दैनिक समाचारदाता
राजविराज, २७ भदौ ।
कारागार कार्यालय सप्तरीबाट फरार भएकाहरु मध्येबाट थप १५ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ भने जना कैदी मृत फेला परेका छन । ।
प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार सप्तरीको बलान बिहुल गाउँपालिका ४ बस्ने ५० बर्षका कर्तब्य ज्यान मुद्दाका कैदी तुरन्तलाल बरही मृत भेटिएको हुन् । उनी जिल्लाको बिष्णुपुर गाउँपालिका ६ रन्जीतपुरमा रहेको आँपको रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट बिहीबार मात्रै १५ जना र बुधवार भने ३७ जना गरि अहिले सम्म ५२ जना कैदीबन्दीलाई पक्राउ गरिसकको छ । एक जना कैदी भने आफै प्रहरी समक्ष आत्मसर्मपन गरेका छन । त्यस्तै सुनसरीको झुमका कारागारबाट फरार रहेका पाँच जना कैदीलाई सप्तरीबाट पक्राउ गरी उक्त कारागारमा पठाइएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए ।
यता अन्य फरार कैदीबन्दी भारततर्फ भाग्न सक्ने अनुमानका साथ सिमानाका क्षेत्र समेतमा खोज तलास तीब्र बनाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कारागार भित्र आगजनी तथा मुल ढोकाको ताल्चा फुटाएर बुधवार २ सय ५ जना कैदीबन्दी फरार भएका थिए । कारागारमा पुरुष कैदीबन्दीका ‘ए र बी’ गरी दुई ब्लक तथा महिला कैदीबन्दीका लागि छुटै गरी कुल तीन ब्लकमा हाल ३ सय ९७ कैदीबन्दी रहेका थिए ।
थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
सारांश
- प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार सप्तरीको बलान बिहुल गाउँपालिका ४ बस्ने ५० बर्षका कर्तब्य ज्यान मुद्दाका कैदी तुरन्तलाल बरही मृत भेटिएको हुन् ।
- उनी जिल्लाको बिष्णुपुर गाउँपालिका ६ रन्जीतपुरमा रहेको आँपको रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
- प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट बिहीबार मात्रै १५ जना र बुधवार भने ३७ जना गरि अहिले सम्म ५२ जना कैदीबन्दीलाई पक्राउ गरिसकको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया