खानेपानीको गुणस्तर परिक्षणका लागि  गाउँपालिका कार्यालयमै ल्याब स्थापना

राजविराज राजविराज
|
आइतबार, चैत्र १९, २०७९
|
|
६१ पटक हेरिएको
Shares
खानेपानीको गुणस्तर परिक्षणका लागि  गाउँपालिका कार्यालयमै ल्याब स्थापना

सारांश

  •     आइतबार एक कार्यक्रमबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव र वडा नं.
  • १ का वडा अध्यक्ष दिनेश्वर मिश्रले संयुक्त रुपमा उद्घाटन गरे ।
  •       ल्याब स्थापनाले पानीको गुणस्तर जाच्न र स्वच्छ खानेपानी पिउनुपर्ने भन्ने बिषयमा सचेत गराउनमा सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत यादवले बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ चैत ।

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले युनिसेफको सहयोगमा खानेपानीको गुणस्तर परिक्षणका लागि गाउँपालिका कार्यालयमै ल्याबको स्थापना गरिएको छ । 
    आइतबार एक कार्यक्रमबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव र वडा नं. १ का वडा अध्यक्ष दिनेश्वर मिश्रले संयुक्त रुपमा उद्घाटन गरे । 
    ल्याब स्थापनाले पानीको गुणस्तर जाच्न र स्वच्छ खानेपानी पिउनुपर्ने भन्ने बिषयमा सचेत गराउनमा सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । 
    ल्याबबाट ईकोली, पिएच, आर्सेनिक, टर्बिडिटी, इलेक्ट्रीकल कन्डक्टिभिटी लगायतका ७ वटा जाँच सेवाहरु उपलब्ध हुने युनिसेफका खानेपानी सरसफाई स्वच्छ्ता कार्यक्रम अधिकृत अन्नपूर्णा मिश्रले जानकारी दिए ।
    उद्घाटन कार्यक्रममा पानीको जाँच र यसको प्रक्रिया तथा प्रविधिका बारेमा गाउँपालिकाका खानेपानी सरसफाई तथा स्वच्छता (वास) कार्यक्रमका सम्पर्क ब्यक्ति किशोर कुमार झाले जानकारी दिए । 
    सो अवसरमा गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक दिपक मण्डल, कार्यक्रम अधिकृत राजेश कुमार झा, वास कार्यक्रमका जिल्ला संयोजक रोशन गुप्तालगायतको सहभागिता थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी