बाल दिवसमा सडक नाटक तथा हाजिरी जवाफ

राजविराज राजविराज
|
मंगलबार, भाद्र २९, २०७८
|
|
४१ पटक हेरिएको
Shares
बाल दिवसमा सडक नाटक तथा हाजिरी जवाफ

सारांश

  •     श्रीपुर्राज सामुदायिक विकास केन्द्रको समन्वयमा रुपनी गाउँपालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले आयोजना गरेको आधारभुत विद्यालय स्तरीय हाजरी जवाफ प्रतियोगतामा आधारभुत विद्यालय छपकी भथौल प्रथम, कन्छु नर प्रताप मावि नकटी रायपुर दोश्रो र बुद्धभुमि एकेडमी कटैया तेश्रो भएको छ ।
  •       प्रतियोगितामा रुपनी गाउँपालिकाका १३ वटा विद्यालयको सहभागिता रहेको थियो ।
  • प्रतियोगिता पश्चात रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनी देवी सरदार, मावि नकटी रायपुरका प्रअ परशुराम यादव, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका उपाध्यक्ष बबिता कुमारी चौधरी लगायतले विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरे ।

दैनिक समाचारदाता
राजविराज, २९ भदौ । 
    सप्तरीको रुपनी गाउँपालिका र शम्भुनाथ नगरपालिकामा बिभिन्न कार्यक्रमको आयोजना गरी मंगलवार ५७ औं राष्ट्रिय बाल दिवस मनाइएको छ । 
    श्रीपुर्राज सामुदायिक विकास केन्द्रको समन्वयमा रुपनी गाउँपालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले आयोजना गरेको आधारभुत विद्यालय स्तरीय हाजरी जवाफ प्रतियोगतामा आधारभुत विद्यालय छपकी भथौल प्रथम, कन्छु नर प्रताप मावि नकटी रायपुर दोश्रो र बुद्धभुमि एकेडमी कटैया तेश्रो भएको छ । 
    प्रतियोगितामा रुपनी गाउँपालिकाका १३ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता पश्चात रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनी देवी सरदार, मावि नकटी रायपुरका प्रअ परशुराम यादव, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका उपाध्यक्ष बबिता कुमारी चौधरी लगायतले विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरे । 
    यस्तै बालदिवसकै अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकामा जनचेतनामुलक सडक नाटक तथा सांस्कृति कार्यक्रम सम्पन्न भएको छ । 
    ‘‘समान्य अवस्था वा कोभिड महामारी बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने मुल नाराका साथ शम्भुनाथ नगरपालिकाको महिला तथा बालबालिका शाखाको सहयोग एवम् श्रीपुर्राज सामुदायिक विकास केन्द्रको समन्वयमा शम्भुनाथ नगरपालिका नगरस्तरीय बाल संजालको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
    नगरपालिकाको हाताभित्रै आयोजना गरिएको कार्यक्रममा बाल सञ्जालका बाल कालाकारहरुले विद्यालयमा उमेर पुगेका बालबालिकाहरुलाई भर्ना गर्नुपर्ने, नियमित विद्यालय पठाउनुपर्ने, समयभित्रै जन्मदत्र्ता बनाउनुपर्ने लगायतका बिषय बस्तुहरु समेटेर सडक नाटक प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा शम्भुनाथ नगरपालिकाकी उपप्रमुख कबिता कुमारी सरदार, शम्भुनाथ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दुर्गानन्द भगत, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरी लगायतले बालअधिकारको बिषयमा बोलेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?