तीन पार्टीका तीन सप्तरी जिल्ला अध्यक्ष पराजित

राजविराज राजविराज
|
आइतबार, मंसिर ११, २०७९
|
|
८५ पटक हेरिएको
Shares
तीन पार्टीका तीन सप्तरी जिल्ला अध्यक्ष पराजित

सारांश

  •     यस निर्वाचनमा बहालवाला मन्त्रीदेखी पूर्वमन्त्री, पार्टीका जिल्ला अध्यक्ष÷सभापति तथा पार्टीका उच्च ओहोदामा रहेका व्यक्तिहरु समेत पराजित भएका छन् ।
  •       यसैक्रममा सप्तरीमा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका जिल्ला अध्यक्षहरु पराजित भएका छन् ।
  •       प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं.

दैनिक समाचारदाता
राजविराज, ११ मंसिर । 

    मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणामले यस पल्ट धेरैको अनुमानलाई गलत साबित गरिदिएको छ । 
    यस निर्वाचनमा बहालवाला मन्त्रीदेखी पूर्वमन्त्री, पार्टीका जिल्ला अध्यक्ष÷सभापति तथा पार्टीका उच्च ओहोदामा रहेका व्यक्तिहरु समेत पराजित भएका छन् । 
    यसैक्रममा सप्तरीमा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका जिल्ला अध्यक्षहरु पराजित भएका छन् । 
    प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह पराजित भएका छन् । उनले १४ हजार ३ सय १२ मत ल्याई तेश्रो स्थानमा रहे । यस क्षेत्रमा मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह बिजयी भए । उनले २३ हजार ५ सय ६४ मत ल्याए । यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा समेत उनी पराजित भई तेश्रो स्थानमा थिए । 
    यस्तै प्रतिनिधिसभा क्षेत्र नं. ३ मा नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरी पराजय भएका छन् । उनी नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेशकुमार यादवसँग पराजित भएका हुन् । यादवले २६ हजार १ सय ६६ मत ल्याए भने पराजित चौधरीले २२ हजार ३ सय मत प्राप्त गरे । निर्वाचित यादवलाई चौथो पटकको प्रयासमा सफलता मिलेको हो । यसअघि उनी यस क्षेत्रबाट तीन पटक पराजित भएका थिए । २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा यादव ताराकान्त चौधरीसँगै पराजित भएका थिए । 
    यसैगरि प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ को प्रदेशसभा २ बाट उम्मेदवार दिएका माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेशकुमार यादव पनि पराजित भएका छन् । यस क्षेत्रमा जनमत पार्टीका उम्मेदवार महेशकुमार यादव निर्वाचित भए । महेशले १३ हजार ३ सय २५ मत ल्याए भने उमेश यादवले ७ हजार २३ मत प्राप्त गरे । उमेश यादव २०७० सालमा भएको दोश्रो संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट संविधानसभा सदस्यमा निर्वाचित हुँदै सिंचाई मन्त्री समेत बनेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करोडौं रकम खर्च गरिएको सडकमा वर्षाको पानी जम्दा पोखरीमा परिणत
करोडौं रकम खर्च गरिएको सडकमा वर्षाको पानी जम्दा पोखरीमा परिणत
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
भिख माग्नेलाई सजाय
सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट 
डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट 
कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
मिथिलाकपको चौथो संस्करण माघ १४ देखी २६ सम्म
मिथिलाकपको चौथो संस्करण माघ १४ देखी २६ सम्म
मधेसको दलहरूले मधेसी जनताको लागि केही गर्न सकेन ः अध्यक्ष लिङ्देन
मधेसको दलहरूले मधेसी जनताको लागि केही गर्न सकेन ः अध्यक्ष लिङ्देन
शान्तिसुरक्षालाई प्रभावकारी बनाउन  ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ
शान्तिसुरक्षालाई प्रभावकारी बनाउन  ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने