खानेपानीको गुणस्तर परिक्षणका लागि  गाउँपालिका कार्यालयमै ल्याब स्थापना

राजविराज राजविराज
|
आइतबार, चैत्र १९, २०७९
|
|
३७ पटक हेरिएको
Shares
खानेपानीको गुणस्तर परिक्षणका लागि  गाउँपालिका कार्यालयमै ल्याब स्थापना

सारांश

  •     आइतबार एक कार्यक्रमबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव र वडा नं.
  • १ का वडा अध्यक्ष दिनेश्वर मिश्रले संयुक्त रुपमा उद्घाटन गरे ।
  •       ल्याब स्थापनाले पानीको गुणस्तर जाच्न र स्वच्छ खानेपानी पिउनुपर्ने भन्ने बिषयमा सचेत गराउनमा सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत यादवले बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ चैत ।

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले युनिसेफको सहयोगमा खानेपानीको गुणस्तर परिक्षणका लागि गाउँपालिका कार्यालयमै ल्याबको स्थापना गरिएको छ । 
    आइतबार एक कार्यक्रमबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव र वडा नं. १ का वडा अध्यक्ष दिनेश्वर मिश्रले संयुक्त रुपमा उद्घाटन गरे । 
    ल्याब स्थापनाले पानीको गुणस्तर जाच्न र स्वच्छ खानेपानी पिउनुपर्ने भन्ने बिषयमा सचेत गराउनमा सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । 
    ल्याबबाट ईकोली, पिएच, आर्सेनिक, टर्बिडिटी, इलेक्ट्रीकल कन्डक्टिभिटी लगायतका ७ वटा जाँच सेवाहरु उपलब्ध हुने युनिसेफका खानेपानी सरसफाई स्वच्छ्ता कार्यक्रम अधिकृत अन्नपूर्णा मिश्रले जानकारी दिए ।
    उद्घाटन कार्यक्रममा पानीको जाँच र यसको प्रक्रिया तथा प्रविधिका बारेमा गाउँपालिकाका खानेपानी सरसफाई तथा स्वच्छता (वास) कार्यक्रमका सम्पर्क ब्यक्ति किशोर कुमार झाले जानकारी दिए । 
    सो अवसरमा गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक दिपक मण्डल, कार्यक्रम अधिकृत राजेश कुमार झा, वास कार्यक्रमका जिल्ला संयोजक रोशन गुप्तालगायतको सहभागिता थियो ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?