितिमिा ब्यक्तीको स्वामित्वमा रहेको उक्त जग्गाको लालपूर्जा वितरणका लागि अविलम्ब पहल गर्ने सहमति भएको थियो । तर सो सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै नगरवासी पुनः आन्दोलित भएका हुन् । 
    
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनौतीलाई चिर्दै अवसरमा परिणत गर्नेछु  ः नवनियुक्त क्याम्पस प्रमुख डा. कर्ण 
चुनौतीलाई चिर्दै अवसरमा परिणत गर्नेछु  ः नवनियुक्त क्याम्पस प्रमुख डा. कर्ण 
विद्यालय बन्द रहेको दिनको पनि खाजा भत्ता निकासा, छात्राको स्यानिटरी प्याड महिला कर्मचारीलाई
विद्यालय बन्द रहेको दिनको पनि खाजा भत्ता निकासा, छात्राको स्यानिटरी प्याड महिला कर्मचारीलाई
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
वार्षिक शैक्षिक कार्यक्रम सफल कार्यान्वयनका लागि १८ वटै पालिका अग्रसर
वार्षिक शैक्षिक कार्यक्रम सफल कार्यान्वयनका लागि १८ वटै पालिका अग्रसर
जनज्योतीद्वारा ३६ करोड ९५ लाख आम्दानी गर्ने लक्ष्य
जनज्योतीद्वारा ३६ करोड ९५ लाख आम्दानी गर्ने लक्ष्य
पत्थरगाढामा ग्लोबल बैंक संचालन
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 
एघार महिनाको अवधीमा सप्तरीमा ३२  बालिका तथा ११ महिलामाथी बलात्कार
एघार महिनाको अवधीमा सप्तरीमा ३२  बालिका तथा ११ महिलामाथी बलात्कार