दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
प्रदेश २ बाट राष्ट्रिय सभा सदस्य पदका लागि राजपाका तर्फबाट अल्पसंख्यक समूहमा उम्मेदवारी दर्ता गराएका शेखर सिंहले मतदातालाई भ्रममा पार्न निर्वाचन अधिकृतको कार्यालयमा झुठा उजुरी दिएको बताएका छन् ।
काँग्रेसका उम्मेदवार भोला पंजियारले आफू बिरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा सोमबार मनोनयन खारेजीको माँग गर्दै उजुरी दिएपछि सिंहको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो ।
उम्मेदवार सिंहले प्रतिष्पर्धी पंजियार आफ्नो हार निश्चित देखेपछि मतदातालाई भ्रममा पार्न झुठा आरोपसहित उजुरी दिएको स्पष्ट पारेका छन् ।
सप्तरी जिल्ला अदालतबाट तोकेको सजाय भुक्तान नगरि फरार रहेको सिंहको मनोनयन खारेज गर्नु पर्ने भन्दै पंजियारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
उजुरीमा २०४४ साल असार ३० मा कुटपिट अंगभंग मुद्दामा सिंहलाई २ वर्ष कैद जरिवाना हुने फैसला गरेपनि सिंहले सोको अवज्ञा गर्दै आएको तथा राष्ट्रिय सभा सदस्य पदका लागि मनोनयन पत्र दर्ता गराएकाले मनोनयन खारेज गर्नु पर्ने माँग गरिएको छ ।
प्रमाणका रुपमा उनले सप्तरी जिल्ला अदालत तहसिल फाँटद्वारा २०५४ साल जेष्ठ १५ गते तत्कालिन पुनरावेदन अदालत राजविराजलाई पठाएको जवाफ पत्र सार्वजनिक गरेका छन् । सप्तरी जिल्ला अदालत तहसिल फाँटद्वारा पुनरावेदन अदालत राजविराजलाई पठाइएको सो जवाफ पत्रमा, “यस अदालतको २०५४ जेष्ठ १५ को निर्णयले वादी देवनारायण चौधरी र प्रतिवादी शेखर प्रसाद सिंह भएको कुटपिट मुद्दामा यस अदालतमा कसिएको लगत कट्टा भएको उल्लेख गरिएको छ ।
यसरी सम्मानित अदालतबाट लगत कट्टा भइसकेको मुद्दाबारे झुठो उजुरी दिने तथा मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई समेत भ्रममा पार्ने प्रयास गरिएको सिंहको भनाई छ ।
मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई भ्रममा पार्न झुठो उजुरी ः शेखर सिंह
सारांश
- काँग्रेसका उम्मेदवार भोला पंजियारले आफू बिरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा सोमबार मनोनयन खारेजीको माँग गर्दै उजुरी दिएपछि सिंहको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो ।
- उम्मेदवार सिंहले प्रतिष्पर्धी पंजियार आफ्नो हार निश्चित देखेपछि मतदातालाई भ्रममा पार्न झुठा आरोपसहित उजुरी दिएको स्पष्ट पारेका छन् ।
- सप्तरी जिल्ला अदालतबाट तोकेको सजाय भुक्तान नगरि फरार रहेको सिंहको मनोनयन खारेज गर्नु पर्ने भन्दै पंजियारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया